अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
(२३ भदौ २०७४ अर्थात ८ सेप्टेम्बर सन् २०१७ को दिन चीनको येनानस्थित चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय प्रशिक्षण विभागअन्तर्गत चिनियाँ कार्यकारी नेतृत्व प्रतिष्ठान येनान(सिले) को आयोजनामा महान अक्टोबर समाजवादी क्रान्तिको शतवार्षिकीको अवसरमा आयोजित ‘अक्टोबर क्रान्ति पछि माक्र्सवादी पार्टी निर्माणको अनुभव’ विषयक एक दिने अन्तर्राष्ट्रिय सेमिनारमा नेपाल मजदुर किसान पार्टीको तर्फबाट प्रस्तुत कार्यपत्र)
पेरिस कम्युनको विजय र पराजयको अनुभवले रुसी अक्टुबर क्रान्तिको सफलतामा व्यवहारिक योगदान ग¥यो र पेरिस कम्युनको असफलताका कारणहरूबाट अक्टुबर क्रान्तिमा त्यस्ता कमी–कमजोरीहरूमा न्युनीकरण देखियो । त्यसको प्रभाव युरोप र एसियामा समेत प¥यो । दोस्रो विश्वयुद्धपछि अक्टुबर क्रान्तिको प्रभाव एसिया र अफ्रिकाका उपनिवेशहरूका स्वतन्त्रता र मुक्ति युद्धले वैचारिक र भौतिक ऊर्जा प्राप्त भयो ।
अक्टोबर क्रान्ति कामदार वर्गको पहिलो राज्य व्यवस्थाको रुपमा देखियो । करोडौं करोड कामदार जनता एकबद्ध भई सोभियत सत्तालाई जोगाउन र विकास गर्न लामबद्ध भए । समाजवादले कामदार वर्गको कामको अधिकारको सुनिश्चितता, मजदुरहरूलाई कामबाट निकाल्न नपाउने अधिकार, ८ घण्टा कामको दिन, शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति, पूर्व प्राथमिक शिक्षा, माध्यमिक र उच्च शिक्षासम्म निःशुल्क शिक्षाको अधिकार, निःशुल्क स्वास्थ्य सेवा र स्वास्थ्य निवासको व्यवस्था, आवासको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, जनताको जीवनबारे स्वतन्त्र अभिव्यक्तिको अधिकार, पक्षपात र भेदभावको विरोधको अधिकार र महिला तथा बालबालिकाहरूको अधिकारहरूलाई समेत सुनिश्चित गर्यो ।
पुरुष कामदार र महिला कामदारहरूको बन्दोबस्तको कारण युरोपका कामदार वर्गमा ठूलो प्रभाव पा¥यो र त्यहाँका मजदुर संगठन र आन्दोलनमा सकारात्मक प्रभाव प¥यो । युरोपेली संसदीय निर्वाचनमा समेत कम्युनिष्ट पार्टी र मजदुर प्रतिनिधिहरूको संख्या बढ्यो ।
सोभियत संघले मजदुरहरूलाई दिएको सहुलियतको कारण पूँजीवादी देशहरूले पनि मजदुरहरूलाई समेत ८ घण्टाको काम र अन्य सहुलियतहरू दिन बाध्य भए ।
सोभियत संघको आर्थिक प्रगति
युरोपको सबभन्दा पिछडिएको रुसलाई अक्टोबर क्रान्तिको २५ वर्षभित्र उद्योग, कृषि र प्रविधिको हिसाबले संसारको दोस्रो अर्थतन्त्रको रुपमा उभ्याइयो ।
अक्टोबर क्रान्तिको प्रभावले चीन, भारत, इन्डोनेसिया, कोरिया र भियतनामजस्ता एसियाका विभिन्न देशमा कम्युनिष्ट पार्टीहरूको स्थापना गर्नमा योगदान ग¥यो र दक्षिण–पूर्वी एसियाका धेरै मुलुकहरूका लडाकू कम्युनिष्ट पार्टीहरूको रुपमा देखा प¥यो ।
दोस्रो विश्वयुद्धमा सोभियत संघको विजयसँगसँगै एसियामा चीन, कोरिया र भियतनाममा समाजवादको स्थापना भयो भने मंगोलिया, कम्बोडिया र लावसजस्ता देशहरूमा समेत त्यसको सशक्त प्रभाव देखियो । युरोपमा पूर्वी जर्मनी, पोल्याण्ड, रोमानिया, चेकोस्लोभानिया, हंगेरी, बुल्गेरिया, युगोस्लाभिया, अलबानियामा समाजवादी व्यवस्थाको जग बस्यो । १९६० को दशकमा ल्याटिन अमेरिकामा क्युवा एक समाजवादी देशको रुपमा उदय भयो ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनका सैद्धान्तिक मतभेद र परिणाम
खु्रश्चेभको नेतृत्वमा सोभियत कम्युनिष्ट पार्टीले ‘साम्राज्यवादको चरित्र फेरिसकेको’, ‘शान्तिपूर्ण संघर्षले पनि समाजवादको विजय हुने’ र ‘सशस्त्र संघर्षले ताप पारमाणविक युद्धको सम्भावना’ को प्रचार गर्यो ।
सन् १९५७ को कम्युनिष्ट देशहरूको मस्को बैठकमा देखिएको सैद्धान्तिक मतभेद र १९६० को संसारका कम्युनिष्ट र मजदुर पार्टीहरूको बैठकमा देखिएको मिल्नै नसकिने सैद्धान्तिक भिन्नता र फुटको स्थितिले कम्युनिष्ट र समाजवादी शिविरमा छिन्नभिन्न भयो । साम्राज्यवादी शक्तिहरूले विश्व कम्युनिष्ट आन्दोलनमा सबै प्रकारका कुटीलताको बीऊ छर्दै गए । संशोधनवादीहरू साम्राज्यवादीहरूको आणविक धम्कीको अगाडि झुक्दै जानु र आफ्ना मित्रहरूलाई समेत शत्रु सम्झनु र शत्रुहरूलाई मित्र सम्झँदा जानाले संशोधनवादीहरू नाटोको अगाडि आत्मसमर्पणको स्थितिमा पुगे । खु्रश्चेभदेखि गोर्भाचोभसम्म पुग्दा समाजवादको ठाउँमा पूँजीवादको पुनःस्थापना गरियो, सोभियत कम्युनिष्ट पार्टी विघटन गरियो र सोभियत संघ विभिन्न गणतन्त्रहरूमा विश्रृङ्खलित भए । यसरी अक्टुबर क्रान्ति, समाजवाद र सोभियत संघले अस्थायी पराजय भोग्यो ।
सोभियत संघको पतनपछि अन्य पूर्वी युरोपेली समाजवादी देशहरूमा एक एक गरेर पूँजीवादको पुनःस्थापना भयो र यसको सिलसिला मंगोलियासम्म पुग्यो ।
सोभियत संघको विघटनपछि
सोभियत संघको विघटनपछि चिनियाँ कम्युनिष्ट पार्टीले सोभियत संघ र अन्य समाजवादी देशहरूको नकारात्मक शिक्षा लिएर चिनियाँ शैलीको समाजवादमा अघि बढ्यो । प्रजग कोरियाले जुच्छे विचारधारामा आधारित समाजवादको झण्डालाई माथि उठायो र क्युवाले ल्याटिन अमेरिकी परिस्थितिअनुसार समाजवादी अनुभवलाई अगाडि बढाउँदै गयो । भियतनाम, लावस र कम्बोडिया पनि आ–आफ्नै ढंगले अघि बढ्दै गएको देखियो ।
नेपाली ‘माओवादी’ पार्टी भारतीय विस्तारवादको ‘ट्रोजन हर्स’ सावित भयो । राष्ट्र र राष्ट्रियताको नारामा अगाडि बढेको नेकपा (एमाले) नाटो देशका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा अगाडि बढ्दै छ । ‘नेका’, ‘माओवादी’, ‘मधेसवादी’ र अन्य दलहरूसमेत अनेकौं विदेशी प्रतिक्रियावादीहरूको सहयोगमा नेपालमा राजनैतिक दबुलीमा छन् ।
सोभियत कम्युनिष्ट पार्टीको संशोधनवादी नीतिको विरोधमा चिनियाँ कम्युनिष्ट पार्टी र अन्य क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूको संघर्ष नगरेको खण्डमा अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनले अझ धेरै ठूलो क्षति भोग्नुपर्ने थियो ।
सोभियत संघको कारण सोभियत कम्युनिष्ट पार्टीको प्रभाव युरोपेली कम्युनिष्ट पार्टीहरू, एसिया, अफ्रिका र केही ल्याटिन अमेरिकी देशहरूमा समेत परेको कारण संशोधनवाद विरोधी संघर्षले तत्काल प्रभाव देखाउन सकेन ।
चिनियाँ कम्युनिष्ट पार्टी र विभिन्न देशका क्रान्तिकारी पार्टीहरूको संशोधनवादी संघर्षको कारण युरोप, एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशका कम्युनिष्ट पार्टीहरूमा विद्रोह भयो र संशोधनवादी पार्टीहरू विस्तारै निस्तेज भए र इतिहासको दबुलीबाट बिलाउँदै गए ।
भारतीय कम्युनिष्ट पार्टीको डाँगे गुटको विरोधमा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले विद्रोह गर्यो भने नेपालका संशोधनवादी डा. माझी गुटकै विरोधमा पनि वामपन्थी कम्युनिष्ट सदस्यहरूले विद्रोह गरे तथा संशोधनवादी डा. माझी गुट नेपालको रंगमञ्चबाट बिलायो ।
अमेरिकी साम्राज्यवाद, रुसी संशोधनवाद र भारतीय विस्तारवादको प्रभावले नेपालको वामपन्थी कम्युनिष्टबीचको एकता हुनसकेन र अनेक गुट उपगुटमा विभाजित भयो ।
नेपालको कम्युनिष्ट आन्दोलनको बिश्रृंखलता
नेपालको ‘माओवादी’ पार्टी भारतीय विस्तारवादको संरक्षणमा भारतमै जन्म्यो र भारतमै हुक्र्यो । ‘जनयुद्ध’ को नाममा नेपालमा १० वर्षे गृहयुद्धले देशमा राजनैतिक अस्थिरता बढायो र भारतीय विस्तारवादको प्रभाव बढ्दै गयो । नेपाली ‘माओवादी’ पार्टी भारतीय विस्तारवादको ‘ट्रोजन हर्स’ सावित भयो ।
राष्ट्र र राष्ट्रियताको नारामा अगाडि बढेको नेकपा (एमाले) नाटो देशका अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको सहयोगमा अगाडि बढ्दै छ । ‘नेका’, ‘माओवादी’, ‘मधेसवादी’ र अन्य दलहरूसमेत अनेकौं विदेशी प्रतिक्रियावादीहरूको सहयोगमा नेपालमा राजनैतिक दबुलीमा छन् ।
नेमकिपा आफ्नो स्थापनाकालदेखि नै रुसी संशोधनवाद, भारतीय विस्तारवाद र पश्चिमेली साम्राज्यवादको नेपालमाथिको राजनैतिक थिचोमिचो र हस्तक्षेपलाई उदांग्याउँदै र विरोधमा संघर्षरत रह्यो ।
जिल्ला–जिल्लाका किसान, मजदुर, युवा– विद्यार्थी र बुद्धिजीवीहरूको माझमा नेमकिपा माक्र्सवादी दृष्टिकोणबाट संगठनलाई अगाडि बढाउँदै छ । जनताको बीचमा संगठनलाई पु¥याउन संसदीय र स्थानीय निर्वाचनहरूलाई उपयोग गर्ने, सहकारी संस्थाहरू, कलेज र विद्यालय तथा अन्य पेशागत समाजमा पनि कार्यरत छ । नेमकिपाका पत्र–पत्रिका र अनेक प्रकाशनहरूको अन्तरक्रिया र अध्ययन गोष्ठीहरूमार्फत् संगठन द्रुतत्तर रुपमा अगाडि बढ्दै छ । संविधानसभा र संसदमार्फत् पनि कामदार जनताको हितमा र पूँजीवादको विरोधमा समाजवादउन्मुख समाजको आवश्यकता र अपरिहार्यताबारे नेपालको राजनैतिक दबुलीमा सशक्त रुपमा संघर्षरत छ ।
युरोपमा मजदुर र कम्युनिष्ट आन्दोलन अगाडि बढ्दा पूँजीवादी सरकारहरूले त्यस आन्दोलनलाई दबाउन पूँजीवादी युद्धलाई चर्काएर ‘अन्ध राष्ट्रवाद’ र ‘संकीर्ण राष्ट्रवाद’ को नारामा सर्वहारा अन्तर्राष्ट्रियवाद र विश्व समाजवादी आन्दोलनलाई दबाउने कुटील चाल चल्दै गए । पेरिस कम्युनमाथि विस्मार्कको आक्रमण एक उदाहरण हो भने दोस्रो युद्धमा फासीवादी र नाजीवादीहरूको सोभियत संघमाथिको आक्रमण अर्कोे उदाहरण हो । भारतमा बढ्दै गएको मजदुर र किसान आन्दोलन एवम् कम्युनिष्ट प्रभावलाई दबाउन साम्राज्यवादीहरूकै षड्यन्त्रअनुसार १९६२ मा चीनमाथि भारतको आक्रमण अर्को उदाहरण हो ।
अक्टोबर क्रान्तिको १०० वर्षपछि अनेक कम्युनिष्ट पार्टी बिलाए र कति कम्युनिष्ट नेताहरू पनि बिलाए । तर कामदार जनताको सेवा गर्ने र क्रान्तिकारी सिद्धान्तमा अटल रहने नेताहरू र पार्टीहरू विविध संगठनको नाममा आज पनि सक्रिय छन् । तर ‘कम्युनिष्ट’, ‘माक्र्सवादी–लेनिनवादी’, ‘माओवादी’ पार्टीको नामका कति राजनैतिक दलहरू सारमा पूँजीवादी दलहरू सावित भए । तिनीहरूले निर्वाचनमा जनतालाई ढाँट्दै, पश्चिमी नाटो देशका रकममा चल्ने गैरसरकारी संस्थाहरूको सहयोगमा केहीले भारतीय विस्तारवाद र एकाधिकारी पूँजीको भरमा सत्तामा पुगेर पूँजीवादी सरकार चलाउँछन् । भ्रष्टाचार, जातिवाद र व्यक्तिवाद नै ती पार्टीको चिन्ह हो ।
माक्र्सवादी संगठनको निर्माणमा नेमकिपा
भारतमा बुद्ध धर्मको प्रचारलाई रोक्न कट्टर हिन्दुवादीहरूले गुण्डा र फटाहालाई चिवर वस्त्र लगाउन दिएर भिक्षा माग्न पठाउँथे । त्यस भिक्षालाई भट्टीमा जाँड र रक्सीमा खर्च गराउँथे, कुखुरा चोर्न लगाउँथे र केटीहरूलाई भगाउँथे । यस्ता घटनाहरूले भिक्षुहरूप्रति साधारण जनताको विश्वास घट्दै गयो र समाजमा दास मालिक र सामन्तवर्गको शासन बलियो हुँदै गयो ।
अहिले नाटो देशहरू र प्रतिक्रियावादी पक्षले ‘कम्युनिष्ट’, ‘माक्र्सवादी’, ‘माक्र्सवादी–लेनिनवादी’ र ‘माओवादी’ दलहरूलाई सहयोग गर्दै सरकारमा पु¥याउँछन् र जनतालाई धोखा दिन्छन् । यसरी अमेरिकी जनतामा जसरी ‘डेमोक्रेटिक’ र ‘रिपब्लिकन’ दलहरूबारे मौलिक रुपले भेद गर्न छोडे, त्यसरी नै नेपालमा ‘कम्युनिष्ट’, ‘माले’ र ‘माओवादी’ दलहरूलाई नेपाली कांग्रेस, राप्रपा र मधेसवादी दलहरूभन्दा फरक सम्झँदैनन् ।
हिजो एकपटक युरोपमा सबैले आ–आफ्नो पार्टीको नाममा ‘समाजवादी’ राखेको हुँदा एउटा उखानै चल्यो –‘सबैले लाउँदा लाउँदा टोपीको आकारै बिग्रे’ जस्तै समाजवादी पार्टीको पनि कुनै अर्थ लाग्न छोड्यो ।
अक्टुबर क्रान्तिपछिका विभिन्न देशका कम्युनिष्ट र मजदुर पार्टीहरूको सफलता र असफलताहरूबाट सिक्दै नेमकिपाले आफ्दै खुट्टामा उभिएर माक्र्सवादी साहित्य र सामयिक राजनैतिक घटनाहरूबारेका विश्लेषणका प्रचार साहित्यहरू र अनुवादहरू मार्फत कामदार जनता र नयाँ पुस्तालाई शिक्षित गर्दैछ – केही दशकको नेमकिपाको अनुभवले दलाल पूँजीवादी दलहरूसँग सैद्धान्तिक र राजनैतिक संघर्षबाट कामदार जनता र बुद्धिजीवी समुदायमा राजनैतिक र सैद्धान्तिक भिन्नताबारे छलफल गर्दै एक एक पाइला गर्दै अगाडि बढ्दैछ । सुधारवाद, संशोधनवाद र दलाल पूँजीवादको विरोधमा नेमकिपा संघर्षरत छ ।
Leave a Reply