भर्खरै :

अमेरिका एकल लागूपदार्थ माग भएको प्रमुख देश

अमेरिका एकल लागूपदार्थ माग भएको प्रमुख देश

पेइचिङ, १९ सेप्टेम्बर (सीआरआई) । सेप्टेम्बर १८ मा चिनियाँ परराष्ट्र मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा एक पत्रकारले सोधे ः सेप्टेम्बर १५ मा, अमेरिकी राष्ट्रपति बाइडेनले कङ्ग्रेसमा पेश गर्नुभएको एक रिपोर्टमा चीनलाई तथाकथित ‘लागू पदार्थको मुख्य स्रोत देश’ का रूपमा पहिचान गरियो । यस विषयमा चीनको टिप्पणी के हो ?
उक्त प्रश्नको जवाफ दिँदै चिनियाँ परराष्ट्रमन्त्रालयका प्रवक्ता माउ निङले भन्नुभयो, “अमेरिकाको भनाइको कुनै तथ्यगत आधार छैन र यो चीनमाथि हिलो छ्याप्ने काम मात्र हो । चीनले यसको दृढतापूर्वक विरोध गर्छ र अमेरिकासँग गम्भीर सम्पर्क गरेको छ ।”
प्रवक्ता माउ निङले भन्नुभयो, “चीन सरकारले लागू पदार्थविरोधी कामलाई ठूलो महत्व दिइरहेको छ । अहिलेसम्म चीनमा ४५६ वटा लागूऔषध, साइकोट्रोपिक पदार्थ लगायतका धेरै किसिमलाई नियन्त्रणमा राखिसकेको छ । जसले गर्दा चीन सबैभन्दा बढी लागू पदार्थलाई नियन्त्रित गर्ने र कडा नियन्त्रण लागू भएको देशहरूमध्येको एक हो । चीनमा नियन्त्रित पूर्ववर्ती रसायनहरूको सङ्ख्या ३८ पुगेको छ जुन संयुक्त राष्ट्रसङ्घमा नियन्त्रितभन्दा १४ बढी हो ।”
उता अमेरिकामा विश्वको जनसङ्ख्याको ५ प्रतिशतभन्दा कम ओगटेको तर विश्वको ८० प्रतिशत ओपिओइड खपत गर्ने अमेरिकाले चीनको लागुऔषध विरोधी प्रयासहरूको बारेमा गैरजिम्मेवार टिप्पणी गर्न योग्य छैन ।
अमेरिकाले चीनमाथि आक्रमण र धब्बा लगाउन काम बन्द गर्नुका साथै चीन–अमेरिका सहकार्यका लागि अनुकूल हुने थप काम गर्न चीनले आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *