भर्खरै :

सार्वभौमिकता रक्षाको लागि खेलकुद

भक्तपुर, १३ कार्तिक । कार्तिक ९ गतेदेखि सुरु भएको भक्तपुर नगरपालिकाद्वारा आयोजित नगरस्तरीय अन्तर विद्यालय खेलकुद प्रतियोगिताको पुरस्कार वितरण समारोह सोमबार सहिद स्मृति खेलमैदानमा सम्पन्न भयो । कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवं भक्तपुर नगरपालिकाका पूर्वप्रमुख प्रेम सुवालले देशको सावभौमिकता रक्षाको लागि खेलाडीहरु जागरुक हुनुपर्ने बताउ“दै खेलबाट मित्रता, स्वास्थ्य र अनुशासन विकास हुने बताउनुभयो । भक्तपुरलाई शैक्षिकमा मात्र नभई अब खेलकुदका साथै स्वास्थ जनशक्तिको गन्तव्य स्थल बनाउनुपर्नेमा उहा“ले जोड दिनुभयो ।
‘राणाशासन तथा पञ्चायतकालमा जनताले पढ्न पाएनन् । गणतन्त्र स्थापना भएको १५ वर्ष हु“दा पनि गरिबका छोराछोरीहरुले पढ्न नपाउनु सबै सरकारमा गएका शासक दलहरुको षड्यन्त्र हो ।’ सचिव सुवालले बताउनुभयो । उहा“ले ख्वप विश्वविद्यालय स्थापना गर्ने भक्तपुरका जनताको चाहना शासक दलहरुका संकीर्णताका कारण बिस्तार भइरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले खेलकै माध्यमबाट विद्यार्थीहरुलाई अनुशासित बनाउन खेलकुद प्रतियोगिता आयोजना गरिएको बताउनुभयो । त्यस्तै पनया“ पुस्तालाई खेलमा अगाडि बढाउन तालिमहरु पनि दिनुपर्ने उहा“ले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई नमुना नगर बनाउन खेलमा हौसला दिएजस्तै सफाई अभियानमा पनि जनसहभागिता रहने विश्वास व्यक्त गर्नुभयो । उहा“ले विद्यँर्थीहरुलाई विज्ञान प्रविधिको क्षेत्रमा पनि प्रगतिका लागि मिहिनेत गर्न सल्लाह दिनुभयो ।
भक्तपुर नपा, युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपाका सचिव प्रेम सुवाल, नगर प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी र वडा अध्यक्षहरुले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गर्नुभएको थियो । साथै कार्यक्रममा वडाअध्यक्ष कुमार चवाल र उकेश कवांले पनि बोल्नुभएको थियो भने सहभागी विद्यालयहरुलाई ९ हजार बराबरको खेलकुद सामाग्रीहरु हस्तान्तरण गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *