नयाँ प्यालेस्टिनी नेताका लागि इजरायली जेलमा रहेका नेता बरघोटीको चर्चा
- बैशाख ११, २०८३
सरकार र समुदायबिच पूर्ण एकात्मकता
क्रान्तिलाई संस्थागत रूप प्रदान गर्ने काम अहिलेसम्म गर्न सकिएको छैन । हामी केही नयाँ उपायहरू खोज्ने प्रयासमा छौँ जुन नयाँ उपायहरूले गर्दा सम्पूर्ण समुदाय र सरकारबिच पूर्ण एकात्मकता उपलब्ध होस् । यस्ता उपायहरूको रूपमा समाजवादको निर्माणका विशेष स्थितिहरूमा अपनाइएको पनि छ, उदाहरणको लागि संविधानसभा । यस्ता उपायहरू अपनाइँदा नयाँ निर्माण भइरहेको समाजमाथि पुँजीवादी प्रजातन्त्रका बदनाम संरचनाहरू सकेसम्म प्रत्यारोपण नगर्ने प्रयासहरू पनि गरिँदै छन् ।
क्रान्तिलाई संस्थागत रूप दिने कार्यलाई विस्तारै–विस्तारै अगाडि बढाउने उद्देश्यले केही प्रयोगहरू गरिँदै छन् । तर, यसमा कुनै हतारोपना भने देखाइएको छैन । यसरी प्रयोग गर्दै अगाडि बढ्ने हाम्रो क्रमलाई एउटा डर त्रासले अत्यधिकरूपमा अवरोध खडा गरिरहेको छ । त्यो डर–त्रास हो – कहीँ औपचारिक रूप र आकृतिहरूले हामीलाई आफ्नो उद्देश्यबाट विचलित पार्ने त होइनन् ? कहीँ औपचारिक संरचनाहरूले हामीलाई जनताबाट, आफ्नो सबैभन्दा महत्वपूर्ण क्रान्तिकारी उच्च अभिलाषाबाट अलग्याउने त होइनन् ? मानिसलाई आफ्नै एकलकाँटेपनाबाट मुक्त गर्ने उच्च अभिलाषाबाट हामीहरू विचलित हुने त होइनौँ ?
क्रान्तिकारी संस्थानहरूको अभावको स्थितिलाई हामीले विस्तारै विस्तारै समाप्त पार्दै लानु पर्दछ । यसको अभाव हुँदाहुँदै पनि अहिले व्यक्तिहरू एउटै उद्देश्यका लागि सङ्घर्षरत छन् र व्यक्ति–व्यक्तिकै जागरूक समीकरणको रूपमा जनसमूहले इतिहास निर्माण गर्दै छ । बाह्यरूपमा सरसरती हेर्दा समाजवादअन्तर्गत व्यक्तिलाई निर्धारित आदर्शअनुकूल स्तरीकरण (Standardization) गरिएको जस्तो देखिनसक्छ तर वास्तवमा भन्ने हो भने समाजवादअन्तर्गत व्यक्ति अलि बेसी नै पूर्ण हुन्छ । व्यक्तिको पूर्णतातिर अगाडि बढ्ने संयन्त्र निर्माण नभइसकेको स्थितिमा पनि यस्तो सामाजिक संरचनाअन्तर्गत व्यक्तिले आफूलाई अभिव्यक्त गर्ने र आफूलाई निर्माण गर्ने सम्भावनाहरूको क्षितिज निकै असीमितरूपमा फराकिलो हुन्छ ।
