भर्खरै :

सहकारीसम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न

सहकारीसम्बन्धी अवधारणागत गोष्ठी सम्पन्न

भक्तपुर, २१ भदौ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी सङ्घ लि.को आयोजनामा भक्तपुरमा एक दिवसिय सहकारीसम्बन्धी अवधारणागत गोष्ठीअन्तर्गत नेपाल वित्तीय प्रतिवेदनमान, सामाजिक सुरक्षाकोष, स्थिरीकरण कोष र कर्जा जानकारी केन्द्रको विषयमा गोष्ठी बुधबार सम्पन्न भयो ।
कार्यक्रममा सङ्घका अध्यक्ष कृष्णगोविन्द लाखाजुले सङ्घमा आबद्ध सदस्यहरूले कानुनको परिपालनामा जोड दिएको कारण हालको विषम परिस्थितिमा पनि संस्थामा कुनै समस्या नआएको बताउनुभयो । उहाँले स्थिरीकरण कोष अनिवार्य होइन तर समस्या परेको बेला मलमपति लगाउने साधन भएको बताउनुभयो । उहाँले कर्जा सूचना केन्द्रले सस्ंथालाई ऋण लगानी पूर्वसचेत गराउनुको साथै भाखा नाघेको ऋणको साँवा ब्याज असुलीमा टेवा पु¥याउने विचार व्यक्त गर्नुभयो । उहाँले सहकारीमा NFRS लागु गर्दा सहकारी सफा र स्वच्छ हुनुको साथै सहकारीमा हालको अवस्था आउन नदिन भूमिका खेल्ने बताउनुभयो । उहाँले सहकारीमा NFRS लागु गर्दा कर्मचारीहरू दक्ष हुने र लेखा विश्वस्तरीय हुने बताउनुभयो ।
काठमाडौँ जिल्ला बचत सङ्घका अध्यक्ष दीपक पनेरुले स्थिरीकरण कोष बिगे्रको समस्याग्रस्त सहकारी संस्थालाई राहत स्वरूप दिइने होइन भन्नुभयो । उहाँले नीतिगत ठूलो सहकारी संस्थामा समस्या पर्दा बैङ्कलाई नेपाल राष्ट्र बैङ्कले सहयोग गरेजस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि. ले भविष्यमा हुन सक्ने सम्भावित जोखिमबाट कोषमा योगदान गर्ने संस्थाहरूलाई बचाउन कोषको स्थापना भएको बताउनुभयो ।
नेफ्स्कुनका सहायक कार्यकारी अधिकृत दुर्गाप्रसाद ढकालले स्थिरीकरण कोषको परिचय, आवश्यकता, महत्व र संस्था आबद्ध हुने प्रक्रियाको प्रस्तुतीकरण गर्नुभयो ।
ललितपुर जिल्ला बचत सङ्घका अध्यक्ष रामहरि बजगााईले NFRS प्राविधिक विषय भएकोले सहकारीमा कार्यरत व्यवस्थापक तथा लेखापाललाई तालिम दिएर दक्ष बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले लेखालाई पारदर्शी र विश्वव्यापी बनाउन नेपाल वित्तीय प्रतिवेदनमान पालना गर्नुपर्ने बताउनुभयो । NFRS को परिचय, औचित्य, आवश्यकता र महत्वका विषयमा चार्टर एकाउन्टेन्ट विदुर लुइँटेलले प्रस्तुतीकरण गर्नुभयो ।
दोलखा जिल्ला बचत सङ्घका अध्यक्ष भूमिराज खड्काले सामाजिक सुरक्षाकोष सानो सहकारीलाई पनि दायित्व न्यून हुने, रोजगार गुमे पनि आय आउने, बिरामी हुँदा राहत मिल्ने, बुढेसकाललाई सहारा, दुर्घटनाको लागि ओखती र कर्मचारीको लागि सुविधा राम्रो रहेको बताउनुभयो । आयको निरन्तर सुनिश्चितता र सबैका लागि सामाजिक सुरक्षा कोष रहेको कोषका निर्देशक उत्तमराज नेपालले पुष्टि गर्नुभयो ।
अतिथि काभ्रेपलाञ्चोक जिल्ला बचत सङ्घका अध्यक्ष उदयराम कायष्ठले कर्जा सूचना केन्द्र सहकारी सस्ंथालाई एकदम आवश्यक रहेको बताउनुभयो । राज्यले कर्जा सूचना केन्द्रलाई सहकारीको पहुँच नपुग्दा सहकारीलाई समस्या भएको बताउँदै कर्जा सूचना केन्द्रको लागि सङ्घ तथा कम्पनीले सफ्वेयर बनाएर सञ्चालन गर्दा पनि सहकारी सस्ंथाबिच सहकार्य नहुँदा, सञ्चालक समितिको नाम बदनाम हुन्छ भन्ने डरलगायतका कारण प्रभावकारी प्रयोगमा आउन नसकेको बताउनुभयो । आर. जी. टेक्नोलोजीका एम.डी. गणेश श्रेष्ठले कर्जा जानकारी केन्द्रले सञ्चालनमा ल्याएको कर्जा जानकारी सफ्वेयरले खराब ऋणीलाई तह लगाउन, ऋण उठाउन र विभिन्न रणनीति अपनाई ऋण असुलीमा टेवा पु¥याएको बताउनुभयो ।
सङ्घका उपाध्यक्ष हरि बल्लले नीतिनियममा नबसेको कारण, गर्नुपर्ने काम नगरी नगर्नुपर्ने काम गरेकोले समस्या देखिएको बताउनुभयो । उहाँले सङ्घले हरेक कदममा संस्थाहरूलाई सबल बनाउने प्रयास जारी रहने पनि बताउनुभयो ।
सङ्घका व्यवस्थापक बालकृष्ण ध्वजुले सङ्घका सदस्य संस्थालाई सहकारी संस्थाले पालना गर्नुपर्ने विविध विषयको जानकारी गराई ती विषयमा अवधारणागत साझा धारणाको विकास गराउने उद्देश्यले गोष्ठीको आयोेजना गरेको बताउनुभयो ।
गोष्ठीमा सङ्घमा आबद्ध सहकारी सस्ंथाका अध्यक्ष र व्यवस्थापकसहित १५१ जनाको सहभागिता रहेको थियो । गोष्ठीमा प्रस्तुत विषयहरूबाट साझा धारणाको विकास गरी उपस्थित सहभागीहरूबाट तपसिलबमोजिम सातबुँदे निष्कर्ष निकालिएको थियो ।
१) नेपाल चार्टड एकाउन्टेन्स संस्थाले वित्तीय कारोबार गर्ने संस्थाहरूले नेपाल वित्तीय प्रतिवेदनमानअनुसार लेखापरीक्षण प्रतिवेदन तयार गर्नुपर्ने जारी निर्देशनअनुसार सो प्रतिवेदनमानका बारेमा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति र कर्मचारीहरूले अध्ययन गर्ने गराउने र ५० करोडभन्दा बढी वा सलात भएका सङ्घ संस्थाले व्यवहारमा ल्याउन आवश्यक प्रबन्ध मिलाउने ।
२) सहकारी संस्थामा कार्यगत कर्मचारीहरूको सुरक्षाका लागि संस्था सामाजिक सुरक्षाकोषमा आबद्ध हुन आवश्यक छलफल गरी प्रक्रिया अघि बढाउने ।
३) सहकारीको रक्षाकवज स्थिरीकरण कोषमा आबद्ध भएपछि सही समयमा अनुगमन र सहकारीमा समस्या पर्नासाथ स्थिरीकरण कोषले संस्थाको जिम्मा लिने व्यवस्था हुने गरी कोषमा आबद्ध हुने ।
४) सहकारी कर्जा सूचना केन्द्र स्थापना नभएको अवस्थामा विद्यमान कर्जा सूचना केन्द्रमा सहकारीको सूचनाको पहुँच पु¥याउनुपर्ने र विद्यमान विकल्पहरूमध्ये उपुयक्त विकल्पमार्फत कर्जा सूचनाको जानकारी सुनिश्चित गर्ने गराउने ।
५) सहकारीले पालना गर्नुपर्ने कानुनी उत्तरदायित्व सुसूचित भई सो परिपालना गर्दै साझा धारणाको विकास, प्रवद्र्धन, अन्तरक्रिया र गोष्ठी कार्यक्रम सञ्चालन गरी कार्यान्वयनमा प्रतिबद्ध हुने ।
६) सहकारीको हालको विषम परिस्थितिमा सहकारीको बचत सुरक्षाको लागि जोखिम मूल्याङ्कन गरी न्यूनीकरणको लागि सामूहिक छलफल, सहकार्य र असल अभ्यासको आदानप्रदान गर्ने ।
७) सहकारीको असल अभ्यासमार्फत सदस्यको सेवा सुविधा एवं सदस्यको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा जोड दिई सदस्यको बचत सुरक्षाको प्रत्याभूति गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *