भर्खरै :

हवानामा जी–७७ र चीन समूहको शिखर सम्मेलन सुरू

हवानामा जी–७७ र चीन समूहको शिखर सम्मेलन सुरू

हवाना, सेप्टेम्बर १५ (सिन्ह्वा) । जी–७७ र चीन समूहको शिखर सम्मेलन शुक्रबार क्युबाको हवानामा प्यालेस अफ कन्भेन्सनमा सुरू भएको छ ।
शनिबारसम्म चल्ने उक्त बैठकमा १०० भन्दा बढी देशका प्रतिनिधिहरू भेला भएका छन् ।
उद्घाटन समारोहमा समाजवादी क्युवाकाका पूर्वराष्ट्रपति एवं क्रान्तिकारी सेनाका जनरल राउल क्यास्ट्रोको उपस्थिति थियो ।
आफ्नो स्वागत मन्तव्यमा क्युवाका राष्ट्रपति मिगुएल डियाज क्यानेलले विश्वभर अन्तर्राष्ट्रिय सहयोग प्रवद्र्धन गर्ने चीनको प्रयासलाई उजागर गर्नुभयो ।
“आज भविष्यको रक्षामा एकताबद्ध गर्ने हाम्रो निमन्त्रणा स्वीकार गर्नु भएकोमा धन्यवाद र मानवताको यस्तो विशाल अवधारणा समावेश गर्ने ठूलो बहुमत प्राप्त छ” क्युवाली राष्ट्रपति डियाज क्यानेलले अगाडि भन्नुभयो ।
डियाज–क्यानेलले क्युबाली जनसङ्ख्यामा छ दशक लामो अमेरिकी प्रतिबन्धको पनि निन्दा गर्नुभयो । उहाँले ठूलो आर्थिक र मानवीय क्षति पु¥याएको र सहभागीहरूलाई विकासको अधिकारको लागि लड्न आह्वान गर्नुभयो ।
शिखर सम्मेलनको उद्घाटन समारोहमा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले राष्ट्रसङ्घीय प्रणालीका लागि जी–७७ समूह र चीनको आवाज सधैं आवश्यक हुने बताउनुभयो ।
समूहको बैठकलाई ‘बहुपक्षीयताको च्याम्पियन’ भनेर सम्बोधन गर्दै, गुटरेसले जी–७७ र चीनलाई ‘समानतामा जरा गाडिएको प्रणालीको च्याम्पियन, शताब्दीयौंदेखिको अन्याय र उपेक्षालाई उल्टाउन तयार प्रणालीको च्याम्पियन, र सम्पूर्ण मानवताको लागि उद्धार गर्ने प्रणालीको च्याम्पियन बन्न आह्वान गर्नुभयो ।
ग्लोबल साउथ (विकासोन्मुख र विकासशील) राष्ट्रहरूलाई जलवायु परिवर्तनको असरसँग जुध्न मद्दत गर्न थप आर्थिक सहयोग आवश्यक छ, उहाँले अगाडि भन्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिको राजनीतिक ब्यूरोको स्थायी समितिका सदस्य तथा चिनियाँ राष्ट्रपति सी चिनफिङका विशेष प्रतिनिधि ली सीले शिखर सम्मेलनमा भाग लिनुभएको छ ।
“चीन विश्वको सबैभन्दा ठूलो विकासशील राष्ट्र हो र ग्लोबल साउथको प्राकृतिक सदस्य हो । हामी क्युबा र अन्य जी–७७ सदस्यहरूसँग मिलेर दक्षिण–दक्षिण सहयोगको नयाँ अध्याय खोल्नको लागि बलियो ऐक्यबद्धताको माध्यमबाट ठूलो विकासको खोजी गर्न तयार छौँ । साझा भविष्यको साथ दक्षिणी समुदाय र साझा विकासको नयाँ युगमा प्रवेश गर्नेछ,” उहाँले भन्नुभयो ।
लीले जी–७७ र चीन बीचको सहयोगको सन्दर्भमा निम्न प्रस्तावहरू राखेका थिए ।
जी–७७ को स्वतन्त्रता र एकतामार्फत ठूलो सामूहिक बलको मूल आकाङ्क्षाप्रति अडिग रहनु, समानता, न्याय र समावेशीताको वकालत गर्दै विकास, पुनरूत्थान र विन–विन सहयोग पछ्याउँदै जानेछ ।
“चीन दक्षिण–दक्षिण वैज्ञानिक र प्राविधिक सहयोगको लागि खुला, समावेशी र पारस्परिक रूपमा लाभदायक प्रणाली निर्माण गर्न प्रतिबद्ध छ”, लीले भन्नुभयो ।
क्युबाले यस वर्षको जनवरीमा जी–७७ र चीन समूहको चक्रीय अध्यक्षता ग्रहण गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *