भर्खरै :

समाजवादउन्मुख संविधान देखाउने दाँत !

नेपाल स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी, समाजवादउन्मुख, सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य हो । नेपालको संविधान आर्थिक समानता ल्याउन, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न, समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तको आधारमा समतामूलक समाज निर्माण गर्ने उद्देश्यले जारी भएको हो । लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित समाजवादप्रति प्रतिबद्ध रही सार्वभौमसत्ता सम्पन्न नेपाली जनता नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई संविधानले आत्मसात गरेको छ । नेपालको सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहित रहेको संविधानमा उल्लेख छ । राष्ट्रहित प्रतिकूलको आचरणमा लाग्नेलाई सङ्घीय कानुनबमोजिम दण्ड हुने व्यवस्था गरिएको छ । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रियता र स्वाधीनतामा खलल पर्ने, राष्ट्रको विरुद्ध जासुसी गर्ने, राष्ट्रिय गोपनीयता भङ्ग गर्ने वा नेपालको सुरक्षामा आँच पु¥याउने गरी कुनै विदेशी राज्य, सङ्गठन वा प्रतिनिधिलाई सहयोग गर्ने काममा निषेध गरिएको छ ।
संविधानमा प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क हुने हकको व्यवस्था गरिएको छ । संविधानमा अपाङ्गता भएका र आर्थिकरूपले विपन्न नागरिकलाई कानुनबमोजिम निःशुल्क उच्च शिक्षाको हक र प्रत्येक नागरिकलाई रोजगारीको हक हुनेछ भनिएको छ । प्रत्येक श्रमिकलाई उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हक हुने संविधानमा उल्लेख गरिएको छ । संविधानमा उल्लेख भएका उक्त व्यवस्थाअनुसार के देशमा लागु भइरहेको छ ? संविधान दिवसको अवसरमा सरकार या सत्तारुढ दलले सोको सिंहावलोकन गर्नु आवश्यक छ । सत्तासीन दलले संविधान पालना गरिरहेको छैन । देशमा न समाजवादउन्मुख मान्यताअनुसार काम भइरहेको छ न त आधारभूत तहसम्म अनिवार्य र माविसम्म निःशुल्क शिक्षा व्यवस्था नै लागु भइरहेको छ । देशको सार्वभौमसत्ता, स्वाधीनता र अखण्डतामा कुनै आँच पु¥याउने, दूरगामी असर पर्ने सरकारले काम गर्नु हुँदैनथ्यो । तर त्यसमा सत्तासीन दलका नेताहरू फसिरहेका छन् ।
पहिलो संविधान जारी नहुँदै संविधानसभा विघटन भएपछि दोस्रो संविधानसभाले २०७२ असोज ३ गते संविधान जारी गरेको थियो । नेपालको संविधान जारी गर्न खोज्दा भारतीय सरकार र त्यसका पिछलग्गूहरूले रोक्ने प्रयास गरेका थिए । भारतको दबाब अस्वीकार भएपछि नेपालमा अघोषित नाकाबन्दी भएको थियो । यसबिचमा देशघाती नागरिकता विधेयक पारित भयो । विदेशीहरूले पनि सजिलै वंशजको आधारमा नेपाली नागरिकता पाउने ढोका खुला गर्ने काम सरकारले ग¥यो । एमसीसी सम्झौता यही समयमा पास गरियो । यसबिच भुटानी शरणार्थी काण्ड भयो । ललिता निवासको जग्गा काण्ड भयो† सुन काण्ड भयो । यसरी देशमा विभिन्न आपराधिक घटना भयो । देशमा भ्रष्टाचार र अनियमितता भयो । देश भ्रष्टाचारको सूचीमा प¥यो । यसरी देश बदनाम भयो । अतः देशमा भइरहेको अनियमितता नियन्त्रण गर्नुपर्छ । देशमा सुशासन र विधिको शासन हुनुपर्छ । समाजवादउन्मुख मान्यताअनुसार सरकार अघि बढ्नुपर्छ । अनिमात्र संविधान दिवस मनाउनुको सार हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *