जीवित सङ्ग्रहालयमा विद्यार्थीहरूलाई घुमाउँदा
- श्रावण १७, २०८३
भक्तपुर, ३० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले वाद्यवादक इन्दिरा लाछिमस्यूद्वारा लिखित ‘ख्वपको धिमय् बाजाको परिचय र बोल’ नामक पुस्तक आज एक कार्यक्रमबीच विमोचन गर्नुभएको छ ।
कार्यक्रममा प्रमुख प्रजापतिले धिमय्को बोलमा एकरुपता ल्याउन यस पुस्तकले महत्वपूर्ण योगदान पु¥याउने बताउँदै धिमय्को क्षेत्रमा इन्दिरा लाछिमस्युको यो क्रान्तिकारी कदम हो भन्नुभयो ।
नेपालमा अहिले सांस्कृतिक अतिक्रमणको जोखिम बढिरहेकोतर्फ चिन्ता व्यक्त गर्दै प्रमुख प्रजापतिले मौलिक सीप र ज्ञान नयाँ पुस्तामा पुस्तान्तरण भएमात्र भक्तपुरको कला र संस्कृति युग युगसम्म जीवन्त रहनेछ भन्नुभयो ।
वाद्यवादक इन्दिरा लाछिमस्यूसँग भएको सीप शैक्षिक प्रमाणपत्रको भन्दा उँचो रहेको बताउँदै आफ्नो अनुभव र ज्ञानले पनि मानिसलाई धेरै कुरा सिकाउने उहाँले बताउनुभयो ।
इन्दिरा लाछिमस्यूलाई भक्तपुरका जनताले धेरै माया र सम्मान दिएको बताउँदै प्रमुख प्रजापतिले भक्तपुर नपाले देशको सम्पदा पुनःनिर्माणमा धेरै ठूलो योगदान पु¥याइरहेको स्मरण गर्नुभयो ।
भक्तपुर नपा वडा नं. ५ का वडाध्यक्ष योगेन्द्रमान बिजुक्छेँले पुस्तक प्रकाशनसँगसँगै नयाँ पुस्तामा धिमय् बाजाको सीप हस्तान्तरण पनि हुँदै जाने बताउँदै कुनै पनि कुराको अभिलेखीकरण हुनु आवश्यक भएको बताउनुभयो ।
वाद्यवादक इन्दिरा लाछिमस्युले धिमय् बाजाको परिचय र बोलसहितको पुस्तक प्रकाशनले भक्तपुरमा बजाइने धिमय् बाजामा एकरुपता आउने विश्वास व्यक्त गर्दै पुस्तकबारे रचनात्मक सल्लाह सुझावको अपेक्षा रहेको बताउनुभयो ।
मुक्ति प्रशिक्षण केन्द्रका मुक्तिसुन्दर जधारीले पुस्तकबारे समीक्षा गर्दै पुस्तक प्रकाशन आफैमा सराहनीय कार्य रहेको र आगामी दिनहरूमा पनि यसले निरन्तरता पाउने आशा गर्नुभयो ।
उक्त कार्यक्रममा पद्मकन्या क्याम्पसका सहप्राध्यापक न्हुछेबहादुर डंगोल, नेपालभाषाका कलाकार सुरेन्द्र तुलाधर, भूतपूर्व स्रोतव्यक्ति लक्ष्मीप्रसाद धुकुछु, इन्दिरा लाछिमस्युका पिता सांस्कृतिक गुरु पञ्चलाल लाछिमस्यु, मैया त्वानाबासुलगायतले बोल्नुभएको थियो ।
Leave a Reply