भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा प्रवचन कार्यक्रम
- असार ३०, २०८३
भक्तपुर, २५ भदौ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीसँग सुर्खेतको चिङगाड गाउँपालिकाका अध्यक्ष बोधविक्रम जिसीले भेट गर्नुभयो । भेटमा उहाँहरूबिच दुई नगरपालिकाबाट भए गरेका शिक्षा, स्वास्थ्य, कृषि, विकास निर्माणलगायतका विषयमा अनुभव आदानप्रदान भयो ।
उपप्रमुख जोशीले अध्यक्ष जिसीलाई भादगाउँले टोपी र खादाले स्वागत गर्दै भक्तपुर नगरपालिकाले शैक्षिक क्षेत्रमा गरेको लगानीबाट देशभरका विद्यार्थीहरूले उच्च शिक्षा अध्ययन गर्ने अवसर प्राप्त भएको बताउनुभयो ।
भक्तपुरको पहिचान जोगाउन सम्पदा र संस्कृतिलाई सँगसँगै अगाडि लाँदै नयाँ पुस्तामा पुस्तान्तरण गर्ने काम हुँदै आएको चर्चा गर्दै उहाँले भक्तपुरलाई पर्यटकीय गन्तव्यस्थलको रूपमा विकास गर्न विविध गतिविधिहरू सञ्चालनमा जोड दिँदै आएको बताउनुभयो ।
अध्यक्ष जिसीले चिङगाड गाउँपालिकाको सुर्खेत जिल्लाको उत्तरपूर्वमा अवस्थित चिङगाड गाउँपालिका पहाडी क्षेत्रले बनेको, पशुपालन र कृषिको उच्च सम्भावना रहेको गाउँपालिका हो भन्नुभयो । उहाँले यस गाउँपालिका ६ वटा वडाहरूमा विभाजित रहेको र गाउँपालिकाको वार्षिक आय ११ लाख रहेको अवगत गराउनुभयो ।
४१ वटा विद्यालयहरू रहेको उक्त गाउँपालिकामा ५ हजारभन्दा धेरै विद्यार्थीहरू अध्ययनरत रहेको बताउँदै चिङगाड गाउँपालिकाको विकटतालाई सुगमतातिर लाने प्रयास भइरहेको बताउनुभयो । भक्तपुर नपाले गरिरहेको गतिविधि निकै सराहनीय भएको बताउँदै भक्तपुरबाट सिक्ने अभिप्रायले भक्तपुर भ्रमणमा आएको बताउनुभयो ।
उपप्रमुख जोशीले अध्यक्ष जिसीलाई मयुरको झ्याल र भक्तपुर नपाका प्रकाशनहरू उपहारस्वरूप प्रदान गर्नुभयो । भेटमा प्रमुख प्रशासकीय अधिकृत विजयकुमारको पनि उपस्थिति रहेको थियो ।
Leave a Reply