बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
शनिबार विहान राजविराजबाट काठमाण्डौ आउँदै गरेको बस धादिङको गजुरी गाउँपालिकाको बांगेमोडमा अनियन्त्रित भई त्रिशुलि नदिमा खस्यो । दुर्घटनामा करिब ३० जनाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । विशेषतः चालकको लापरवाहीको कारण बस दुर्घटना भएको प्रारम्भिक अनुमानले देखाएको छ । दुर्घटनाको समाचारले हामीलाई स्तब्ध बनाएको छ भने अर्कोतिर दुर्घटनाको विषयलाई लिएर नेकपा एमाले, माओवादी केन्द्र, संघीय समाजवादी फोरमलगायतका पार्टीहरुबीच शोक वक्तव्य निकाल्ने अस्वाभाविक प्रतिस्पर्धा देखेर आश्चर्य लागेको छ । त्यसो त दुर्घटना हुनु दुःखको कुरा हो ।
दुर्घटनाजस्तो मानविय संवेदनासंग जोडिएको विषयलाई यसरी चुनावी उपयोगको दृष्टिकोणले मात्र हेरिनु कदाचित राम्रो होइन ।
यो भन्दा अगाडी पनि धेरै यस्तै प्रकृतिका दुर्घटनाहरु भइसकेका छन् । हजारौं यात्रुहरु घाइते भइसकेका छन् । त्यतिबेला यी पार्टीहरुलाई दुःख व्यक्त गर्ने, शोक वक्तव्य निकाल्ने फुर्सद थिएन । यो पटक शोक वक्तव्य निकाल्ने र पीडितहरुलाई क्षतिपूर्तिको माग गर्ने होडबाजी नै चल्नुको पछाडी नजिकिँदै गरेको प्रतिनिधि सभा र प्रदेश सभाको चुनाव रहेको कारण देखिन आउँछ । अझ हास्यास्पद कुरा त के हो भने, आफू सरकारमा रहेको पार्टी आफैले वक्तव्य निकालेर सरकारसंग घाइते र पीडितलाई क्षतिपूर्ति उपलब्ध गराउन माग गरेको छ । दुर्घटनाजस्तो मानविय संवेदनासंग जोडिएको विषयलाई यसरी चुनावी उपयोगको दृष्टिकोणले मात्र हेरिनु कदाचित राम्रो होइन । सरकारले तत्कालै घाइतेहरुलाई स्वास्थ्य उपचारको बन्दोबस्त गर्ने र भविष्यमा यस्ता दुर्घटनाहरुलाई न्यूनिकरण गर्ने उपायहरु अपनाउनु जरुरी छ । कतै पार्टीहरुको वक्तव्य निकाल्ने होडबाजीमा मानवीय संवेदनाको हत्या नहोस् ।
– अर्जुन खड्का, काठमाण्डौ
Leave a Reply