भर्खरै :

पश्चिम समर्थक सरकारको विरोधमा चेक गणतन्त्रमा ¥याली

पश्चिम समर्थक सरकारको विरोधमा चेक गणतन्त्रमा ¥याली

प्राग, १८ सेप्टेम्बर (टलेसुर) । हजारौँ चेक जनताले चेक गणतन्त्रको राजधानी प्रागको वेन्सेस्लास स्क्वायरमा संरा अमेरिकालगायत पश्चिम समर्थक सरकारको विरुद्धमा भेला भई प्रदर्शन गरेका छन् ।
‘सरकारविरुद्ध चेक गणतन्त्र’ भन्ने नाराका साथ ¥याली मुख्यतया सरकारको मुद्रास्फीति, कर परिवर्तन र पेन्सन समायोजनमा भएको जनविरोधी कार्यको विरोधमा निकालिएको थियो ।
चेक न्यूज एजेन्सी (सीटीके) का अनुसार भिडमा ‘डाउन विथ द यूएस मिनियन्स’ (अमेरिका कठपुतली सरकार मुर्दावाद !) र ‘डाउन विथ नाटो’ (नाटो मुर्दावाद !) लेखिएको ब्यानरहरू प्रदर्शनकारीहरूले बोकेका थिए ।
¥यालीमा एक लाखभन्दा बढी मानिसको सहभागिता रहेको आयोजक गैरसंसदीय कानुन सम्मान विशेषज्ञ (पीआरओ) पार्टीले जनाएको छ । केही सहभागीहरूले पछि सहरको स्क्वायरबाट चेक गृह मन्त्रालयको मुख्यालयसम्म ¥याली गरेका थिए ।
चेक गणतन्त्रका उपप्रधानमन्त्री र आन्तरिकमन्त्री भिट रकुसनले भने प्रदर्शनलाई ‘कठिन समयमा केही व्यक्तिहरूको असन्तुष्टिको वैध अभिव्यक्ति’ भन्नुभएको छ तर उहाँले त्यो असन्तुष्टिलाई घृणा र डर जगाउन प्रयोग गर्न अगम्य र अस्वीकार्य भएको भन्नुभएको छ ।
प्रागको सेन्टर फर पब्लिक ओपिनियन रिसर्चले गरेको भर्खरैको सर्वेक्षणले देखाएको छ कि अधिकांश चेक जनता देशको आर्थिक अवस्थाबाट पीडित र दुःखी छन् । मे १६ देखि जुलाई २४ सम्ममा गरिएको सर्वेक्षणमा ९२९ जनामध्ये ५७ प्रतिशतले आर्थिक अवस्थालाई नराम्रो मान्छन्, करिब एकचौथाइले यसलाई ‘न राम्रो न नराम्रो’ र १६ प्रतिशतले यसलाई राम्रो मान्छन् ।
केन्द्रीय चेक तथ्याङ्क कार्यालय (सीएसयू) का अनुसार चेक गणतन्त्रको वास्तविक कुल गार्हस्र्थ उत्पादन (जीडीपी) यस वर्षको दोस्रो त्रैमासिकमा वार्षिकरूपमा ०.६ प्रतिशतले घटेको छ । चेक गणतन्त्रको वास्तविक कुल गार्हस्र्थ उत्पादन यस वर्षको दोस्रो त्रैमासिकमा वार्षिकरूपमा ०.६ प्रतिशतले घटेको छ । पूरै वर्षको लागि चेक अर्थ मन्त्रालयले अगस्टको पूर्वानुमानमा यो ०.२ प्रतिशतले घट्न सक्ने भविष्यवाणी गरेको थियो ।
चेक तथ्याङ्क कार्यालय (सीएसयू) का अनुसार यस बीचमा चेक गणतन्त्रमा उपभोक्ता मूल्यहरू अगस्टमा वार्षिक रूपमा ८.५ प्रतिशतले बढेको छ । मुद्रास्फीति लगातार सातौँ महिनामा सुस्त भए पनि चेक नेसनल बैङ्कले तोकेको २ प्रतिशतको सहिष्णुता दरभन्दा माथि रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *