भर्खरै :

नगरकोटको सार्वजनिक यातायात कहिले सुध्रिने ?

नगरकोटको सार्वजनिक यातायात कहिले सुध्रिने ?

नगरकोटवासीले यातायातको समस्याले गर्दा धेरै कठिनाइ भोग्नु परिरहेको छ । नगरकोट पर्यटकीय क्षेत्र हो । नगरकोटमा स्वदेशी तथा विदेशी पर्यटकहरू डाँडाकाँडा तथा मनोरम दृश्यहरू हेर्न आउने गर्दछन् । विभिन्न ठाउँबाट विद्यार्थीहरू पनि घुम्नको लागि आउँछन् । नगरकोटमा सार्वजनिक यातायातको समस्याले गर्दा मानिसहरूमा कठिनाइ भएको पाइन्छ । बसको सुविधा त छ तर बस सुविधायुक्त हुन सकिएको छैन । यहाँका मानिसहरू पढ्न र काम गर्नको लागि टाढा टाढासम्म पुग्छन् । कोही मानिसहरू काठमाडौँसम्म पनि जान्छन् । तर, बस समयमा गुड्दैन । यहाँका मानिसहरू गाडी नपाउने हुनाले घण्टौँ अगाडि बसपार्कमा आएर कुरिरहनुपर्ने बताउँछन् । स्थानीय बासिन्दाहरूले यस क्षेत्रका मानिसहरू कहीँकतै जानुपरेको अवस्थामा समत्न्दा नै अगाडि आई बस कुरिरहनुपर्ने अप्ठ्यारो रहेको बताए । कहिलेकाहीँ घण्टौँ कुरे पनि बस आउँदैन । यहाँका बासिन्दाहरू बस समयमा नै नआउला कि भनेर अगाडि नै निस्कनुपर्ने बताउँछन् ।
विद्यालय जानुपर्ने विद्यार्थीहरू गाडी समयमा नआउनाले कहिलेकाहीँ विद्यालय नगई घर फर्केको पनि पाइयो । निजी सवारी साधन भएका मानिसहरू त समय अनुकूल यात्रा गर्न सक्छन् । तर, निजी साधन नहुने मानिसहरूको लागि धेरै गा¥हो हुन्छ । विद्यालय तथा काम गर्न भनी निस्केका मानिसहरू घण्टौँसम्म कुर्दाकुर्दै बस नआएपछि घर फर्कन बाध्य भएको बताउँछन् । यस क्षेत्रका मानिसहरूले नियमित सार्वजनिक सुविधाको लागि व्यवस्था गर्न अनुरोध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *