प्यालेस्टिनी नागरिकको सुरक्षाका लागि राष्ट्रसङ्घको आह्वान
- भाद्र २, २०८३
वासिङटन, अक्टोबर ५ (टेलेसुर) । अमेरिकाको सबैभन्दा ठूलो स्वास्थ्य सेवा सङ्गठन– केइजर पर्मानेन्टेमा आबद्ध कामदारहरू बुधबार चारदिने हडतालमा उत्रेका छन् । हडतालमा कम्पनी र श्रमिक नेताहरू कर्मचारी स्तरको विवादमा सहमतिमा पुग्न असफल भएपछि ७५,००० भन्दा बढी युनियन सदस्यहरू अस्पताल र मेडिकल अफिसहरूबाट बाहिर निस्केका बताइएको छ ।
“काइजर पर्मानेन्टे युनियनहरूको गठबन्धनले काम रोकिनुलाई अमेरिकी इतिहासमा स्वास्थ्य सेवाकर्मीहरूको सबैभन्दा ठूलो हडतालको रूपमा वर्णन गरेको छ,” सीएनबीसीले रिपोर्ट गरेको छ । हडतालले क्यालिफोर्निया, कोलोराडो, ओरेगन, भर्जिनिया, डिस्ट्रिक्ट अफ कोलम्बिया र वाशिङटन राज्यका कैजर अस्पताल र मेडिकल अफिसहरूलाई प्रभावित गरेको छ ।
हडताल गर्ने कामदारमा व्यावसायिक नर्स, आकस्मिक विभागका प्राविधिक, रेडियोलोजी प्राविधिक, एक्स–रे प्राविधिक, श्वासप्रश्वास चिकित्सक, चिकित्सा सहायक र फार्मासिस्टहरू रहेका छन् । उनीहरूले सुरक्षित काम गर्ने वातावरणको माग गरिरहेका छन्, किनकि उनीहरूको तर्क छ कि कर्मचारीको अभावले बिरामीको उपचारमा सम्झौता भइरहेको छ र महामारीपछि अधिकांश कामदारहरूलाई अत्यन्त बढी कार्यबोझ थपिदिएको छ ।
हडतालमा उत्रेकाका मजदुरहरू ८ युनियनका हुन्, जसले ३९ अस्पताल र ७०० भन्दा बढी मेडिकल अफिसहरू सञ्चालन गर्ने कम्पनी केइजर पर्मानेन्टेको कुल जनशक्तिको ४० प्रतिशत प्रतिनिधित्व गर्दछन् ।
काइजर पर्मानेन्टेले ‘निष्पक्ष र न्यायोचित सम्झौता’ नभएसम्म ‘गठबन्धनसँग वार्ता जारी राख्न’ आफ्नो इच्छा व्यक्त गरेका छन् । यो हडताल अस्थायी हो र शनिबार समाप्त हुनेछ ।
यद्यपि, गठबन्धनको सबैभन्दा ठूलो युनियन, (SEIU-UHW) का अनुसार, कुनै सम्झौता नभएमा नोभेम्बरमा ‘लामो र बलियो’ हडताल हुन सक्छ ।
यो स्वास्थ्य सेवा हडताल यस्तो समयमा आएको हो जब संरा अमेरिकाले मोटर निर्माण क्षेत्रको इतिहासमा सबैभन्दा ठूलो हड्तालहरूको अनुभव गरिरहेको छ ।
हाल, जनरल मोटर्स, फोर्ड, र स्टेलान्टिसका लगभग २५ हजार कामदारहरूले सामूहिक सौदाबाजीमा सम्झौता नभएको कारणले आफ्नो जागिर छोडेका छन् ।
Leave a Reply