ल्याटिन अमेरिकामा साम्राज्यवाद र गैरसरकारी संस्थाहरू
- बैशाख ८, २०८२
यस वर्षको मार्चमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले चिकपाले आयोजना गरेको विश्व राजनीतिक दलहरूबिचको बैठकमा (वैशिक सभ्यता पहल ग्लोबल सिभिलाइजेसन इनिसियटिभ जीसीआई) को प्रस्ताव राख्नुभएको थियो । जीसीआई साझा भविष्यसहितको मानव समुदाय निर्माण गर्न ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) र ग्लोबल सेक्युरिटी इनिसिएटिभ (जीएसआई) पछि विश्वव्यापी एकता प्रवद्र्धन गर्न प्रस्ताव गरिएको तेस्रो विश्वव्यापी पहल थियो ।
मानव प्रगतिको प्रवृत्तिलाई पछ्याउँदै र विश्वमा भएका अभूतपूर्व परिवर्तनहरूको प्रतिक्रियास्वरूप एकताले अहिले चौराहामा उभिएको विश्व कुन दिशामा जानुपर्छ भन्ने सङ्केत गर्छ । यो कूटनीतिमा सी चिनफिङ विचारको नयाँ विकास हो । यसले इतिहास, मिसन, जिम्मेवारी र चिनियाँ कम्युनिस्टहरूको प्रमुख प्रतिनिधिको रूपमा चिनियाँ कम्युनिस्ट पार्टीको विश्वव्यापी दृष्टिकोणको बारेमा धेरै हदसम्म स्पष्ट पार्छ । चिनियाँ विशेषताहरूसहितको समाजवादी देश चीनको कूटनीतिलाई अगाडि बढाउनको लागि हामीले वैज्ञानिक प्रकृति र एकताको महत्वपूर्ण दृष्टिकोण र तीनवटा विश्वव्यापी पहलहरूबिचको अन्तर्निहित सम्बन्धको राम्रो ज्ञान हासिल गर्नुपर्छ ।
ऐतिहासिक परिप्रेक्ष्यमा मानव जातिको प्रगतिका तीन प्रमुख विषयवस्तुलाई प्रतिबिम्बित गर्ने तीनवटा विश्वव्यापी पहलहरूले साझा भविष्यको साथ मानव समुदायको व्यापक दृष्टिकोणलाई समर्थन गर्ने तीनवटा स्तम्भहरू खडा गर्दछ ।
इतिहासको लामो प्रवाहमा विभिन्न सभ्यताहरू समय–समयमा प्रवाहित र एकरूप भएर लहरहरूझैँ अगाडि बढेका छन् । मानव समाजको निरन्तर प्रगति र भूमण्डलीकरणको गहिराइसँगै साझा भविष्यको साथ समुदायको गठनका साथ देशहरू बढ्दोरूपमा जोडिएका र एक–अर्का–निर्भर भएका छन् ।
भौतिक प्रचुरता, शान्ति, स्थिरता र सांस्कृतिक समृद्धि सबै समाजको चाहना हो भन्ने कुरा सबै देशका जनताले बुझेका छन् । तिनीहरूलाई प्राप्त गर्न, हामीलाई विकास, सुरक्षा र सभ्यता चाहिन्छ, जसले एकअर्कालाई पूरक र सुदृढ बनाउँछ ।
एउटा पुरानो चिनियाँ आहानअनुसार, “जब अन्न भण्डार भरिन्छ तबमात्र मानिसहरूले शिष्टाचार सिक्छन्, जब मानिसहरूलाई राम्रोसँग खाना र लताकपडा मिल्छ तबमात्र उनीहरूले सम्मान र लाज भन्ने थाहा पाउनेछन् ।” विकास सुरक्षा र सभ्यताको आधार हो । सबै देश समृद्ध भएमा मात्र शान्ति कायम हुन्छ र सभ्यताको विकास हुन्छ ।
“स्थिरताले देशमा समृद्धि ल्याउँछ, जबकि अस्थिरताले देशलाई गरिबीमा पु¥याउँछ,” अर्को पुरानो चिनियाँ आहान पनि छ । सुरक्षा विकास र सभ्यताको पूर्वसर्त हो । प्राचीन समयमा चिनियाँ मानिसहरूले सभ्यहरूले सुरक्षाको आनन्द लिन्छन् भने असभ्यहरूले समस्याको सामना गर्न र खतराको सामना गर्ने सम्भावना बढी हुन्छ भन्ने विश्वास थियो । आर्थिक वृद्धि र सुरक्षाको आधारमा सभ्यताको विकास हुन्छ । यो जनताको सांस्कृतिक खोजको सञ्चय हो । यसले एक राष्ट्रको इतिहासको छाप बोक्छ । यसले विकास र सुरक्षाको कारणलाई आध्यात्मिक बल प्रदान गरी मानिसहरूको सोच्ने र गर्ने तरिकामा क्रमशः र अदृश्य प्रभाव पार्छ ।
तीनवटा विश्वव्यापी पहलहरूले अन्तर्निहितरूपमा जोडिएका र एकअर्कालाई सुदृढ गर्दै तीन फरक दृष्टिकोणबाट मानव समाजको प्रगतिको लागि अगाडि बढ्ने बाटो देखाउँछन् । आर्थिक वृद्धि, सुरक्षा र सभ्यता साझा भविष्यको साथ मानव समुदाय निर्माण गर्ने दृष्टिकोणलाई समर्थन गर्ने मुख्य पाइलाहरू हुन् ।
ग्लोबल डेभलपमेन्ट इनिसिएटिभ (जीडीआई) ले कुल गार्हस्थ उत्पादन (जीडीपी) वृद्धिको परिप्रेक्ष्यमा जनतालाई कस्तो विकास दर्शन चाहिन्छ र कसरी विश्वव्यापी विकास हासिल गर्ने भन्ने प्रश्नको जवाफ दिन्छ । कुल गार्हस्थ उत्पादन वृद्धि साझा भविष्यको साथ मानव समुदायको लागि भौतिक आधार सिर्जना गर्ने उद्देश्य हो । सुरक्षाको दृष्टिकोणबाट मानवतालाई कस्तो प्रकारको सुरक्षा चाहिन्छ र कसरी विश्वव्यापी सुरक्षा प्राप्त गर्ने भन्ने मुद्दामा जीडीआई केन्द्रित छ । समुदायको लागि सुरक्षा सुनिश्चित गर्ने जीडीआईको मुख्य उद्देश्य हो ।
माथिल्लो संरचनाको परिप्रेक्ष्यबाट विभिन्न सभ्यताहरूलाई कसरी हेर्ने र तिनीहरूबिचको आदान–प्रदान र आपसी–सिकाइलाई बढावा दिने भन्ने प्रश्नको जवाफ दिन्छ । जीडीआईले मानव समुदायको लागि सांस्कृतिक आधार निर्माण गर्ने लक्ष्य राखेको छ ।
अभ्यासको परिप्रेक्ष्यमा, एक शताब्दीमा नदेखिएका गहिरो परिवर्तनहरूको बिचमा प्रमुख मुद्दाहरूमा ध्यान केन्द्रित गरी तीनवटा विश्वव्यापी पहलहरूले साझा भविष्यको साथ मानव समुदाय निर्माण गर्न विश्वका लागि व्यावहारिक मार्गहरू प्रदान गर्दछ ।
आज हाम्रो संसार, हाम्रो समय र ऐतिहासिक विकासक्रम यसरी परिवर्तन हुँदै छ जुन पहिले कहिल्यै थिएन । विश्वव्यापी आर्थिक पुनरुत्थान कमजोर बन्दै गएको छ, विभिन्न सुरक्षा चुनौतीहरू उब्जिएका छन्, सभ्यताबिच असमझदारी, विचलन र द्वन्द्वहरू अझै कायम छन् र विश्व शान्ति, विकास, सुरक्षा र सुशासनमा ¥हासका स्थिति झन् खराब हुँदै गइरहेको छ । विश्व उथलपुथल र परिवर्तनको नयाँ चरणमा प्रवेश गर्दै मानवता फेरि इतिहासको चौराहामा पुगेको छ । यसको भविष्य संसारभरका सबै मानिसहरूको छनोटमा निर्भर गर्दछ ।
यस ऐतिहासिक घडीमा चिनियाँ कम्युनिस्ट पार्टी केन्द्रीय समितिका महासचिव सी चिन फिङले आफ्नो महान् दूरदर्शिताका साथ साझा भविष्यसहितको मानव समुदाय निर्माणको मुख्य लक्ष्य र तीनवटा विश्वव्यापी पहललाई विश्वका लागि दिशानिर्देश गरेका छन् । मानव जातिले सामना गरिरहेका उल्लेखनीय समस्याहरूलाई सम्बोधन गर्ने कार्य योजनाहरू, सबै देशहरूलाई उचित साझा उद्देश्यमा सामेल हुन आह्वान गरिएको छ । साझा भविष्यका साथ मानव समुदाय निर्माण गर्ने मुख्य लक्ष्यमा केन्द्रित तीनवटा विश्वव्यापी पहलहरू विश्वका आधारभूत रोगहरूलाई निको पार्ने उद्देश्यका तीनवटा राम्ररी कल्पना गरिएका उपचारहरू हुन् । यी उपचारहरू समस्या समाधानउन्मुख दृष्टिकोणको उत्कृष्ट उदाहरण हुन् । मानवताको अस्तित्व, विकास र आधुनिकीकरणजस्ता मुद्दाहरूलाई लक्षित गर्दै ग्लोबल डेभलेपमेन्ट इनिसियटिभ (जीडीआई)ले तीव्र आर्थिक वृद्धि हासिल गर्न अन्तर्राष्ट्रिय समुदाय, विशेषगरी विकासशील देशहरूको बलियो आकाङ्क्षा र तत्काल आवश्यकतालाई प्रभावकारी रूपमा सम्बोधन गरेको छ ।
जीडीआईले राष्ट्रहरूभित्र र राष्ट्रहरूबिचको असन्तुलित र अपर्याप्त विकासलाई सम्बोधन गर्नमा पनि केन्द्रित छ, यसरी विश्वव्यापी विकास र विकासमा विश्वव्यापी सहयोगको कारणको लागि दिशा निर्धारण गर्दछ । अझ अगाडि बढेर चीनले जीडीआई कार्यान्वयन गर्न कडा परिश्रम गर्नेछ, जसले गर्दा अन्तर्राष्ट्रिय समुदायलाई दिगो विकासका लागि संयुक्त राष्ट्रसङ्घको २०३० लक्ष्यलाई द्रुतगतिमा हासिल गर्न र विश्वव्यापी आर्थिक वृद्धिमा बलियो प्रोत्साहन प्रदान गर्न मद्दत गर्नेछ । द्वन्द्व, युद्ध, स्थिरता र शान्तिसँग सम्बन्धित मुद्दाहरूमा, जीडीआइले विश्वव्यापी सुरक्षा शासनको व्यावहारिक मार्गप्रशस्त गर्छ । यसले विश्वव्यापी सुरक्षा चुनौतीहरूको सामना गर्न मानव जातिको लागि ठोस मार्गदर्शनको रूपमा मात्र काम गर्दैन, बरु क्षेत्रीय तड्कारा मुद्दाहरू र भू–राजनीतिक द्वन्द्वहरूको व्यावहारिक समाधान पनि प्रदान गर्छ ।
साउदी अरेबिया र इरानबिचको सम्बन्ध सुधारका लागि मध्यस्थता गर्नमा चीनको सफलता र शान्ति वार्तामार्फत युक्रेन सङ्कटको राजनीतिक समाधानलाई प्रवद्र्धन गर्ने प्रतिबद्धता सबै कुराहरू हामीले जीडीआईलाई पछ्याएर सुरक्षा दुविधाहरूलाई कसरी सम्बोधन गर्छौँ भन्ने कुरामा केन्द्रित छन् । मतभिन्नता, असमझदारी, आपसी विश्वासको अभाव र सभ्यताहरूबिच समावेशीताजस्ता मुद्दाहरूलाई लक्षित गर्दै ग्लोबल सिभिलाइजेसन इनिसियटिभ (जीसीआई) ले उनीहरूको विविधताको पूर्ण सम्मान गर्दै साझा आधार खोज्दै सभ्यताहरूको विविधता भए पनि समानतामा आधारित द्वन्द्वात्मक एकता हासिल गर्ने लक्ष्य राखेको छ ।
जीसीआईले विरासतको महत्वलाई जोड दिन्छ किनभने प्रत्येक सभ्यताको आ–आफ्नै समृद्ध विगत हुन्छ । इतिहास वर्तमान र भविष्यलाई बुझ्ने ऐना भएकोले वर्तमानसँग आफ्नो विगतको सान्दर्भिकतालाई पूर्णरूपमा प्रयोग गर्नुपर्ने आवश्यकतामा जोड दिइएको छ । त्यसपछि यसले अन्तर–सभ्यता संवाद र सबै देशका जनताबिच आपसी समझदारी र मित्रता प्रवद्र्धन गर्न र अन्तर–सभ्यता आदानप्रदान र आपसी सिकाइमा सहमतिमा पुग्नको लागि अन्तर्राष्ट्रिय जनता–जनताको आदानप्रदान र सहयोगको लागि विश्वव्यापी सञ्जाल निर्माण गर्ने वकालत गर्दछ ।
दर्शनको परिप्रेक्ष्यमा, साझा भविष्यको साथ मानव समुदाय निर्माण गर्ने दृष्टिकोण र तीन विश्वव्यापी पहलले प्रमुख सैद्धान्तिक विशेषता र विश्व दृष्टिकोण र पद्धतिको एकता प्रदर्शन गर्दछ । साझा भविष्यसहितको मानव समुदाय निर्माण गर्ने दृष्टिकोणले हामीले कस्तो प्रकारको संसार निर्माण गर्नुपर्छ र यसलाई कसरी निर्माण गर्ने भन्ने युगान्तकारी प्रश्नहरूको वैज्ञानिक जवाफ दिन्छ । तीनवटा विश्वव्यापी पहलमा समेटिएका विकास, सुरक्षा र सभ्यताको नयाँ दृष्टिकोणसँगै यो दृष्टिकोणले नयाँ युगमा चीन र चिनियाँ कम्युनिस्टहरूको विश्वदृष्टिकोणलाई प्रतिनिधित्व गर्दछ । तिनीहरूले त्यो विश्वदृष्टिलाई व्यवहारमा उतार्नको लागि तरिका पनि प्रदान गर्छन्, किनभने तिनीहरूमा गहिरो राजनीतिक ज्ञानमात्र होइन धेरै व्यावहारिक मार्ग र उपायहरू पनि रहेका छन् । यसरी, तिनीहरू विश्व दृष्टिकोण र पद्धति दुवैको एकताको प्रतिनिधित्व गर्छन् ।
साझा भविष्यको साथ मानव समुदाय निर्माण गर्ने दृष्टिकोण र तीन विश्वव्यापी पहलहरू वैज्ञानिक छन् । तिनीहरू माक्र्सवादीको दृष्टिकोण, चिनियाँ दृष्टिकोण र विधिहरू समावेश गर्दछन्, माक्र्सवादको विशेषताहरू प्रतिबिम्बित गर्दछन् र मुख्य सैद्धान्तिक चरित्रहरू प्रदर्शन गर्दछन् । द्वन्द्वात्मक र ऐतिहासिक भौतिकवादद्वारा निहित, दर्शन र तीन विश्वव्यापी पहलले मानव समाजको विकास र यसको भविष्यको दिशालाई नियन्त्रित गर्ने कानुनहरू प्रकट गर्दछ । तिनीहरूले सत्यको महान् शक्ति प्रदर्शन गर्दै मानव समाजलाई अगाडि बढाउन वैज्ञानिक विधि र मार्गहरू पनि प्रदान गर्छन् ।
साझा भविष्यको साथ मानव समुदाय निर्माण गर्ने दृष्टिकोण र तीनवटा विश्वव्यापी पहलहरू मानिसहरू केन्द्रित छन् । विश्वभरका जनताको राम्रो जीवनको आकाङ्क्षामा केन्द्रित दृष्टिकोण र तीनवटा विश्वव्यापी पहलहरूले मानवताको समग्र हितलाई प्रकाश पार्छ र सबै मानिसहरूको साझा हितलाई सुधार गर्न प्रयास गर्छ ।
प्रत्येक व्यक्तिको हेरचाह गर्ने तिनीहरूको दृष्टिकोण आफैँमा स्पष्ट छ । शान्ति, विकास र सहयोगका लागि विभिन्न देशका जनताको चाहनालाई व्यक्त गर्ने दृष्टिकोण र तीनवटा विश्वव्यापी पहलहरू प्रत्येक व्यक्तिको सर्वाङ्गीण विकासको प्रत्याभूति र सुनिश्चित गर्नका लागि उपयुक्त परिस्थितिहरू सिर्जना गर्न प्रतिबद्ध छन् ।
साझा भविष्यका साथ मानव समुदाय निर्माण गर्ने दृष्टिकोण र तीन विश्वव्यापी पहलहरू व्यावहारिक छन् । तिनीहरूले ठोस कार्यहरूमार्फत विश्वव्यापी सद्भाव प्रवद्र्धन गर्न चिनियाँ कम्युनिस्ट पार्टीको बलियो जिम्मेवारी भावनालाई मूर्त रूप दिन्छन् र तथ्यले तिनीहरूको शुद्धता र अनिवार्यता प्रमाणित गरेको छ । तिनीहरूको अर्थ र सैद्धान्तिक प्रणाली परिस्थितिमा परिवर्तनसंँग थप समृद्ध हुनेछ ।
सभ्यताको परिप्रेक्ष्यमा साझा भविष्य भएको मानव समुदायको दृष्टिकोण र चिनियाँ सभ्यतामा जरा गाडेका तीनवटा विश्वव्यापी पहलले नयाँ युगमा अन्तर्राष्ट्रिय सम्बन्धमा सैद्धान्तिक नव प्रवद्र्धनलाई अघि बढाउँछन् ।
चिकपा केन्द्रीय समितिका महासचिव सी चिनफिङले भन्नुभएको छ, “हाम्रा साझा चुनौतीहरू सामना गर्न र सबैको लागि राम्रो भविष्य सिर्जना गर्न, हामी संस्कृति र सभ्यतालाई उनीहरूको भूमिका खेल्न दिन खोज्छौँ, जुन अर्थतन्त्र, विज्ञान र प्रविधिले खेलेको भूमिका जत्तिकै महत्वपूर्ण छ ।”
चिनियाँ सभ्यताले सबै मानिसहरू र सबै प्राणीहरूबिचको नाता र सबै राष्ट्रहरूबिचको शान्तिको वकालत गर्दछ किनभने चिनियाँ सभ्यता मानव जातिसँगै उठ्छ र सँगै हुन्छ भन्ने विश्वास गर्दछ । चिनियाँ सभ्यतामा हामी चिनियाँहरूले विभिन्न क्षेत्र र भाषाका समाज र मानिसहरूलाई हेर्ने र बुझ्ने तरिकालाई निहित गर्दछ । हाम्रो दृष्टिमा एक आदर्श समाजले समान ध्येयको रूपमा साझा हितलाई पछ्याउँछ र साझा हितलाई अगाडि बढाउँछ । सुदृढ आर्थिक नैतिकताले जनताको समृद्धि र कल्याणलाई पहिलो स्थानमा राख्छ र साझा हितहरू पछ्याउँदै न्यायलाई समर्थन गर्दछ । सही सुरक्षा अवधारणाले युद्धमा शान्तिलाई समर्थन गर्दछ र शक्ति प्रयोगको सार हिंसा रोक्न हो भन्ने विश्वास गर्दछ । अन्य सभ्यताहरूसँग एकताबद्ध हुने सही तरिका एकरूपताबिना सद्भाव खोज्नु र अन्य संस्कृतिहरूको कदर गर्नु र साझा समृद्धिलाई बढावा दिनु हो ।
अन्य देशहरूसँग अन्तरक्रिया गर्दा पालना गर्नुपर्ने सबैभन्दा महत्वपूर्ण सिद्धान्त भनेको विश्वसनीयता, सौहार्दता र असल छिमेकी हो । साझा भविष्यका साथ मानव समुदायको दृष्टिकोण र शान्तिपूर्ण सहअस्तित्व, जीत–जीत सहयोग, समावेशीता र साझा वृद्धिजस्ता तीनवटा विश्वव्यापी पहलहरू चिनियाँ सभ्यताको हिस्सा बनेका छन् । तिनीहरूले चिनियाँ सभ्यताको परिभाषित विशेषताहरू – यसको निरन्तरता, रचनात्मकता, स्थिरता, समावेशीता, र शान्तिपूर्ण प्रकृतिको बारेमा धेरै मात्रामा बोल्छन् । हाम्रो पार्टीले माक्र्सवादका आधारभूत सिद्धान्तलाई चीनको विशिष्ट वास्तविकता र यसको राम्रो परम्परागत संस्कृतिमा कसरी लागू गर्छ भन्ने कुराको ती उत्कृष्ट उदाहरण पनि हुन् । तिनीहरूले मानवताको भविष्यको खोजीमा पार्टीले गरेको ठूलो सफलतालाई पनि प्रतिनिधित्व गर्छन् ।
अन्तर्राष्ट्रिय सम्बन्धका परम्परागत पश्चिमी सिद्धान्तहरूले विश्वलाई शक्ति र भूराजनीतिको परिप्रेक्ष्यबाट हेर्छन् । ‘प्रभुत्वको स्थायित्व’ र ‘सभ्यताको भिडन्त’ जस्ता सिद्धान्तहरू बहिष्करणवादी विचारहरूले भरिएका छन् । यसको विपरीत, साझा भविष्य र तीन विश्वव्यापी पहलहरूको साथ मानव समुदायको दृष्टिकोणको मूल सिद्धान्तहरू चिनियाँ सभ्यतामा निहित छन् ।
एकै साथ तिनीहरू सार्वभौम समानता र जनताको समान अधिकारको सम्मानमा आधारित राष्ट्रहरूबिच मैत्रीसम्बन्ध विकास गर्ने, सामूहिक र शान्तिपूर्ण माध्यमबाट अन्तर्राष्ट्रिय सुरक्षा कायम गर्ने र अन्तर्राष्ट्रिय सहयोग स्थापना गर्नेलगायत संयुक्त राष्ट्र सङ्घका बडापत्रका उद्देश्य र सिद्धान्तहरूसँग उच्च अनुरूप छन् । तिनले विश्वव्यापी आर्थिक, सामाजिक र÷वा सांस्कृतिक समस्याहरू समाधान गर्नेछन् । अन्तर्राष्ट्रिय सम्बन्धमा यी रचनात्मक र सरल विचारहरूले पूर्वीय ज्ञान प्रदर्शन गर्दछन् र मानवतालाई अन्य राष्ट्रहरूसँग संलग्न हुने तरिका र विश्वव्यापी चुनौतीहरूको सामना गर्ने तरिकाहरूबारे सोच्नको लागि नयाँ परिप्रेक्ष्य र मापदण्ड प्रदान गर्दछन् ।
यस्तो मानसिकता, परम्परागत पश्चिमी सिद्धान्तहरूभन्दा पूर्णतया भिन्न छ । यसले निर्धारण गर्दछ कि चीन शक्तिमा बढ्दै गए पनि प्रभुत्ववाद वा शक्तिको राजनीतिमा संलग्न हुने छैन, अरूको मूल्यमान्यता आफ्नै सुरक्षाको पछि लागे पनि, प्रभुत्व खोज्ने बाटोमा हिँड्ने छैन । विभाजन वा भिडन्त, वा आफ्नैभन्दा फरक विचार भएकाहरूलाई अलग गर्न सानो सर्कलहरू सिर्जना गर्ने गर्छ । यसको सट्टा, चीन विश्व शान्तिको प्रवद्र्धन गर्न, विश्वव्यापी विकासलाई चलाउन र अन्तर्राष्ट्रिय व्यवस्थाको रक्षा गर्न प्रतिबद्ध रहनेछ ।
साझा भविष्य भएको मानव समुदायको दर्शन र तीनवटा विश्वव्यापी पहलले माक्र्सवादी अडान, दृष्टिकोण र विधिहरूलाई समर्थन र लागू गर्दछ तथा आकर्षक तर्कसहितको सोचको राम्रो विकसित प्रणाली प्रस्ताव गरेका छन् । तिनीहरूले इतिहासको कानुन र यसको सभ्यताको चीनको गहिरो समझलाई प्रतिबिम्बित गरेका छन् । आधुनिक समयमा देखा परेका प्रश्नहरूमा यसको गहिरो प्रतिबिम्ब देख्न सकिन्छ ।
अन्तरसम्बन्धित, अन्तरनिर्भर र पारस्परिकरूपमा सुदृढ गर्ने तीनवटा विश्वव्यापी पहलले साझा भविष्यको साथ विश्वव्यापी समुदाय निर्माण गर्ने दृष्टिकोणको लागि बलियो आधार प्रदान गर्दछ र राम्रो विश्व निर्माण गर्न चीनको समाधान प्रस्ताव गर्दछ । नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादबारे सी चिनफिङ विचारबाट निर्देशित भएर आगामी नयाँ यात्रामा पार्टीको बाह्य कार्यमा लागेका हामीले कूटनीतिसम्बन्धी सी चिनफिङ विचारधारालाई निरन्तरता दिँदै मानव समुदायको झन्डालाई उच्च राख्नेछौँ । साझा भविष्य र तीनवटा विश्वव्यापी पहललाई भव्यरूपमा सफल बनाउन विश्वभरबाट सकारात्मक ऊर्जा जम्मा गर्नुहोस् ।
हामी मानवता र विश्वको लागि सद्भावको लागि प्रगति खोज्ने पार्टीको गम्भीर प्रतिबद्धतालाई सम्मान गर्नेछौँ र चिनियाँ राष्ट्रको पुनरुत्थान र मानव प्रगतिको उद्देश्यलाई अगाडि बढाउन अझ ठूलो योगदान गर्नेछौँ ।
(लेखक चिकपा केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका सचिव हुन् ।)
– China Daily
अनुवाद : प्रकाश
Leave a Reply