नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ वर्ष २०२२ शुभारम्भ भएको अवसरमा १ जनवरी (१७ पुस) मा जनताको नाममा एक शुभकामना सन्देश दिनुभयो । उक्त सन्देशमा चीनले सामना गर्नुपरेको कठिनाइ, चीनले गरेको प्रगति, चीनले संसारलाई गरेको सहयोग, विश्वले सामना गर्नुपरेको अप्ठयारो अवस्था, कोभिडविरुद्धको सङ्घर्ष र सफलता एवम् भावि दिशाबारेमा उल्लेख छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले, सन् २०२१ असामान्य भएको, चिकपा र चीनको इतिहासमा कोेशेढुङ्गा साबित भएको उल्लेख गर्नुभयो । उहाँले दुई शताब्दी लक्ष्यको ऐतिहासिक संयोगमा चिनियाँहरूले सबै हिसाबमा एउटा आधुनिक समाजवादी देश बनाउने नयाँ यात्रा थालनी गरेको, चिनियाँ राष्ट्रको महान् पुुनःजागरणतर्फको बाटोमा चिनियाँहरूले आत्मविश्वासपूर्ण फड्को मारेको बताउनुभयो ।
गएको वर्षको सुरुवातदेखि अन्त्यसम्म चिनियाँ जनताले खेतखलिहान, कार्यालय, समुदाय, विद्यालय, व्यारेक र अनुुुसन्धान निकायलगायत सबै क्षेत्रमा निकै मिहिनेतका साथ काम गरेको, वर्षभरि चिकपा र चिनियाँ जनताले जोडबल लगाई सक्ने सबै योगदान गरेको र त्यसको फल पनि प्राप्त गरेको उल्लेख छ । समयक्रममा चिकपाले मैत्रीपूर्ण र सम्मानित जनताको क्षमतावान र गतिशील चीन देखेको र अनुभव गरेको छ । हरेक दिन तीव्रगतिमा विकास भइरहेको छ र सबै क्षेत्रमा लगातार प्रगति गरिरहेको छ ।
जुलाई १ मा चिनियाँ जनता र चिकपाले चिकपा स्थापनाको १०० औँ दिवस भव्यताका साथ तेनआनमेनको डबलीमा मनाएर उद्बोधन (बोध या ज्ञान दिलाउने कार्य) गर्ने कार्य भयो । बितेको शताब्दीमा सबैखाले अवरोध र चुनौती सामना गर्दै अथक सङ्घर्षमा चिनियाँ कम्युनिस्ट पार्टीले लाखौँ जनताको नेतृत्व गरी गरेको यात्रा र हासिल गरेका युगान्तकारी उपलब्धिबारे त्यो डबलीमा प्रस्ट पारिएको छ ।
राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “हाम्रो महान्् लक्ष्य हासिल गर्न हाम्रो मूल्य र भावनाप्रति हामी सधैँ इमानदार रहनुपर्छ । घनिभूत र प्रतिबद्ध अध्ययनले मात्र हामीले इतिहासप्रति हाम्रो जिम्मेवारी पूरा गर्न सक्छौँ । हामी हाम्रो समयको निमित योग्य भएको पुष्टि गर्न सक्छौँ र जनताका अपेक्षा पूरा गर्न सक्छौँ ।”
सीले भन्नुभयो, “चिनियाँ कम्युनिस्ट पार्टीले बितेका एक सय वर्षमा हासिल गरेका उपलब्धि प्रेरणाका स्रोत र एक सय वर्षको अनुभव उत्साहको मुहान बन्न सक्छ ।” येनानको गुफामा अध्यक्ष माओले भन्नुभएको थियो, “कुनै ऐतिहासिक काम थाल्नुअघि आफँैभित्र फराकिलो परिवर्तन गर्नुपर्छ ।” राष्ट्रपति सीले चिनियाँ राष्ट्रको महान् पुनःजागरण हासिल गर्नु कुनै पार्कमा हिँडनुजस्तो सजिलो काम नभएको, एकैरात हुने काम पनि नभएको चर्चा गर्दै त्यो सस्तो लोकप्रियताबाट सम्भव छैन भन्नुभयो । उहाँले भन्नुभयो, “हामीले सधैँ दीर्घकालीन दृष्टिकोण बोकेर, सम्भावित खतराप्रति सावधान भएर, रणनीतिक लक्ष्य र प्रतिबद्धतामा दृढ रहेर बृहत् र महान् लक्ष्य हासिल गर्न स–साना सूक्ष्म काममा पनि ध्यान पु¥याउनुपर्छ ।” राष्ट्रपति सीले भन्नुभयो, “हाम्रो देश ठूलो भएकोले हाम्रा प्राथमिकताको सूची पनि लामै छ । सबै घर–परिवारलाई आवश्यक कुरा पकाउन हामीले धेरै कुरालाई उमाल्नुपर्ने हुन्छ । विभिन्न ठाउँमा स्थलगत भ्रमणको क्रममा मैले धेरै कुरा देखेको र सुनेको छु । धेरै कुरा मलाई प्रेरणादायी र फलदायी पनि लागेको छ । जहिल्यै म जनताको घरमा पुग्दा उनीहरूका समस्याबारे सोध्छु । म जनताले भनेको कुरा सधैँ सम्झन्छु ।” उहाँले सधैँ ध्यान दिने विषय भनेको जनताको चासो र चीनताका विषय हुन् । सधैँ उहाँले गर्ने काम तिनै जनताका चाहना पूरा गर्नु हो । आफँै ग्रामीण क्षेत्रमा काम गरेर हुर्केको हुनाले सीलाई गरिबी कस्तो हुन्छ भन्ने कुरा राम्ररी थाहा भएको चर्चा गर्दै गरिबीमा बाँचेका चिनियाँ जनताले पुस्तौँ–पुस्ता लगातार गरेको मिहिनेतको लागि सलाम गर्नुभयो । राष्ट्रपति सीले भन्नुभयो, “अब चिनियाँ जनतालाई खाने खाना र लगाउने नानाबारे चीनता लिने दिन गए, शिक्षा, आवास र स्वास्थ्य सुरक्षाको लागि चीनता लिने दिन पनि गए ।” चिकपाले चिनियाँ जनतालाई सबै हिसाबले मध्यम ढङ्गले समृद्ध समाज दिएको, चरम गरिबी उन्मूलन गरेको सिङ्गो विश्वकै लागि पनि योगदान भएको उल्लेख गर्नुभयो । उहाँले चिनियाँ जनतालाई सचेत गर्दै भन्नुभयो, “सबै चिनियाँ जनताको लागि सुखी जीवन सुनिश्चित गर्न चिनियाँ जनता र चिकपाले जे उपलब्धि हासिलगरेको छ, त्यतिमै सन्तोष मानेर बस्न नहुने, अझ लामो यात्रा गर्न बाँकी छ ।”
चिनियाँ राष्ट्रको एकताबारे राष्ट्रपति सीले भन्नुभयो, “हङकङ र मकाउको समृद्धि र स्थायित्व सधैँ मातृभूमिको हृदयमा छ । एकता र दरिलो प्रयासले मात्र हामीले दीर्घकालसम्म ‘एकदेश दुई व्यवस्था’को कार्यान्वयन सुनिश्चित गर्नसक्छौँ । ताइवान जलडमरुका दुवै किनाराका जनताको साझा भावना भनेको हाम्रो मातृभूमिको पूर्ण एकीकरण हो । हाम्रो देशको उज्यालो भविष्य सिर्जना गर्न चिनियाँ राष्ट्रका सबै छोराछोरीले यो अभियानमा होस्टेमा हाइँसे गर्नेमा म इमानदारीका साथ आशावादी छु ।”
चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “यो वर्ष हामीले धेरै अविस्मरणीय चिनियाँ आवाज, चिनियाँ सफलता र चिनियाँ कथाहरू बुन्यौँ । ‘मेरो देशलाई बलियो बनाउन पार्टीलाई आग्रह’ भन्ने चिनियाँ युवाहरूको भावना, ‘मातृभूमि जोगाउन पवित्र र शुद्ध प्रेम’ को ममतापूर्ण अभिव्यक्ति, मङ्गलग्रहमा झुरोङको अवतरण, सिहे भूउपग्रहको सूर्य परिक्रमा, तियानहे अन्तरीक्ष स्टेसनले मूल भाग ताराहरूको बिचमा यात्रा गर्नु, खेल क्षेत्रमा खेलाडीहरूले हासिल गरेका विशेष उपलब्धि, कोभिड–१९ को प्रतिरोधमा सिङ्गो देश एकढिक्का रहनु, विपद् क्षेत्रका जनता आफ्ना घर बनाउन एकसाथ उभिनु, जनमुुक्ति सेना र सशस्त्र प्रहरी, बलियो सेना निर्माण र हाम्रो देशको रक्षाको लागि समर्पित हुनु यो वर्ष हामीले सुनेका र देखेका अविस्मरणीय चिनियाँ आवाज, चिनियाँ सफलता र चिनियाँ कथा हुन् ।” असङ्ख्य नेपथ्यका नायकहरूका कडा मिहिनेत र समर्पणले नयाँ युगतिरको चिनियाँ यात्रालाई अझ थप गतिशीलता थपेको छ ।” उहाँले स्मरण गर्नुभयो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “विभिन्न देशका नेता र अन्तर्राष्ट्रिय सङ्गठनका प्रमुखहरूसँगको फोन–वार्ता र भर्चुएल बैठकहरूमा कोभिड–१९ विरुद्ध चीनको लडाइँको प्रशंसा , चीनले विश्वव्यापी कोभिड–१९ रोकथाम र नियन्त्रणमा गरेको योगदानको कदर भएको सुन्ने गरेको छु ।” आजसम्म चीनले १२० भन्दा बढी देश र अन्तर्राष्ट्रिय सङ्गठनहरूलाई २० अर्ब मात्रा कोभिड–१९ को खोप प्रदान गरिसकेको छ । एकता, ऐक्यबद्धता र सहकार्यले मात्र संसारभरका देशहरूले मानव जातिको साझा भविष्यको समुदायको नयाँ अध्याय सुरु गर्न सकिने उहाँले उल्लेख गर्नुभयो ।
ओलम्पिक र पाराओलम्पिक (माघ २१ देखि फागुन ८ सम्म/४ देखि २० फेब्रुअरी, २०२२) शीतकालीन खेलमा व्यापक जनसहभागिताले पनि ओलम्पिक अभियानलाई योगदान गर्ने उल्लेख गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभयो, “हामीले संसारसमक्ष यो महान् खेल प्रस्तुत गर्न सबै खालको प्रयास गरौँ । आज सिङ्गो संसार चीनतिर हेर्दै छ र चीन त्यसको निम्ति तयारी अवस्थामा छ ।”
अन्तरिक्षमा तीन जना चिनियाँ अन्तरीक्षयात्रीहरू काममा छन् । विदेशमा चिनियाँ देशवासीहरू निकै मिहिनेत गरिरहेका छन् । कूटनीतिक र व्यापारिक प्रयोजनका लागि विदेशमा रहेका हाम्रा जनताका साथै विदेशमा बसेर पढ्दै गरेको चिनियाँ विद्यार्थीहरूले पनि निडरताका साथ विदेशमा बसेर पढ्ने गरेका छन् । चिनियाँ असङ्ख्य स्वप्नदर्शीहरू आफ्ना असल काममा लागिरहेका छन् । उनीहरू सबैको मिहिनेतको कदर गर्दै चिनियाँ राष्ट्रपति सी चिनफिङले नयाँ वर्षको हार्दिक शुभकामना दिनुभएको छ । उहाँले भन्नुभयो, “साझा भविष्यको लागि हामी सबै मिलेर काम गरौँ । देशमा समृद्धि आओस् र हाम्रा जनता शान्ति र सद्भावका साथ बाँचुन् ।”
(यो लेख चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओ त्सेतुङको कुशल नेतृत्वमा जनवादी गणतन्त्र चीन स्थापना गरेको ७४ औँ वर्षको अवसरमा १ अक्टोबर ७४ वर्ष प्रस्तुत दर्शनमा आधारित छ ।)
Leave a Reply