उत्पादन र व्यवस्थापनका सबै संयन्त्रहरूमा व्यक्ति वा समूहको सचेत सहभागितालाई घनीभूत गर्ने काम तथा यसलाई प्राविधिक र वैचारिक शिक्षासँगै जोड्ने काम अहिले पनि आवश्यक छ ता कि व्यक्तिले अनुभव गर्न सकोस् । यी सबै प्रक्रियाहरू एक–अर्कासँग घनिष्ठरूपमा अन्योन्याश्रित छन् र यिनीहरूको प्रगति पनि समानान्तर छ । यसरी एकलकाँटेपनाका हथकडीहरू चुँडाली सकेपछि उसले आफ्नो सामाजिक स्थितिप्रति सम्पूर्ण जागरूकता प्राप्त गर्नेछ† जुन वास्तवमा आफूलाई सिङ्गो नवमानवको सिर्जनाको रूपमा स्वीकार्ने पूर्ण आत्मज्ञान प्राप्त गर्नु बराबर हो ।
यो काम स्वाधीन श्रमको माध्यमद्वारा एवं कला–संस्कृतिको माध्यमबाट आफ्नो मानवीय स्थितिको अभिव्यक्तिद्वारा ठोसरूपमा व्यवहारमा अनुवाद गरिसकेपछि व्यक्तिको आफ्नो निजी स्वभावमा फेरबदल आइसकेपछि सम्भव हुनथाल्छ । संस्कृतिको रूपमा आफूलाई विकसित गर्नका लागि श्रमले एउटा नयाँ हैसियत प्राप्त गर्ने स्थितिमा पुग्नुपर्छ । त्यो स्थिति हो माल (Commodity) को रूपमा मानिसको अस्तित्व समाप्त हुने अवस्था र सामाजिक कर्तव्य पूरा गर्नका लागि सम्पूर्ण अवसर प्राप्त हुने एउटा व्यवस्था स्थापित हुने स्थिति । हो, तब उत्पादनका साधनहरूमाथि समाजको स्वामित्व भइसकेको हुन्छ र मेसिन भनेको कर्तव्य पूरा गर्ने माध्यमको रूपमा मात्रै बाँकी रहेको हुन्छ ।
तब मानिसले त्यस्तो असुविधापूर्ण स्थितिबाट आफूलाई र आफ्नो सोच–विचारलाई मुक्त गर्न थाल्छ, जुन असुविधापूर्ण स्थितिमा श्रमद्वारा उसका आफ्ना शारीरिक आवश्यकताहरूलाई सन्तुष्ट गर्ने जरूरत नै पूर्वसर्तको रूपमा रहेको हुन्छ । आफ्ना पशुवत् आवश्यकताहरू पूरा गर्न श्रम गर्नैपर्ने बाध्यताबाट छुट्कारा पाएपछि उसले मुक्तभावले आफूलाई आफ्ना चिन्तन र कर्मलाई पुनर्मूल्याङ्कन गर्नथाल्छ । अन्ततः उसले आफ्नै श्रमद्वारा श्रृजित वस्तुमा आफैँद्वारा गरिएका कर्महरूमा ऐनामा जस्तै हेर्ने क्रममा महसुस गर्न थाल्छ : आफू पनि सम्पूर्ण हैसियतसहितको मानव हुँ । अब उसले आफ्नै अस्तित्वको एक अंशलाई बिक्री भइसकेको श्रम–शक्तिको रूपमा त्याग्नुपर्छ भन्ने कुनै आवश्यकता रहँदैन किनकि यो श्रम शक्ति त उसको आफ्नोमात्रै भइरहँंदै रहँदैन । यो श्रम–शक्ति त उसको आफ्नो मुक्तिको द्योतकको रूपमा रहन्छ र यो आफ्नै प्रतिबिम्बको रूपमा निर्मित नयाँ समाजमा आफ्नो सामाजिक कर्तव्य पूरा गर्नको लागि दिइएको आफ्नो योगदानको रूपमा रहन्छ ।
हामीहरू एकातिर श्रमलाई सामाजिक कर्तव्यपालन गर्ने नयाँ हैसियत प्रदान गर्नको लागि र प्राविधिक विकाससँग जोड्नको लागि सबै सम्भव उपायहरू गरिरहेका छौँ, जसले बृहत्तर स्वतन्त्रताका स्थितिहरू जन्माउँदै जानेछन् । अर्कोतिर, हामीले श्रमलाई त्यस्तो स्वैच्छिक श्रमसँग गाँस्ने उपाय लागू गरिरहेका छौँ, जुन माक्र्सवादी विवेचनामाथि आधारित छ । त्यो माक्र्सवादी विवेचना हो मानिसले आफ्ना सम्पूर्ण मानवीय स्थितिहरू तबमात्र प्राप्त गर्न सक्छ, जब शारीरिक आवश्यकताले बाँधिएर आफू स्वयंलाई माल (Commodity) को रूपमा बेचेर उत्पादन गर्नुपर्ने बाध्यता उसलाई हुनेछैन । के कुरा स्पष्ट छ भने अहिले स्वैच्छिक श्रमको स्थिति हुँदाहुँदै पनि श्रमका बाध्यात्मक पक्षहरू पनि छन् । अहिले पनि मानिसले आफूलाई चारैतिरबाट घेरिरहेका बाध्यात्मक पक्षहरूलाई सामाजिक चरित्रको रूपमा रूपान्तरित गरिसकेको छैन । अहिले पनि अनेक स्थितिमा उसले वातावरणका दबाबअन्तर्गत श्रम गर्दछ जसलाई फिडेल क्यास्त्रो नैतिक दबाब भन्नुहुन्छ । सामाजिक वातावरणको कुनै पनि प्रत्यक्ष दबाबविना, तर नयाँ आनीबानीको सिर्जनासँग जोड्दै जोड्दै, श्रमरत मानिसले आफ्नो श्रमको बारेमा धारणा फेर्दै–फेर्दै सम्पूर्ण आत्मिक पुनर्जन्मको स्थितिसम्म पुग्नुपर्छ । श्रमको सम्पर्कमा हुने यो आत्मिक परिवर्तन नै साम्यवाद (Communism) हो ।
जसरी अर्थव्यवस्थामा यन्त्रवत् ढङ्गले आफैँ कुनै परिवर्तन आउँदैन, त्यस्तै चेतनामा पनि कुनै परिवर्तन यन्त्रवत्रूपले आफैँ आउंँदैन । परिवर्तन कहिले मन्दगतिले हुन्छ, त्यो पनि निकै व्यवस्थित–सङ्गीतमय ढङ्गले हुँदैन । कहिले परिवर्तनको काल द्रुतगतिले बढ्छ र कहिले होशियारीका साथ पाइला चाल्नुपर्ने हुन्छ अनि कहिलेकाहीँ त पछाडि पनि हट्नुपर्ने पनि हुन्छ ।
मैले पहिले पनि सङ्केत गरिसकेको छु, हामीले त्यस्तो अति शुद्ध सङ्क्रमणकालको अवधिसँग व्यवहार गरिरहेका छैनौँ, जुन सङ्क्रमणकालीन अवधिबारे माक्र्सले आफ्नो कृति ‘गोथा कार्यक्रमको आलोचना’ (Critiqe of the Gotha Program) मा परिकल्पना गर्नुभएको थियो । हामीहरू त त्यस्तो नयाँ अवधिमा छौँ, जुन अवधिका बारेमा उहाँले पूर्व–कल्पनासमेत गर्नुभएको थिएन । हो, त्यो नयाँ अवधि भनेको साम्यवादतिर सङ्क्रमणको प्रथमकाल वा समाजवादको निर्माणको समय हो । हिंसात्मक वर्गसङ्घर्षको मध्यान्हको चर्को घामबिच अगाडि बढिरहेको यो समय र यो प्रक्रियाअन्तर्गत पुँजीवादका तत्वहरू पनि क्रियाशील छन् । ती पुँजीवादी तत्वहरूको परिवर्तनको प्रक्रियासम्बन्धी पूर्ण ज्ञान अहिले पनि अस्पष्टताको कुइरोबिच हराइरहेको छ ।
त्यसमाथि यो अस्पष्टतासँगै माक्र्सवादी दर्शनको विकासमा अवरोधको रूपमा रहेको, यस सङ्क्रमणकालसम्बन्धी व्यवस्थित विवेचना र उपचारमा बाधा व्यवधान खडा गरिरहेको तथा राजनैतिक अर्थशास्त्रको विकास गर्न असमर्थ हुँदै आएको पाण्डित्यपूर्ण अभिमान (Scholasticism) लाई यसमा जोड्ने हो भने हामीले महसुस गर्नुपर्ने हुन्छ– हामीहरू अहिले पनि शिशुकालमै छौँ र अधिक गहन आर्थिक तथा राजनीतिक सिद्धान्तहरूको निर्माण गर्नुभन्दा अगाडि हामीले यस कालका सम्पूर्ण मुख्य–मुख्य विशिष्टताहरूको बारेमा अध्ययन गर्नु जरूरी छ ।
तर, अहिलेसम्म नतिजा नै प्राप्त गरिसकेको सिद्धान्तले भने पक्कापक्की रूपमा समाजवादी निर्माणका दुईवटा स्तम्भहरूमाथि जोड दिन्छ, एउटा स्तम्भ हो : नवमानवको सिर्जना, अर्को स्तम्भ हो : प्रविधिको विकास । यी दुबै स्तम्भहरूको विकासका लागि हामीले धेरै नै काम गर्न बाँकी छ । तर, जहाँसम्म प्रविधिलाई आधारभूत जग बनाउने धारणाको सवाल छ, यसमा बिलम्बको कुनै औचित्य छैन । यस सवालमा संसारका विकसित देशद्वारा देखाइएको बाटोमा अगाडि बढ्नु जरूरी छ, तर कसैको अन्धतापूर्ण पिछलग्गू बन्नु हुँदैन । त्यसैले फिडेल क्यास्त्रोले बारम्बार आफ्ना सम्पूर्ण जनताको विशेषगरी अगुवा दस्ताको प्राविधिक र वैज्ञानिक प्रशिक्षण एवं निर्माणमाथि जोड दिँदै आउनुभएको हो ।

भौतिक र आत्मिक आवश्यकताबिच विभाजन
उत्पादनको प्रक्रियासँग प्रत्यक्ष सम्बन्ध नहुने विचारको क्षेत्रमा भौतिक आत्मिक आवश्यताहरूबिच विभाजन रेखा खिच्न सजिलो छ । लामो समयदेखि मानिसले कला र संस्कृतिद्वारा आफ्नो एकलकाँटेपनाको स्थितिबाट आफूलाई मुक्त गर्ने प्रयास गर्दैआइरहेको छ । आठ घण्टा वा आठ घण्टाभन्दा बढी श्रमको अवधिको क्रममा जब उसले एउटा मालको रूपमा आफ्नो श्रमलाई बेच्छ, तब ऊ दिनदिनै मर्ने गर्छ अनि आफ्नो आत्मिक सिर्जनाको क्रममा उसले आफ्नो पुनर्जन्म प्राप्त गर्छ । तर यो उपचारमा पनि त्यही रोगका किटाणुहरू यथावत् रहिरहन्छन् : व्यक्तिको एकान्त अस्तित्वले संसारसँग तारतम्य स्थापित गर्ने प्रयास गर्ने व्यक्तिवादका किटाणुहरू । हो, उसले आफ्नो व्यक्तिवादको रक्षा गर्ने प्रयत्न गर्छ, जुन व्यक्तिवाद त्यहाँको वातावरणद्वारा पीडित र प्रदूषित भइरहेको हुन्छ । अनि एउटा निष्कलङ्क र पवित्र बनिरहने आकाङ्क्षाका साथ उसले अद्वितीय व्यक्तिले जस्तै सौन्दर्यमूलक विचारप्रति आफ्नो प्रतिक्रिया व्यक्त गर्छ ।
