भर्खरै :

चन्द्रागिरीमा प्रजग कोरियाको ७५ औँ स्थापना दिवस

चन्द्रागिरीमा प्रजग कोरियाको ७५ औँ स्थापना दिवस

काठमाडौँ, १ असोज । नेपाल मजदुर किसान पाटी चन्द्रागिरी नगर समितिको आयोजनामा प्रजग कोरियाको ७५ औँ स्थापना दिवस आइतबार मनाइयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य नारायण महर्जनले प्रजग कोरिया स्थापना भएको ७५ वर्ष पुग्दा एक शक्तिशाली देशको रूपमा स्थापित हुनसक्नुको कारण समाजवादी देश भएकोले हो भन्नुभयो ।
प्रजग कोरियाको स्थिति बलियो भएको कारण अमेरिकी साम्राज्यवादलाई एक चुनौटी भएको उहाँले स्पष्ट पार्नुभयो ।
अमेरिकी साम्राज्यवादले कम्युनिस्ट राष्ट्रमाथि भ्रम फैलाउने कार्यलाई सबै कम्युनिस्टहरूले सामना गर्नुपर्ने उहाँले बताउनुभयो ।
नेपाल कर्मचारी समाजका केन्द्रीय अध्यक्ष जी. लासिवाले आफ्नो प्रजग कोरियाको भ्रमणको स्मरण गर्दै कम्युनिस्ट सरकारले देश र जनताको हितमा काम गर्न सक्ने प्रस्ट पार्नुभयो ।
नेमकिपा चन्द्रागिरी नगर समितिका अध्यक्ष गुणदास महर्जनको सभापतित्वमा भएको उक्त कार्यक्रममा जिल्ला समितिका हरिशरण श्रेष्ठ, चन्देश्वरी महर्जन, राजु कपाली, विष्णु खत्रीले पनि प्रजग कोरियाको विकासबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *