समय साकोसको १६ औँ साधारणसभा सम्पन्न
- आश्विन २५, २०८३
चितवन, ३ असोज । नेपाल क्रान्तिकारी युवा सङ्घको ३३ औँ स्थापना दिवसको अवसरमा नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला समिति चितवनको आयोजनामा युवा भेला एवम् प्रशिक्षण कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपा चितवन जिल्लाका अध्यक्ष हरिप्रसाद दुवालले समाजमा वर्ग रहेसम्म द्वन्द्व रहिरहनेछ, भन्नुभयो । शासक दलहरूबाट समाजमा साम्प्रदायिक भावना खल्बल्याउने काम भएको पनि उहाँले प्रस्ट पार्नुभयो ।
कामदार जनता राजनीतिक गतिविधिमा अघि बढिरहनुपर्ने चर्चा गर्दै उहाँले इमानदार, सोझा जनतालाई लडाएर पुँजीवादी शासकहरू सत्ता स्वार्थमा लागिरहेका छन्, भन्नुभयो ।
नेपाल क्रान्तिकारी मजदुर सङ्घ चितवन जिल्ला अध्यक्ष राजकुमार श्रेष्ठले सरकारको गलत नीतिका कारण युवाहरू आधुनिक दास बन्नुपरेको बताउनुभयो । आजभोलि युवाहरू घर खेत बेचेर सरकारका दलाल म्यानपावर कम्पनीलाई लाखौँ पैसा बुझाएर रोजगारको लागि विदेसिइरहेको बताउनुभयो ।
मोहनबहादुर प्रजाले युवा समाजवादी आन्दोलनमा लाग्नुपर्ने बताउनुभयो । कार्यक्रममा नेपाल क्रान्तिकारी युवा सङ्घ जिल्ला अध्यक्ष ज्ञानेन्द्र प्रजा, दिपेश मगर, मोहन प्रजालगायतले बोल्नुभएको थियो ।
Leave a Reply