भर्खरै :

भक्तपुर नपाको टोलीद्वारा बजार अनुगमन

भक्तपुर नपाको टोलीद्वारा बजार अनुगमन

भक्तपुर, १५ असोज । भक्तपुर नगरपालिका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा गएको टोलीले कमलविनायक लान्चाफल्चास्थित रहेको मिनिमार्ट र खाद्य पसल अनुगमन ग¥यो ।
अनुगमनमा सुरेश खाद्य स्टोरमा म्याद नाघेका सामानहरू इन्स्टान्ट ड्राई ईस्ट ४ वटा, पूर्णिमा भुजिया लेवल नभएको २ बोरा, रियल जुस १ लि.को १ वटा, कुरकुरे २७ पाकेट, चामल ३ बोरा, पिठो साढे १ बोरा, मसला पोका ६७ पाकेट नष्ट गरी बिग्रेको खाद्यान्न, ढुसी परेको र कीरा परेको छुट्याएर राख्न निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।
टोलीले के.एम.मार्ट प्रा.लि.मा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेवल राखी बिक्री वितरण र म्याद नाघेका सामानहरू छुट्टै राख्न निर्देशन दियो ।
कमलविनायक मिनि मार्टमा प्याकेजिङ सामानहरू खाद्य अनुज्ञापत्र लिई लेवल राखी बिक्री वितरण गर्न निर्देशन दिई म्याद नाघेका सामानहरू स्ट्रिटा बसिल ९ वटा, आटा २ केजीको २ पाकेट जफत गरी नष्ट गरियो ।
अनुगमन समितिका सदस्यहरूमा कार्यपालिका सदस्य श्यामकृष्ण खत्री, राशनमैयाँ सुवाल, रीता फसिकवा, ज्ञानबहादुर मानन्धर, भनपा स्यानिटेसनका नगर निरीक्षक दिलिपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, भनपा कर उपशाखाका मोहनदेवी ब्याञ्जु, जिल्ला प्रशासन कार्यालयका यादवप्रसाद मिश्र, महानगरीय प्रहरी परिसरका प्रहरी विकास श्रेष्ठ, उद्योग वाणिज्य सङ्घका विश्वराम दुवाल, भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका सुमित्रा श्रेष्ठ, भक्तपुर घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायना, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापालगायतका प्रतिनिधिहरू सहभागी हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *