कोरियाली मजदुर पार्टी जनताको आदर्श साकार पार्न अग्रसर
- आश्विन २४, २०८३
संयुक्त राष्ट्रसङ्घ, २० सेप्टेम्बर (टेलेसुर) । क्युवाका राष्ट्रपति मिगुएल डियाज–कानेल बर्मुडेजले मङ्गलबार न्यूयोर्क सहरमा संयुक्त राष्ट्र महासभाको ७८ औँ सत्रमा आफ्नो भाषणमा ‘नयाँ र न्यायपूर्ण विश्वव्यापी सम्झौता’ को आवश्यकतामा जोड दिनुभएको छ ।
डियाज–कानेलले जी–७७ प्लस चीन समूहको तर्फबाट बोल्नुभएको थियो । हाल क्युवाले यस वर्षको जी–७७ प्लस चीन समूहको चक्रीय अध्यक्षता गरिराखेको छ । उहाँले वर्तमान अन्तर्राष्ट्रिय वित्तीय संरचनाको गहिरो रूपान्तरण र एकपक्षीय जबरजस्तीपूर्ण उपायहरूको अन्त्य गर्न माग गर्नुभयो ।
क्युवाली राष्ट्रपतिले दिगो विकास लक्ष्य (SDGs) र २०३० को एजेन्डालाई उल्लेख गर्दै अगाडि भन्नुभयो, “आशावादी दृष्टिकोण २०३० एजेन्डा पूरा गर्नको लागि निर्धारित समय सीमाबाट मात्र सात वर्ष टाढा हुनु निरासामूलक छ । यो सम्मानित संस्थाले पहिले नै स्वीकार गरिसकेको छः हालको गतिमा, १७ दिगो विकास लक्ष्यहरूमध्ये कुनै पनि प्राप्त हुने अवस्था छैन । प्राप्त भएका र १६७ सहमत लक्ष्यहरूमध्ये आधाभन्दा बढी छुटेको छ ।”
उहाँले हालै हवानामा भएको जी ७७ प्लस चीनका राष्ट्रप्रमुख र सरकार प्रमुखहरूको शिखर सम्मेलनको नतिजा र दक्षिणी राष्ट्रहरूलाई एकताबद्ध गर्ने परिवर्तनको आवश्यकतालाई औँल्याउनुभयो ।
“दुई दिनसम्म यस समूहका १३४ राष्ट्रका १०० भन्दा बढी प्रतिनिधिहरूले विना आराम अन्यायपूर्ण, तर्कहीन र अपमानजनक अन्तर्राष्ट्रिय आर्थिक व्यवस्थामा स्थगित गर्न नसकिने परिवर्तनहरूको माग गर्न आवाज उठाए, जुन गहिरो भएको छ, वर्षैपिच्छे, उच्च विकसित राष्ट्रहरूको अल्पसङ्ख्यक र बहुसङ्ख्यकबिचको ठूलो असमानताले ‘विकासोन्मुख राष्ट्रहरू’ को प्रसङ्गलाई जित्न सक्दैन, राष्ट्रपतिले भन्नुभयो ।
डियाज–क्यानेलले हालको अन्तर्राष्ट्रिय वित्तीय संरचना “विकासोन्मुख देशहरूको भण्डारबाट लाभ उठाउन, अल्पविकासलाई बढाउने र आधुनिक औपनिवेशिकताको मोडेल पुनः उत्पादन गर्ने प्रभुत्वको प्रणालीलाई कायम राख्न योजना गरिएको हो” भनी निन्दा गर्नुभयो ।
क्युवाली राष्ट्रपतिले चेतावनी दिए कि “२१ औँ शताब्दीमा, यसले मानव अवस्थालाई अपमानित गर्दछ कि लगभग १ अर्ब मानिसहरू सबैलाई खुवाउन पर्याप्त उत्पादन गर्ने ग्रहमा भोकमरीबाट ग्रस्त छन् वा त्यो ज्ञानको युगमा र सूचना र सञ्चार प्रविधिको द्रुत विकासको समयमा पनि ७६ करोडभन्दा बढी मानिसहरू छन् जसमध्ये दुईतिहाइ महिलाहरू छन् र तिनीहरू पढ्न वा लेख्न जान्दैनन् ।”
त्यसैगरी, विकासोन्मुख देशहरूको प्रयासलाई बजारमा पहुँचको लागि ठोस कार्यहरू, निष्पक्ष र अधिमान्य अवस्थाहरूमा आर्थिक सहायता प्रविधि हस्तान्तरण र उत्तर–दक्षिण सहयोगको समर्थन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
उहाँले बहुपक्षीय विकास बैङ्कहरूको पुनः पुँजीकरण र क्रेडिट रेटिङ एजेन्सीहरूको भूमिकामा आवश्यक तर्कसङ्गतीकरण, समीक्षा र परिवर्तनको माग गर्दै अगाडि भन्नुभयो “सबैभन्दा धनी देशहरूले आफ्नो कुल राष्ट्रिय उत्पादनको कम्तिमा ०.७ प्रतिशत आधिकारिक विकास सहायतामा छुट्याउने आफ्नो प्रतिबद्धता पूरा गर्न असफल हुँदा, विकासोन्मुख राष्ट्रहरूले विदेशी ऋणको ब्याज तिर्न आफ्नो आम्दानीको १४ प्रतिशतसम्म खर्च गर्नुपर्ने हुन्छ ।”
क्युवाली राष्ट्रपतिले एक पटक र सबैको लागि ऋण उपकरणहरू पुनः डिजाइन गर्न र कुनै पनि देश प्राकृतिक प्रकोप वा बृहत् आर्थिक झट्काबाट प्रभावित हुनेबित्तिकै राहत र पुनर्संरचना प्रदान गर्न सक्रियता खण्डहरू समावेश गर्ने प्रस्ताव राख्नुभयो ।
यस सन्दर्भमा, क्युवाली राष्ट्रपतिले भन्नुभयो, “जलवायु सङ्कटमा सबैभन्दा कम प्रभाव पार्नेहरूले यसको प्रभावबाट सबैभन्दा बढी पीडित छन्, विशेषगरी सानो टापुको रूपमा रहेका विकासशील राज्यहरू प्रताडित हुने क्रममा छन् ।”
सो अवसरमा राष्ट्रपति डियाज कानेलले कोप २८ को सन्दर्भमा डिसेम्बर २ मा दुबईमा आयोजना हुने जी ७७ प्लस चीन समूहको विकासशील र विकासोन्मुख नेताहरूको शिखर सम्मेलन गर्न आह्वान गरेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यो जलवायु वार्ताको सन्दर्भमा हाम्रो समूहको स्थितिलाई उच्चस्तरमा व्यक्त गर्ने मञ्च हुनेछ ।”
क्युवाली राष्ट्रपतिले सार्वभौम राज्यहरूविरुद्ध एकपक्षीय दण्डात्मक उपायहरू लागू गरेकोमा पनि निन्दा गर्नुभयो । उहाँले आधा शताब्दीअघि संरा अमेरिकाले लगाएको आर्थिक, व्यावसायिक र वित्तीय नाकाबन्दीसहित सबैभन्दा लामो समयसम्म एकपक्षीय जबरजस्तीको सिकार रहेको देश क्युवा रहेको उहाँले स्मरण गराउनुभयो ।
उहाँले भेनेजुयला र निकारागुआ, साथै जिम्बाब्वे, सिरिया, प्रजातान्त्रिक जन गणतन्त्र कोरिया र इरानजस्ता राष्ट्रहरूमाथि संरा अमेरिकाद्वारा लगाइएका एकपक्षीय दण्डात्मक उपायहरूको पनि निन्दा व्यक्त गर्नुभयो, “अरू धेरै देशहरू जसका जनताले यी नकारात्मक प्रभावहरू भोगिरहेका छन् ।”
Leave a Reply