भर्खरै :

चिनियाँ प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीबिच भेटवार्ता

चिनियाँ प्रधानमन्त्री र कम्बोडियाका प्रधानमन्त्रीबिच भेटवार्ता

पेइचिङ, २१ भदौ । ६ का दिन चिनियाँ प्रधानमन्त्री ली छ्याङले जकार्तामा कम्बोडियाका प्रधानमन्त्री हुन मानेटसँग भेटवार्ता गर्नुभएको छ । यस अवसरमा प्रधानमन्त्री लीले चीन–कम्बोडिया सम्बन्ध सधैँ ढुङ्गाजस्तै दृढ तथा बलियो रहेको र यसले नयाँ प्रकारको अन्तर्राष्ट्रिय सम्बन्धको नमुना स्थापना गरेको बताउनुभएको छ ।
प्रधानमन्त्री लीका अनुसार, चीन कम्बोडियाको भरपर्दो सहयोगी साझेदार हो, सधैँ आफ्नो राष्ट्रिय परिस्थिति अनुकूल विकास मार्गमा लाग्न र राष्ट्रिय सार्वभौमिकता, सुरक्षा र विकास हितको रक्षा गर्न कम्बोडियालाई दृढतापूर्वक समर्थन गर्दै जाने छ । दुई पक्षले मैत्रीपूर्ण आदानप्रदानलाई बलियो बनाउनुपर्छ । जसले चीन र कम्बोडियाबीचको व्यापक रणनीतिक सहयोगकालागि समग्र योजना बनाउने र कम्बोडियाको समृद्धि, विकास र दीर्घकालीन स्थिरता कायम गर्न मद्दत गर्ने छ ।
प्रधानमन्त्री हुनका अनुसार चीन कम्बोडियाको असल मित्र र विश्वासयोग्य साझेदार हो । कम्बोडियाको नयाँ सरकारले पूर्वप्रधानमन्त्री हुन सेन र राष्ट्राध्यक्ष सी चिन फिङले संयुक्तरूपमा निर्माण गरेको द्विपक्षीय मैत्री सम्बन्धका आधारमा दुई देशबीचको विभिन्न क्षेत्रको सहयोगमा थप विकास गर्न चीनसँग मिलेर काम गर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *