नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
जनवरीमा अमेरिकी वायुसेनाका माइक मिनिहानले आफू मातहतका अफिसरहरूलाई एउटा मेमो (सन्देश) पठाए । अबको दुई वर्षमा संरा अमेरिका र चीनबिच युद्ध हुने हुनाले मिनिहानको सन्देश थियो, “मेरो दाबी गलत भएको राम्रो तर मेरो अन्तरमन भन्छ, सन् २०२५ मा हामी युद्धमा हुनेछौँ ।”
सन् २०२४ को निर्वाचनमा राष्ट्रपति जो बाइडेन वा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पुनः संरा अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भए मिनिहानको आकलन सही सिद्ध हुनेछ । तर, रोबर्ट केनेडी जुनियर अमेरिकाको राष्ट्रपति पदमा निर्वाचित भए मिनिहानको आशङ्का असत्य साबित हुनेछ ।
केनेडी चीनसँगको युद्ध टार्न चाहन्छन् किनभने त्यो युद्ध अमेरिका र चीन दुवैको लागि आत्मघाती हुने उनको धारणा छ । गत जुलाईमा केनेडीले ट्वीट गरे, “चिनियाँ नेतृत्व हामीसँग सैन्य मुठभेड गर्ने पक्षमा नरहेको सङ्केत देखिएको छ र हामीले पनि त्यस्तो मुठभेड चाहनुहुँदैन ।” एक साताअघि ‘बोस्टन हेराल्ड’ ले केनेडीबारे एउटा समाचार प्रकाशित ग¥यो । केनेडीले चीनलाई भड्काउने गतिविधि गरेकोमा संरा अमेरिकाको आलोचना गरे । दक्षिण चीन सागरमा अमेरिकी सैन्य अखडा बनाउनु गलत हुने उनले बताए ।

रोबर्ट केन्नेडी जुनियर
बाइडेन सरकार र रिपब्लिकन पार्टी नेतृत्वबाट आइरहेको हुङ्कारभन्दा केनेडीको वक्तव्य एकदम फरक छ । बाइडेन सरकार र उनको रिपब्लिकन पार्टी नेतृत्वबाट आइरहने उन्मादी भनाइले नियमित युद्ध अभ्यास गर्ने वायुसेनाका जर्नेलहरूले पनि कान ठाडा पार्दै आएका छन् ।
चीन सैन्य मुठभेड चाहन्न भन्ने केनेडीको भनाइ सो¥है आना सत्य हो । चिनियाँ राष्ट्रपति सी चिनफिङले सार्वजनिकरूपमै ‘विन—विन’ साझेदारीको पक्ष लिएका छन् । उनले संरा अमेरिका र चीनले यही रणनीतिमा रहेर सँगै काम गर्न सक्ने र मिलेरै आआफ्ना राष्ट्रिय हित अघि बढाउनुपर्ने विचार राख्दै आएका छन् ।
सेप्टेम्बर १७ मा संयुक्त सैन्य मुख्यालयका अध्यक्षले यो वर्ष आरम्भमा उछालिएको चिनियाँ जासुसी बेलुनको घटना निराधार रहेको बताए । त्यो घटनाका कारण संरा अमेरिका—चीन सम्बन्धमा ठूलो फाटो आएको थियो । चीनविरुद्ध लगाइने अन्य धेरै आरोप र दाबीहरू पनि त झूटा वा राजनीतिक मसला भरिएका हुने गरेका छन् । ‘द ग्रोभजोन’ पत्रिकाले चीनले उइगुर क्षेत्रमा जातीय सफाया गरेको दाबी पनि त्यस्तै झूट थियो ।
चीनले दक्षिण चीन सागरमा सेनकाकु, स्प्राट्ली र पारासेल्स टापुमा नियन्त्रण जमाउनु चीनको आक्रामक रवैया हो भन्ने अमेरिकी आरोपमा निराधार छ । सेनकाकु क्षेत्रका टापुहरू सन् १८९४—९५ को चीन—जापान युद्धमा जापानले चीनबाट खोसेको थियो ।
बाइडेन सरकारले दक्षिण चीन सागरमा युद्धक जलबेडा पठाएर र ताइवान जलडमरुमाथि जासुसी विमान पठाएर चीनलाई शत्रु बनाइरहेको छ । जब कि समुद्री किनारसम्बन्धी राष्ट्रसङ्घको समझदारीअनुसार ताइवान जलसंयोगीमाथि चीनको कानुन लाग्छ ।

जो बाइडेन
विलियम बन्र्स अमेरिकी गुप्तचर निकाय सिआइए प्रमुख हुन् । उनी गुप्तचर निकाय हाँक्ने पहिलो कूटनीतिज्ञ हुन् र हालै बाइडेन सरकारले उनलाई मन्त्रिपरिषद्मा ल्याएको छ । ‘न्युयोर्क टाइम्स’ का अनुसार बन्र्सले चीनलाई लक्षित गरी चौपट्टै महँगो कारबाही सञ्चालन गरेका छन् । दुई वर्षअघि बन्र्सले चीन मिसन केन्द्र स्थापना गरे । त्यसयता उनले धेरै चीनविद्लाई नियुक्त गरेका छन् । उनले चीनसँग सम्बन्धित गुप्तचरीमा खर्च बढाएका छन् । चिनियाँ समुद्री किनारमा जासुसी विमानहरू उडाउनेजस्ता कार्यहरू गरी चीनबारे धेरैभन्दा धेरै सूचना सङ्कलन गर्ने र प्रतिगुप्तचरी गराउने कार्यमा उनले वृद्धि गरेका छन् ।
बाइडेन सरकारले ताइवानलाई चीनको अभिन्न अङ्ग मान्ने परम्परागत ‘एक चीन नीति’ बाट बाहिरिने सङ्केत गरेको छ । हतियार किनबेच बढाउनु र ताइवानको पृथकतावादी आन्दोलनलाई भित्रभित्र सघाउनुले त्यही कुराको सङ्केत गरेको ‘ग्लोबल टाइम्स’ मा उल्लेख छ ।
अमेरिकी सरकारका एक अधिकारीले सन् २०२३ मा ताइवानलाई ३ अर्ब डलर बराबरको सैन्य सहयोग गरेर अमेरिकाले ताइवानलाई ‘दुम्सी’ मा परिणत गर्ने रणनीति लिएको बताए । ताइवानमा जताततै हतियार चम्काउनु र अन्य अमेरिकी सहयोगले ताइवानलाई ‘हमला गर्नै नसकिने तुल्याउनु’ अमेरिकी नीति रहेको उनले बताए ।
रोबर्ट केनेडी यो नीतिको विपक्षमा छन् । संरा अमेरिका ‘सैन्य हिसाबले पछि हटाउनुपर्ने’ र ‘चीन र ताइवानमाथिको दबाब हटाएर तिनलाई आफ्नो समस्या आफैँ हल गर्न दिनुपर्ने’ उनको स्पष्ट विचार छ । साथै केनेडीले संरा अमेरिका र चीनलाई कूटनीतिक वार्ता गर्न आह्वान गरेका छन् । ‘हामी शान्तिपूर्वक सँगै काम गर्न सक्छौँ र विश्वलाई सहज पार्न सक्छौँ भनी उपाय निकाल्न’ त्यस्तो वार्ता महत्वपूर्ण हुने उनको राय छ ।
डेमोक्रेटिक र रिपब्लिकन पार्टी दुवैलाई अमेरिकाको सैन्य उद्योगको जालोले भ्रष्ट तुल्याइसकेको छ । केनेडीको विचारसँग यी दुवै सहमत हुन सक्दैनन् । ६० वर्षअघि ड्वाइट आइजनहावरले आफ्नो बिदाइ मन्तव्यमा यो जालोबारे कुरा खोलेका थिए । उनले सैन्य उद्योगको जालोले अमेरिकी विदेश नीतिलाई नै मुट्ठीमा पार्नसक्ने खतरातिर सङ्केत गरेका थिए । त्यो आइजनहावरको जीवनकै सबैभन्दा विवादास्पद मन्तव्य बनेको थियो । उनका मन्तव्य लेखकहरू म्याल्कम रुस र राल्फ विलियम्सले खासमा ‘सैनिक—उद्योग र संसदको जालो’ भनी लेखेका थिए । त्यो बढी कडा हुने देखेर आइजनहावरले त्यसलाई ‘सैन्य उद्योग जालो’ मा झारेका थिए ।

