भर्खरै :

साम्राज्यवादी शक्तिहरूलाई भाडाको सिपाहीँ दिलाउने फासीवादी चालको विरोध गरौँ

साम्राज्यवादी शक्तिहरूलाई भाडाको सिपाहीँ दिलाउने फासीवादी चालको विरोध गरौँ

गणतन्त्र भनेको राजतन्त्र, निरङ्कुश राजतन्त्र र देशको शक्ति केन्द्रीकरणको विरोध हो । राजतन्त्रको अन्ततिर पञ्चायती निरङ्कुशतन्त्रकै कारण गणतन्त्र र सङ्घ राज्यलाई जनताले स्वीकारेका थिए ।
तर, आज शिक्षक सङ्गठनको नाममा केही निरङ्कुश राजतन्त्रवादीहरूले पुनः शिक्षालाई पूर्णरूपले केन्द्रीकरण गर्दै सङ्घ राज्य व्यवस्थाको विरोधमा फासीवादी र नाजीवादी केन्द्रीकरण गर्ने प्रजातन्त्रविरोधी गतिविधि गर्ने मनसायले प्रतिगामीहरू सल्बलाउन खोजेका छन् ।
यसकारण, युवा–विद्यार्थी र सबै तहका शिक्षकहरू मिलेर शिक्षाका अपराधी (माफिया) हरूको विरोधमा सैद्धान्तिक र राजनीतिक सङ्घर्ष गर्नु आवश्यक छ ।
फासीवादी शिक्षक सङ्गठनहरू मुर्दावाद !
नाजीवादी शिक्षक सङ्गठनहरू मुर्दावाद !
नाजीवादको अर्थ ‘राष्ट्रिय समाजवाद’ हो । तर, त्यो सङ्गठन नामको मात्रै समाजवाद हो र ‘राष्ट्रिय’ को अर्थ पूर्णरूपले केन्द्रीकरण हो । त्यसको अर्थ हाम्रो देशको सन्दर्भमा राणा शासन र पञ्चायती प्रतिगामी व्यवस्थालाई पुनःस्थापना गर्ने हो ।
जर्मनीको समाजवादी आन्दोलनलाई टुक्र्याउन र सोभियत सङ्घमाथि आक्रमण गर्न हिटलरले ‘राष्ट्रिय समाजवाद’ नारा दिएका थिए र ‘राष्ट्रवादी’ र ‘अन्तर्राष्ट्रवादी समाजवाद’ को नाममा समाजवादी आन्दोलनलाई टुक्र्याएका थिए र सोभियत सङ्घमाथि हमला गर्न निहुँ खोजेको थियो । अन्तमा त्यही आगोले दोस्रो विश्व युद्ध भयो र करोडौँ जनता हताहत भए र ठूलो सम्पत्ति नास भयो । यसकारण, शिक्षक, शिक्षा कार्यालयहरू शिक्षाको नाममा देशमा शिक्षा क्षेत्रलाई भताभुङ्ग गरी विद्यार्थीलाई विदेशमा साम्राज्यवादीहरूलाई आवश्यक भाडाको सिपाही पु¥याउने अपराध गर्दै छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *