यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेक राजनीतिक पार्टीको आ–आफ्नै वर्ग आधार र राजनीतिक दर्शन हुन्छ । हरेक दलले प्रत्यक्ष या अप्रत्यक्षरूपमा कुनै कुनै वर्गको प्रतिनिधित्व गरेको हुन्छ । दलले आ–आफ्नो वर्गीय दृष्टिकोणको आधारमा जनताले दललाई चिनेका हुन्छन् । देशका कतिपय राजनीतिक दलहरू विदेशी शक्ति राष्ट्रलाई खुसी पार्न विदेशी शक्तिको अगाडि झुक्छन्, कुनै दल सत्तामा भागबन्डा गर्न ठूला दलको अगाडि झुक्छन् । शक्तिको अगाडि झुक्ने प्रवृत्ति आत्मसमर्पणवादी हो । झुकाउन गरिने प्रयास साम्राज्यवादी तथा प्रतिक्रियावादी प्रवृत्ति हो । आफ्नो सिद्धान्त र विचारअनुसार नचल्ने, सिद्धान्त र विचार छोडेर जस्तोसुकै दलसँग गठबन्धन गर्ने प्रवृत्ति प्रजातन्त्रविरोधी प्रवृत्ति हो । आ–आफ्नो दलको सिद्धान्त र विचारअनुसार अघि नबढ्ने या अरूकै लहैलहैमा या इसारामा चल्ने दलले कहिले पनि दिशानिर्देश गर्न सक्दैन या उनीहरूको निश्चित लक्ष्य हुँदैन ।
सत्तासीन दलका नेता र मन्त्रीहरूले दलगत र व्यक्तिगत स्वार्थ पूरा गर्ने काम गरिरहे । दलगत र व्यक्तिगत स्वार्थ हेरेर विकास, ठेक्कापट्टा, नोकरी, सरुवा–बरुवा, पक्षपात र अन्य अवाञ्छित गर्ने काममा शासकहरू केन्द्रित रहे । यसरी भागबन्डाको राजनीतिमा लागेर देश र जनताको सेवामा नलागी आ–आफ्नो स्वार्थमात्र खोज्ने काम शासकहरूले गरेको हुँदा जनतामाझ असन्तोष बढेको हो; प्रजातन्त्रप्रति वितृष्णा फैलेको हो र आक्रोश पोखिएको हो । सत्तासीन दलका नेताहरू गम्भीर नहुँदा, देश र जनताप्रति समर्पित नहुँदा जातीय राजनीतिले ठाउँ पाएको छ । जातीय राजनीतिको कारण साम्प्रदायिक भावना फैलिएको छ । यसैकारण कहिले हिन्दूहरूको ¥याली भयो त कहिले सद्भाव ¥याली भयो । यसको अर्थ यहाँ शान्ति सुरक्षामा खलबलिएको छ । धर्म धर्मको समुदायबिच हिंसात्मक घटना हुन थालेको छ । बहुजातीय, बहुसांस्कृतिक, बहुधार्मिक यो देशमा धर्म र जनजातिको सवालमा विवाद हुनु राम्रो सङ्केत होइन ।
देश भ्रष्टाचारको काण्डै काण्डमा फस्नु, देश अति धेरै भ्रष्टाचार हुने सूचीमा पर्नु, देशघाती सन्धि र सम्झौता हुनु, देश एकपछि अर्को परनिर्भर हुनुको कारण ठूला दलका शासकहरू नै हुन् । सत्ताधारी पार्टी र प्रतिपक्षी दलको कमी कमजोरीले गर्दा नै देशमा आर्थिक सङ्कट देखिएको हो, विदेशीको ऋण र सहयोगमा देशको बजेट बनाउनु परेको हो । एक समय साना दलकै कारण देशको राजनीति अस्थिर भयो भनी प्रचार भयो । तर, यो यथार्थ होइन भन्ने कुरा समयले देखायो । वास्तवमा ठूला दलहरूकै कमजोरी, बेवास्ता, अदूरदर्शिता र भागबन्डाको राजनीतिले देशमा अस्थिरता निम्तिएको हो । हालसम्म देशमा भएका देशघाती† जनघाती ऐन, कानुन, सन्धि, सम्झौतामा ठूला दलकै शासकहरूको कसरतले भएको हो । देशमा बहुदल स्थापना भयो, गणतन्त्र पनि आयो । तर, व्यवस्था परिवर्तन भए पनि अरू कुनै मौलिक परिवर्तन भएको छैन ।
समाजवादी व्यवस्थाप्रति प्रतिबद्धता नभएका या समाजवादी सिद्धान्त र विचारअनुसार अघि नबढेका दलले जनहितको काम गर्दैन । उनीहरू त बेइमानी गर्ने मौका नपाएर मात्रै इमानदार बनेका हुन् । ती शासकहरूले मौका पाएपछि हिरा फोड्ने काम गरे या देशको ढुकुटीमा आँखा गाड्ने काम गरे । सरकारमा टाँस्न पुगेपछि उनीहरूले पार्टी, देश र जनताप्रति गरेका सबै प्रतिज्ञा बिर्से । यसरी प्रतिज्ञा पूरा नगर्ने, सिद्धान्त र विचारअनुसार काम नगर्ने दल र दलका नेताहरू विश्वासघाती हुन्, जनविरोधी हुन्, वचन ठेगान नभएका दल र नेताहरू हुन् । यस्तै यस्तै कारण देशमा अन्योल देखिएको हो । देशमा यस्तो अन्योल स्थितिको कारण ती दलहरूले आ–आफ्नो प्रतिबद्धता लागु नगर्नु हो, सिद्धान्त र विचारलाई लागु नगर्नु हो । सत्ताको मातमा चढेर देश र जनता भुल्नु अर्को विश्वासघात हो । तर, नेमकिपाले कहिले पनि सिद्धान्त र विचार छोडेन, जनतालाई धोका दिएन र विश्वासघात गरेन । देशका हरेक राजनीतिक दलले यसरी नै इमानदारीपूर्वक राजनीति गर्नुपर्ने हो ।
Leave a Reply