डोनाल्ड ट्रम्प
सन् २०२० को निर्वाचनताका भर्जिनियाका नर्थरोप ग्रुमान कम्पनीले पेन्टागनबाट ताइवानमा भलक्यानो ट्याङ्कप्रतिरोधी हतियार राख्न १८ करोड डलर बराबरको ठेक्का पाएको थियो । त्यसको बदलामा सो कम्पनीले जो बाइडेनलाई निर्वाचन लड्न ४ लाख १९ हजार १५६ डलर र संसदीय प्रतिस्पर्धामा डेमोक्रेटिक राष्ट्रिय समितिलाई ४,९२,००३ डलर चन्दा दिएको थियो ।
सन् २०२० मा जनरल डाइनामिक्स कम्पनीले जो बाइडेनलाई २,३७,२७८ डलर र डेमोक्रेटिक राष्ट्रिय समितिलाई २,२४,८०९ डलर चन्दा दिएको थियो । त्यसको बदलामा उसले ताइवानमा एफ—१६ युद्धविमान पठाएर ठूलो नाफा कुम्ल्याएको थियो ।
सोही निर्वाचनमा रेथियन कम्पनीले जो बाइडेनलाई ५,०६,४२४ डलर चन्दा दिएको थियो । बाइडेन राष्ट्रपति बनेको केवल तीन महिनापछि सो कम्पनीलाई पेन्टागनले २ अर्ब डलर बराबरको ठेक्का दिएर पुरस्कृत गरेको थियो । त्यसयता रेथियनले ताइवानलाई साइडविन्डर र हार्म क्षेप्यास्त्र बेचिसकेको छ । त्यस्तै उसले ताइवानको मिसाइलप्रतिरोधी प्रणाली व्यवस्थापन गर्न १० करोड अमेरिकी डलर बराबरको सम्झौतामा सहमति जनाइसकेको छ । यसले गर्दा चीनले उक्त कम्पनीमाथि आर्थिक प्रतिबन्ध लगाएको छ ।
बाइडेनले सन् २०२४ को आर्थिक वर्षका लागि ८४२ अर्बको रक्षा बजेट छुट्याएको छ । त्यसमध्ये ‘प्रशान्त रोकथाम अगुवाइ’ मा मात्र ९.१ अर्ब डलरको बजेट छ । त्यसको उद्देश्य सो क्षेत्रमा संरा अमेरिकी सेनाको पूर्वाधार र तयारी बढाउनु तथा ‘हिन्द–प्रशान्त क्षेत्रमा संरा अमेरिकाका सहयोगी र साझेदारहरूको क्षमता एवम् योग्यता बढाउनु हो’ । यी सहयोगी र साझेदारमा फिलिपिन्स, दक्षिण कोरिया, भारत र ओकिनावा, जापान पर्छन् । तिनलाई चीनविरुद्ध सैन्य छाउनीमा परिणत गरिएको छ ।
अहिलेसम्म ‘प्रशान्त रोकथाम अगुवाइ’ बाट सबैभन्दा ठूलो लाभ लिनेहरूमा माथि भनिएका हतियार कम्पनीहरू पर्छन् । यसबाट वालस्ट्रीटका लगानीकर्ताहरूले पनि ठूलै लाभ लिइरहेका छन् किनभने तिनै लगानीले ती कम्पनी चल्छन् । यसै सिलसिलामा उनीहरूले डेमोक्रेटिक राष्ट्रिय समितिलाई ठूलो चन्दा दिँदै छन् ।

ती लगानीकर्तामध्ये एउटा भेरिटास क्यापिटल हो । रेथियन, नर्थरोप ग्रुमान र लकहीड मार्टिन कम्पनीमा उसको हिस्सेदारी छ । त्यसैले सन् २०२० मा उसले डेमोक्रेटिक पार्टीका उम्मेदवारलाई ९७,४७९ डलर चन्दा दिएको थियो ।
अर्को लगानीकर्ता रेनेसन्स क्यापिटल हो । सन् २०२० को निर्वाचनताका त्यसले ‘आरटिएक्स’ को १२ लाख सेयर साढे ७ लाख डलरमा खरिद ग¥यो । ‘आरटिएक्स’ रेथियन कम्पनीको अभिभावक कम्पनी हो । त्यसैगरी, उसले लकहीड मार्टिनको १ लाख ३० हजार सेयर ५ करोड अमेरिकी डलरमा खरिद ग¥यो । रेनेसन्स फर्मका संस्थापक जिम सिमोन्स हुन् । उनी पहिले मिट विश्वविद्यालयमा गणितका प्रोफेसर थिए । उनी भियतनाम युद्धका विरोधी थिए । त्यसैले सन् १९६० को दशकमा उनले सेनासँग सम्बन्धित विज्ञ समूहबाट उनले राजीनामा दिएका थिए । सन् २०२० को जिम सिमोन्सको फर्मले बाइडेनको चुनावी प्रचारको लागि ७० लाख डलर र डेमोक्रेटिक राष्ट्रिय समितिलाई सन् २०१८ मा २ करोड १८ लाख डलर चन्दा दिएको थियो ।
यी नाफाखोरहरूमध्ये सबैभन्दा कुख्यात फर्म ब्ल्याकरक हो । रेथियनमा उसको ६.९ प्रतिशत, जनरल डाइनामिक्समा ५ प्रतिशत र लकहीड मार्टिनमा ६.८ प्रतिशत र नर्थरोप ग्रुमानमा ६.३ प्रतिशत लगानी छ । ‘प्रशान्त रोकथाम अगुवाइ’ बाट धेरै लाभ लिने अर्को फर्म ब्ल्याकरक हो । सन् २०२२ को मध्यावधि निर्वाचनमा ब्ल्याकरकले रिपब्लिकन पार्टीका उम्मेदवारलाई ४,१०,६७५ डलर र डेमोक्रेटिक उम्मेदवारलाई ६,०६,३६६ डलर चन्दा दिएको थियो । चीनविरोधी कट्टर नेता चक शुमरलाई सो फर्मले १,१३,९५० डलर चन्दा दिएको थियो ।
हतियार उद्योगलाई मुट्ठीभर कर्पोरेसनहरूले कसरी अँठ्याएका छन् भन्ने कुरा थाहा पाउन एउटा तथ्य हेरौँ । सन् २०२१ मा भेरिटास क्यापिटल फर्मले फेडरल आइटी र नर्थरोप ग्रुमान कम्पनीको एउटा सहयोगीलाई किनेको थियो ।
संरा अमेरिकाले युक्रेनमा लगातार अर्बौँ–अर्ब डलरको हतियार पठाइरहेको छ । यसलाई रोबर्ट केनेडीले ‘कालो धन चोख्याउने खेल’ भनेका छन् । करदाताहरूको खल्तीबाट धन लिएर त्यसलाई बोइङ, रेथियन र लकहीड–मार्टिनजस्ता कम्पनीहरूको हातमा दिएको उनले बताए । यी कम्पनीहरू ‘ब्ल्याकरक, स्टेट स्ट्रीट र भेनगार्ड’ का लगानीकर्ताको हातमा छन् ।
यो भनाइ दक्षिणपूर्वी एसियाको अमेरिकी सेनाको विषयमा पनि उत्तिकै सत्य ठहरिन आउँछ । त्यसैले राष्ट्रपतिको रूपमा रोबर्ट केनेडीले यो खेल बन्द गर्नेछन् । केनेडी चीनसँग आर्थिक मैदानमा मात्र अमेरिकाले प्रतिस्पर्धा गर्नुपर्ने विचारका पक्षपाती र प्रवद्र्धक हुन् । तर, उनले ‘अमेरिकी जनताको आवश्यकता पूरा गर्नुपर्ने’ कुरामा पनि जोड दिएका छन् । ‘युद्धमा खर्च गर्नुभन्दा, समुद्रपारका अभियानहरूमा खर्च गर्नुभन्दा स्वास्थ्य, शिक्षा, आवास वा आवासहीनताविरुद्ध लड्नुपर्नेमा उनको जोड छ ।
डेमोक्रेटिक राष्ट्रिय समितिलाई आफ्नो इसारामा नचाउने वालस्ट्रीटका कुलीन र हतियार उत्पादक कम्पनीहरू रोबर्ट केनेडीका यी शब्द सुन्न चाहन्नन् । तर, रुससँगको युद्धजस्तै चीनसँगको युद्ध आफ्नो देशको हितमा नभएको कुरा बुझेका सबै अमेरिकी पार्टीका करोडौँ मतदाताको भावनासँग केनेडीको सन्देश मेल खान्छ ।
स्रोत : ग्लोबल रिसर्च
अनुवाद : सम्यक
Leave a Reply