भर्खरै :

सी चिनफिङ र भेनेजुयलाका राष्ट्रपतिबिच भेटवार्ता

सी चिनफिङ र भेनेजुयलाका राष्ट्रपतिबिच भेटवार्ता

पेइचिङ, २७ भदौ (सीआरआई) । सेप्टेम्बर १३ का दिन दिउँसो चीनका राष्ट्राध्यक्ष सी चिनफिङले जन बृहत् सभा भवनमा चीनको राजकीय भ्रमणमा रहनुभएका भेनेजुयलाका राष्ट्रपति निकोलस मादुरो मोरोससँग भेटवार्ता गर्नुभएको छ ।
सो अवसरमा सी चिनफिङले राष्ट्रपतिको पदभार सम्हालेयताको पाँचौँ चीन भ्रमणको स्मरण गर्दै यसबाट चीन र भेनेजुयलाबिचको सम्बन्ध दाजु–भाइ जस्तो मित्रतापूर्ण रूपमा प्रतिबिम्बित भएको उल्लेख गर्नुभयो ।
सीले चीनले रणनीतिक उचाइ र दीर्घकालीन दृश्यबाट हेरी भेनेजुयलासँग सम्बन्धको विकास गरेको भन्दै राष्ट्रिय सार्वभौमिकता र गरिमाका साथै सामाजिक स्थिरताको संरक्षण गर्न भेनेजुयलालाई समर्थन गर्ने दोहो¥याउनुभयो ।
चीन–भेनेजुयला सम्बन्धलाई चौबीसै घण्टाको रणनीतिक साझेदारी सम्बन्धमा उकास्ने कुरा घोषणा गरेकोमा आफूलाई निकै खुशी लागेको पनि सीले बताउनुभयो ।
सी चिनफिङले आगामी वर्ष दुई देशबिच दौत्य सम्बन्ध स्थापना भएको ५० औँ वार्षिकोत्सव हो भन्दै आफूले चीन–भेनेजुयला सम्बन्धको प्रारूप तयार गरी दुई देशका जनतालाई अरू बढी फाइदा पु¥याएर विश्वको शान्ति र विकासमा नयाँ शक्ति थप्ने इच्छा लिएको व्यक्त गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *