भर्खरै :

नेक्रायुसङ्घ स्थापना दिवसमा कैलालीमा प्रवचन कार्यक्रम

नेक्रायुसङ्घ स्थापना दिवसमा कैलालीमा प्रवचन कार्यक्रम

कैलाली, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा बुधबार प्रवचन कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य खगेन्द्रबहादुर शाहीले युवा परिवर्तनको वाहक भएको हुनाले युवालाई सही निर्र्देशन दिनसके देशमा चाँडै परिवर्तन हुने धारणा राख्नुभयो ।
नेमकिपा कैलालीका अध्यक्ष रमेशकुमार रावलले देशलाई समस्या र कठिनाइ परेको बेला युवाहरू अग्रपङ्क्तिमा बसेर परिवर्तनको लागि अगाडि बढ्नुपर्छ भन्नुभयो ।
युवाहरू व्यवहारिक, अनुशासित र सङ्घर्षशील हुनुपर्ने धारणा राख्दै उहाँले भन्नुभयो, “देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावनाले युवाहरू राजनीतिमा लाग्नुपर्छ । राजनीतिमा लाग्नेहरूले अध्ययनलाई जोड दिनुपर्छ ।”
नेक्रामहिला सङ्घका केन्द्रीय सहसचिव तथा कैलाली अध्यक्ष लक्ष्मी पुनले नेक्रायुसङ्घ र अन्य राजनीतिक दलको युवा सङ्घबिचको फरकबारे बताउनुभयो ।
कार्यक्रममा ज्योति बडुवाल, गुप्तबहादुर शाही, प्रेमबहादुर सिजापति, कमल बडुवाल र हिक्मत भण्डारीले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *