अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
काभ्रे, २३ भदौ । नेपाल मजदुर किसान पार्टी काभ्रे जिल्ला समितिको आयोजनामा प्रजातान्त्रिक जनगणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसको अवसरमा शनिबार बनेपामा विचार गोष्ठी भयो ।
गोष्ठीमा नेमकिपाका केन्द्रीय सदस्य उकेश कवांले कोरियाली जनता कोरियाली क्रान्तिका निर्णायक शक्ति भएको उल्लेख गर्दै राष्ट्रको एक मनको एकता र विकासको लागि नेतृत्वको अहम् भूमिका रहने प्रजग कोरियाको मान्यता रहेको बताउनुभयो ।
सन् १९४८ मा प्रजग कोरिया स्थापना भएकै बेला अमेरिकी साम्राज्यवादले हमला गरेर कोरियालाई नस्ट गर्न खोजेको उहाँले चर्चा गर्नुभयो ।
उहाँले भन्नुभयो, “विज्ञान र प्रविधि नजोडिएको कुनै पनि व्यवस्थाले विश्वलाई योगदान गर्न सक्दैन । वैज्ञानिक समाजवाद नै संसारको उत्कृष्ट विकल्प हो ।”
नेमकिपा काभ्रेका अध्यक्ष कृष्णकुमार वैद्यले जनता र नेता क्रान्तिकारी भएमा कुनै पनि शक्तिले हल्लाउन नसक्ने र सानो देशले पनि उन्नति गर्नसक्छ भन्ने उदाहरण प्रजग कोरिया भएको बताउनुभयो ।
नेमकिपा काभ्रेका सल्लाहकार डा. हरिप्रसाद मानन्धरले कोरियाली आणविक कार्यक्रम शान्तिपूर्ण प्रयोजन र आत्मरक्षाको लागि भएको प्रस्ट पार्नुभयो ।
गोष्ठीमा लक्ष्मीराम न्हुछेँप्रधान, पुण्यशोभा श्रेष्ठ, मुना तामाङ, सरला कायष्ठ, तारा न्यौपाने, राजु तामाङलगायतले प्रजग कोरियाको सङ्घर्षमय इतिहासबारे चर्चा गर्नुभएको थियो ।
Leave a Reply