नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
संविधान निर्माणपछिको स्थानीय निर्वाचन टुंगी संसद र प्रदेश निर्वाचनको प्रक्रिया सुरु हुँदैछ । निर्वाचनको सरल प्रक्रियाबाट जटिल प्रक्रियाको कारण साधारण जनता अन्योलमा पर्नु स्वाभाविक हो । देशी र विदेशी गैरसरकारी संस्थाहरूको चलखेलको कारण शासक दलहरू आफै विलखबन्दमा छन् । साम्राज्यवादी र उपनिवेशवादीहरूले उपनिवेश र अर्ध–उपनिवेशका जनताको प्रजातान्त्रिक प्रक्रियालाई आफ्नै मुठीभित्र राख्न थ्रेस होल्ड (मत सीमा) र दुई दलीय तानाशाहीको बाटोमा लाने योजना बनाउँदैछन् ।
तर नेका, एमाले र ‘माओवादी’ विदेशीको हाहामा लागेर दुई पार्टी तानाशाहीको बाटो समात्दा काँचो पिडौंला खाने मानिसजस्तै शासक दलहरू मूर्ख सावित हुने सम्भावना तड्कारो छ । यसकारण एमाले, ‘माओवादी’ र नयाँ शक्ति भनिने भट्टराई समूहको ‘वाम’ र ‘कम्युनिष्ट’ शिविर एक हप्ताभित्रै तुहियो र बाबुराम भ्यागुतोजस्तै उफ्रेर कांग्रेसी शिविरमा पुगे । तर एमाले र ‘माओवादी’ समूहहरू पनि एकले अर्काको खुट्टा तानातान गरेर ‘वाम’ र ‘कम्युनिष्ट’ शिविर राप्रपाको शिविरजस्तै पद र पैसाको निम्ति दंगा फसादमा डुबेका छन् । प्रश्न उठ्छ – निर्वाचनबाट जितेर सरकार चलाई अपार सम्पत्ति कमाई, शोषक र कालाबजारी र भ्रष्टाचारीहरूको संगतमा मोटाएका तथाकिथत कम्युनिष्टहरू पुनः कामदार वर्गको हितमा क्रान्तिको गा¥हो फाहारो उकालो र जंगलमा जालान् ? असम्भव ! एमाले र ‘माओवादी’ शिविरको डु·ा पूँजीवादी फोहोर आहालमै डुबेर अन्त हुने पक्का छ ।
नेपाली कांग्रेस बुढो बाघझैं जातिवादी, धर्मभिरु र साम्प्रदायिक दलहरूलाई फट्यांग्रा टिपेजस्तै एक एक गरेर आफूमा मिलाउने चाँजोपाँजोमा छन् । यी दुवै शिविरको मालिकले बाँसुरी बजाउने ठगले जस्तै सबै पूँजीवादी दलहरूलाई पूँजीवादी आहालमा डुबाउँदैछन् । विदेशीको थ्रेसहोल्ड र दुई पार्टी तानाशाहीको फल सफल भएमा दक्षिण कोरियाजस्तै साम्राज्यवादी र विस्तारवादको नवउपनिवेश हुनेबारे कुनै शड्ढा छैन । साम्राज्यवादी र विस्तारवादी शक्ति स्वार्थअनुरुप यी तीन शासक दलहरूले आफू पनि डुब्ने र देशलाई पनि डुबाउने अन्धकारतिर देशलाई दोहो¥याउँदैछन् भन्नेबारे अब दुईमत नहोला । एमालेका पोलिटब्युरोका नेता र पूर्वप्रधानमन्त्रीले आफ्नै नेताले गुण्डाको नाइके, भ्रष्टाचारलाई ठेग्ने र अपराधीहरूले संरक्षण दिने भनी कटुआलोचना गरेका छन् भने कांग्रेस शिविरमा पनि यस्तै भित्री प्रचार भइरहेको प्रस्ट छ ।
देशलाई संघ राज्यमा फसाई, जात–भात र अन्योलमा धकेल्ने साम्राज्यवादी र विस्तारवादीहरूलाई जनतामा उदांग्याउँदै नजाने हो भने देश पछि ठूलो सड्ढटमा फस्ने निश्चय छ । यसकारण तीन दलका विदेशीका पछि लाग्ने नेताहरूको विरोधमा सैद्धान्तिक र राजनैतिक संघर्ष गर्न अनेक जिल्ला र गाउँमा कोणसभाहरू हुँदैछन् । अस्तु !
Leave a Reply