भर्खरै :

घुसेका पुँजीवादी तत्वका कारण कम्युनिस्ट आन्दोलन बद्नाम

घुसेका पुँजीवादी तत्वका कारण कम्युनिस्ट आन्दोलन बद्नाम

मोरङ, ९ असोज । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले कम्युनिस्टको मकुन्डो लगाएर सिद्धान्तहीन गठबन्धन गरेर झूटको खेती गर्ने दलका नेताहरूलाई समयमै चिन्नुपर्ने बताउनुभएको छ ।
मकालु टेलिभिजनका सञ्चालक अभयकुमार राईसँग मङ्गलबार कुराकानी गर्दै अध्यक्ष बिजुक्छेँले पुँजीवादी तत्वहरू कम्युनिस्ट पार्टीभित्र घुसाएर कम्युनिस्ट आन्दोलनको बदनाम गराइरहेको बताउनुभयो ।
विभिन्न जातजाति र भाषाभाषीको विकासको लागि सङ्घीयता ल्याइएको चर्चा गर्दै उहाँले भन्नुभयो, “सङ्घीयताको व्यवस्था भए पनि राज्य केन्द्रमै केन्द्रित छ ।”
“प्रदेश र स्थानीय तह केन्द्रबाट सञ्चालन भएसम्म विकास गाउँ–घर नपुग्ने चर्चा गर्दै अध्यक्ष रोहितले कला र संस्कृतिको विकासलाई स्वतन्त्ररूपले छोड्नुपर्छ । भाषाको एकेडेमी बनाउनुपर्छ । निर्वाचन घोषणापत्रको लडाइँ हो† सिद्धान्त र विचारको लडाइँ हो,” उहाँले भन्नुभयो ।
जनता निराश र दिक्क मानिरहेको बेला जनताको मन भुलाउन पुँजीवादी व्यवस्थामा नयाँ चटकेहरू प्रयोग गरिरहने उहाँले बताउनुभयो ।
हाम्रा शासक नेताहरू भारत भ्रमणमा जाँदा के गुमाएर आउने हो भन्ने चिन्ता नेपाली जनतामा रहेको उल्लेख गर्दै उहाँले भारत भ्रमण गरेर सरकारले धेरै देशघाती तथा जनविरोधी सन्धि सम्झौता गरेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *