माओले कसरी सेना तयार पार्नुभयो ?
- फाल्गुन २, २०८१
एटीन काबे (१७८८–१८५६) फ्रान्सका एक काल्पनिक समाजवादी थिए । उनी फ्रान्सका एक लोकप्रिय दार्शनिक थिए । स्वर्गका नियमहरू लागु गरी उनी धर्तीलाई ‘स्वर्ग’ बनाउन चाहन्थे । उनी क्राइस्टेली धर्ममा विश्वास गर्थे । उनले बेलायतमा राजनैतिक शरण लिएको बेला उनी थोमस मोरको ‘स्वप्नलोक’, रोबर्ट ओबेनको कारखानाका मजदुरहरूको कल्याणकारी बन्दोबस्त र चाल्र्स फ्युरियेजस्ता काल्पनिक समाजवादीहरूको विचारबाट प्रभावित भए । सन् १८४० मा ५२ वर्षको उमेरमा उनले ‘इकारिया’ भन्ने ‘साम्यवादी समाजको यात्रा’ भन्ने एक काल्पनिक समाजको कल्पना गरे ।
सन् १८४६ मा काबेले आफ्नो समर्थकहरूलाई अमेरिका गएर ‘इकारिया’ भन्ने नयाँ साम्यवादी समाज खडा गर्न उत्साहित गरे । ३ फेब्रुअरी १८४८ मा न्यु ओर्लेन्स र टेक्सासको उलास भन्ने ठाउँमा उनले ३२० एकड अर्थात् ६–७ सय विघा भूमिमा बस्ती बसाउन सुरु गरे । सन् १८५५ मा मिसिसिपी नदीको नोचोको इलियोनिसमा ५ सय जना कृषकहरूको समुदायको खेतीपातीको विकास भयो । त्यस गाउँ बस्तीमा पसल, विद्यालय, पीठो पिस्ने घट्ट वा मिल र काठ चिर्ने मिल स्थापना गरियो ।
एक रक्सी चट्टी, अङ्ग्रेजी र फ्रान्सेली भाषाको एक समाचार पत्र चलाइयो ३९ जनाको बाजा गाजा भएको एक सांस्कृतिक टोली र एक नाचघर बनाइए । एक स्वास्थ्य केन्द्र (अस्पताल) र ४ हजार पुस्तक भएको एक पुस्तकालय उनले स्थापना गरे । त्यसबेला त्यो राज्यमा त्यो नै सबभन्दा ठूलो पुस्तकालय थियो ।
शनिबारको दिन तिनीहरू सबै उपस्थित भई समाजको बारेमा छलफल गर्थे । छलफलमा महिलाहरूले पनि आफ्नो राय राख्न पाउँथे तर त्यस बेला अमेरिकामा महिलाहरूले मताधिकार पाएका थिएनन् । आइतबारमा बस्ने साधारण समाज धर्म र नैतिकताबारे छलफल गर्ने तर धार्मिक गतिविधि गर्दैनथे ।
एटीन काबे
इलिनोइस भनिने त्यस ठाउँबाट २ सय माइल पश्चिममा लोवाको एडेर काउन्टीमा पनि एक समाजवादी समाज स्थापना गरिएको थियो ।
एउटा राजनैतिक मुद्दामा उपस्थित हुन काबे फ्रान्स फर्के र मुद्दा जितेर १८५३ अमेरिका फर्कंदा ती समुदाय वा समाजका मानिसहरूलाई सहकारी संस्थाको विरोधमा प्रचार गरिसकेका थिए । त्यस बस्तीमा आर्थिक फाइदा लिने व्यापारी र मुनाफाखोरहरूले आर्थिक लोभको बीउ छरिसकेका थिए ।
समाजका केही सदस्यहरू सुर्ती र रक्सीको लतमा फसिसकेका थिए । धेरै महिलाहरूले राम्रा राम्रा लुगा र गहनाहरू लगाएर झिलिमिली गर्न थालेका थिए । समुदायका केही परिवारले सामूहिक भूमिलाई व्यक्तिगत सम्पत्तिको रूपमा ल्याउने प्रस्ताव राखे । पुँजीवादी देशमा पुँजीवादी प्रचार हुनु अनौठो विषय थिएन । समाजमा बिस्तारै अनुशासन भङ्ग हुँदै गयो । गुप्तरूपले नेतृत्व गर्नेहरूले काबेकै विरोधमा बाहिरबाट प्रचार गर्दै गरेको थाहा पाए । समाजमा विभाजन भयो र सन् १८५६ सम्म नोभू (Novoo) र न्यु ब्रेमेन (New Bremen), मिसौरी (Missouri) र त्यसको नजिक सेन्ट लुइस (St. Louis) मा ती समाज कायम थिए ।
विल्हेम बीट्लिङ (५ अक्टोबर १८०८–२५ जनवरी १८७१) जर्मनीका सबभन्दा पहिलेका काल्पनिक समाजवादीमध्ये एक थिए । पेशाले उनी एक सूचीकार थिए । बाइबलको अध्ययन गरेर उनी धार्मिक साम्यवाद वा स्वर्ग स्थापना गर्ने कल्पना गर्थे । मजदुरहरूका पक्षपाती भएर पनि उनी ४०–४२ हजार जनाको धार्मिक साम्यवाद वा स्वर्ग स्थापना गर्ने कल्पना गर्थे । मजदुरहरूका पक्षपाती भएर पनि उनी ४०–४२ हजार जनाको धार्मिक व्यक्तिहरू, चोर, लुच्चा, लफङ्गा र अपराधीहरूलाई सङ्गठित गरेर अचानक सत्ता कब्जा गरी समाजवाद लागु गर्ने कल्पना गर्थे ।
सन् १८४७–४८ मा कम्युनिस्ट लिगमा माक्र्स र एङ्गेल्ससमेत मिलेर कम्युनिस्ट पार्टीको घोषणापत्र पारित गर्ने समयमा विभिन्न देशका मजदुर र पार्टी प्रतिनिधिहरू उपस्थित थिए । राम्रो भावना र राम्रो उद्देश्य भए पनि त्यो उपाय व्यवहारिक थिएन । दार्शनिक र ऐतिहासिक रूपले त्यो उपाय र विचार उपयुक्त थिएन । यसकारण, कम्युनिस्ट घोषणापत्र प्रकाशित भए पनि उनी अमेरिका गएर आफ्नो सूचीकारको पेसामा लागे । माक्र्स र एङ्गेल्सको वैज्ञानिक सिद्धान्तको अगाडि उनको केही लागेन । उनी सैद्धान्तिकरूपले पराजित भए । तर सन् १८५० तिर उनले संरा अमेरिकामा एक पत्रिका निकाले तथा लोवा (Lowa) भन्ने ठाउँमा जर्मन कम्युन (Commune) भनिने बस्तीमा समता समाजको प्रयोगात्मकरूपमा स्थापना गर्न सहयोगी बने । सो समतावादी समाज पनि पछि विघटन भयो ।
राजनैतिक परिवर्तन
युवाहरू विस्तारै देशको परिस्थितिबाट परिचित हुँदै गए, अधबैँसे व्यक्तिहरू परिपक्व हुँदै गए, ज्येष्ठ नागरिकहरू राजनैतिक परिवर्तन हुँदा उत्साहित हुन्थे तर पछि पार्टी वा नेताहरूले आ–आफ्नो प्रतिज्ञा र वचन बिर्सेर लाखापाखा लाग्थे अनि जनताले भने, सबै नेता र पार्टीहरू यस्तै हुन्, जनतालाई बीचमै छोडेर गए । तर भर्खर विद्यालय उत्तीर्ण र १२ कक्षाका छात्रछात्राहरू नेताहरूका भाषण सुनेर उत्साहित हुन्थे र बडो जोशका साथ प्रदर्शन र जनसभामा पछि लाग्थे । तर तिनीहरू पनि निराश हुन्थे ।
Leave a Reply