अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, ९ असोज । नेपाल क्रान्तिकारी शिक्षक सङ्घ, भक्तपुरको आयोजनामा विद्यालय शिक्षा विधेयक २०८० बारे समाज सुधार माविमा छलफल कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विधेयक अध्ययन गरी आवश्यक सुझाव बेलैमा दिन नसके पछि पछुताउने बताउनुभयो ।
समाजमा बुद्धिजीवी कहलिएका शिक्षकहरूको सार्थकता शिक्षकहरूबाट प्राप्त हुने सुझावमा भर पर्ने बताउँदै उहाँले संसद्मा कतिपय सांसदहरू पनि पार्टीको ह्विपको आधारमा विधेयक पढ्दै नपढी ‘हुन्छ’ र ‘हुँदैन’ मा टुङ्ग्याउँछन् भन्नुभयो ।
सरकारले पूर्व प्रावि तहलाई जतिसुकै अवहेलना गरे पनि हामी हाम्रोतर्फबाट सक्दो उच्च प्राथमिकता दिएर अरुको लागि नमुनालायक बनाइराख्ने प्रयास गरौँ भन्दै सांसद गोसाईले भन्नुभयो, “प्रदेश सभामा पूर्व प्राविको बारेमा आवाज उठाएपछि सरकारले केही सुविधा थप्न बाध्य भएको र विद्यालय नर्सको सुविधा पनि आफूहरूले संसद्मा उठाएपछि नै विस्तार भएको हो ।”
जहाँ कहीँ पनि सङ्ख्याभन्दा तर्क र विचार महत्वपूर्ण हुने धारणा राख्दै उहाँले सही आवाज एक जनाले मात्र बोले पनि बहुमतको गलत विचारलाई ढिलो वा चाँडो जित्ने विभिन्न उदाहरण दिनुभयो ।
एसएलसीबाट एसईर्ई हुँदा देशको शैक्षिक स्तर गिरेको अवस्थामा अब एसईई नै हटाउँदा शिक्षाको स्तर के होला चिन्ताको विषय हो भन्दै उहाँले विवेकशील शिक्षकहरू भिडको पछि लाग्दैनन् बरु भिडलाई बाटो देखाउँछन् भन्नुभयो ।
आन्दोलनरत शिक्षक र सरकारबिच भएको सम्झौता आफूलाई थाहा नभएको भनेर सभामुखले प्रतिक्रिया दिएको चर्चा गर्दै उहाँले विधेयक निश्चित प्रक्रियामा अघि बढ्छ† ठीक समयमा संशोधन प्रस्ताव राख्नुपर्छ भन्नुभयो ।
संसारभरमै प्राध्यापक, प्राज्ञ र शिक्षकको उच्च सम्मान हुन्छ भन्दै उहाँले मान खोजिनेभन्दा पनि पाइने विषय हो† शिक्षक आफ्नो मर्यादा आफ्नै कर्मले प्राप्त गर्दछ, सरकारले दिँदैमा मर्यादा पाइँदैन भन्नुभयो ।
कार्यक्रममा सङ्घका केन्द्रीय अध्यक्ष ज्ञानसागर प्रजापतिले विधेयकको दफा १५ र ३४ एकापसमा बाझिएको चर्चा गर्दै संविधानको भावनाअनुसार कक्षा १२ सम्म निःशुल्क गर्न राज्यले सम्पूर्ण आर्थिक भार बहन गर्नुपर्छ भन्नुभयो ।
पूर्व प्रावि तहलाई स्थानीय तह हुँदै श्रम ऐनअनुसार हुने भन्दै पन्छाएको चर्चा गर्दै उहाँले विधेयकमा त्यो तहका शिक्षकहरूलाई सहयोगी कार्यकर्ता भनेकोमा आपत्ति जनाउनुभयो ।
त्यस्तै विधेयकको दफा ७३ ले शिक्षकको राजनीतिक अधिकार खोसिएको, दफा ७४ ले वाक् स्वतन्त्रता हनन गरेको र दफा ७८ ले शिक्षक मानवाधिकारै हनन गरेको चर्चा गर्दै उहाँले यस्ता अप्रजातान्त्रिक प्रावधानहरू विगतमा पञ्चायतकालमा त स्वीकार गरिएन भने अहिले गणतान्त्रिक कालमा कसरी स्वीकार्न सकिन्छ भनी प्रश्न गर्नुभयो ।
कार्यक्रममा शिक्षकहरू रामसुन्दर किवानायो र कृष्णप्रसाद सुवालले पनि बोल्नुभएको थियो ।
Leave a Reply