यो प्रक्रिया आफै पनि उसको पलायनको प्रयास हो । मूल्यको सिद्धान्त अब केवल उत्पादन सम्बन्धहरूको प्रतिविम्ब मात्रै होइन । एकाधिकारी पुँजीपतिहरूले मूल्यको सिद्धान्तलाई अत्यन्त जटिल खालको जालले घेरेर आफ्नो क्रीतदास बनाइसकेको छ, यसका लागि प्रयोग गरिएको तरिका विशुद्ध रूपले अनुभवजन्य नै किन नहोस् । यसअन्तर्गत त्यस्तो खालको कलाको माग गर्छ, जसमा कलाकारहरू माथिल्लो ढाँचा (Superstucture) द्वारा थोपरिएको शिक्षाबाट अनुकूलित हुन्छन् । त्यस्तो ढाँचा विपरीत हिँड्ने विद्रोहीहरूलाई व्यवस्थाका यन्त्रहरूले पराजित गरिसकेको हुन्छ र केवल अद्वितीय प्रज्ञावान् व्यक्तिले मात्रै आफ्ना कृतिहरूको सिर्जना गर्नसक्ने स्थिति हुन्छ । बाँकी अरू सबै व्यक्तिहरू निर्लज्ज भाडाका नोकर–चाकर भएर रहन्छन् या निर्मम कुल्चाइमा पर्छन् ।
समाजवादी कला र प्रयोग
कलात्मक प्रयोग गर्ने विभिन्न धाराहरू पनि विकसित गरिन्छ र त्यसैलाई स्वतन्त्रताको परिभाषाको रूपमा मान्ने गरिन्छ । तर यस्ता ‘प्रयोगात्मकताहरू’ का पनि आफ्नै सीमाहरू हुन्छन् । यस्ता सीमाहरू तबसम्म अदृश्य भइरहन्छन्, जबसम्म द्वन्द्व र सङ्घर्ष हुँदैनन्, जबसम्म मानिसका वास्तविक समस्याहरू र एकलकाँटेपनाको स्थितिबिच निरूपण हुँदैन निरर्थक मनोव्यथा वा विकृत मनोरञ्जन नै मानवीय व्याकुलताको सजिलो सस्तो सुरक्षा कवच बन्न पुग्छन् कलालाई प्रतिशोधको हतियार बनाउने विचारलाई खण्डन गरिन्छ ।
हो, त्यसमा खेलका सबै नियमलाई सम्मान गरिन्छ र त्यस्ता सबै कलाकारहरूलाई सम्मान प्रदान गरिन्छ जसरी फन्फनी घुमेर नाच्ने बाँदरलाई सबै प्रकारको सम्मान प्रदान गरिन्छ । तर त्यसमा एउटैमात्र शर्त राखिएको हुन्छ, त्यो शर्त हो कलाकारले अदृश्य पिँजडाबाट पलायन हुने प्रयास गर्न पाउँदैन ।
जब क्रान्तिद्वारा सत्ता ग्रहण गरियो, तब सम्पूर्णतः पाल्तु भइसकेका कलाकारहरू देश छाडेर भागे । बचे–खुचेकाहरूले भने एउटा नयाँ बाटोको दर्शन गरे, चाहे ती बचे–खुचेका कलाकारहरू क्रान्तिकारी होउन् या नहोउन् । कलात्मक प्रयोगका लागि नयाँ उमङ्ग छायो । जे भएतापनि बाटाहरू लगभग चिरपरिचित पुरानै खालका थिए अनि पलायनकै धारणा ‘स्वतन्त्रता’ शब्दको पछाडि लुकिरहेको थियो । यो प्रवृत्ति चाहिँ चेतनामा पुँजीवादी आदर्शवादको प्रतिविम्ब बनेर अक्सर गरेर स्वयं क्रान्तिकारीहरूको मन–मस्तिष्कमा समेत टाँसिरह्यो ।
यसप्रकारका प्रक्रियाहरूबाट अगाडि बढेका मुलुकहरूमा यस्ता प्रवृत्तिहरूविरुद्ध अति नै रूढिवादी प्रयासद्वारा सङ्घर्ष गरियो । यसैको परिणामस्वरूप सामान्य संस्कृति बदनाम भयो र प्रकृतिको औपचारिक र जस्ताको तस्तै प्रतिविम्बन गर्नुलाई नै सांस्कृतिक आकाङ्क्षाको सर्वोच्च उचाई घोषित गरियो । र, यो औपचारिकता र हुबहु प्रतिविम्बनलाई पनि पछि गएर कल्पना–रचित सामाजिक वास्तविकताको यान्त्रिक चित्रणको रूपमा फेरियो । हुँदाहुँदा यस्तोसम्म देखाइयो कि मानिसहरूले रचना गर्न खोजिरहेको आदर्श समाज प्रायः द्वन्द्व, सङ्घर्ष अन्तरविरोध र विसङ्गतिहरूबाट समेत मुक्त हुनेछ ।
समाजवाद बाल्यअवस्थामै छ र यसले गल्तीहरू गर्छ । प्रचलित परम्परागतः पद्धतिहरूभन्दा भिन्न खालका नयाँ पद्धतिहरूबाट अगाडि बढ्दै नवमानवको सिर्जनाका लागि जुन ज्ञान र बौद्धिक साहसको आवश्यकता छ, त्यो हामी क्रान्तिकारीहरूमा अक्सर गरेर अभाव छ । प्रचलित परम्परागत पद्धतिहरू पुराना समाजका सिर्जनाहरू हुन्, त्यसैले ती पुराना समाजका प्रभावहरूबाट ग्रस्त हुन्छन् । (यहाँ फेरि एकपटक रूप र विषयवस्तुको अन्तरसम्बन्धको कुरा अगाडि आयो ।)
अहिले दिशाभ्रम सर्वत्र फैलिएको छ र भौतिक निर्माणका समस्याहरूले हामीलाई पीडित पारिरहेका छन् । त्यस्ता महान् प्राधिकारसम्पन्न कलाकार छँदै छैनन्, जो एकसाथ महान् क्रान्तिकारी अधिकारसम्पन्न पनि होऊन् । अतः पार्टीकै मानिसहरूले नै यी महान् कार्यहरू आफ्नो काँधमा बोक्नुपर्छ र हो, जनतालाई शिक्षित गर्ने मुख्य उद्देश्य पूरा गर्नुपर्छ ।
जनतालाई शिक्षित गर्ने क्रममा सरलीकरणको प्रयास गरिन्छ, सबै मानिसहरूले बुझ्ने खालको, पार्टी कार्यकर्ताहरूले बुझ्ने खालको सरलीकरण यस्तो स्थितिमा साँच्चैका कलात्मक प्रयोगहरूको अन्त्य हुन्छ । र, सामान्य संस्कृतिको समस्या भनेको केवल समाजवादी वर्तमान र मृत (त्यसैले जोखिम नभएको) भूतबाट केही कुरा तानतुन गर्नुमा मात्रै सीमित हुनपुग्छ । यस प्रकारले समाजवादी यथार्थवादको जन्म उन्नाइसी शताब्दीको कलाको आधारशिलामाथि हुन्छ ।
तर उन्नाइसौँ शताब्दीको यथार्थपरक कलाको पनि वर्गचरित्र थियो, शायद बीसौँ शताब्दीको पतनोन्मुख कलाभन्दा पनि अलि बढी नै पुँजीवादी खालको, जसमा एकलकाँटेपनाले ग्रस्त व्यक्तिका पीडा र व्याकुलता झल्किन्छ । संस्कृतिको क्षेत्रमा पुँजीवादले आफ्नो ढुकुटीबाट जे जति दिनसक्ने हो ती सबै सबै नै समर्पित गरिसकेको छ, त्यससँग अब जे जति बाँकी छ, ती सबै केवल दुर्गन्धित लासमात्रै हुन्, कलाको क्षेत्रमा पनि वर्तमान पतनशीलतामात्रै उसँग बाँकी छ ।
तर हामीले समाजवादी यथार्थवादका हिउँजस्तै जमिसकेका रूपहरूमा मात्रै किन वैध प्रेस्क्रिप्शन (निर्देशन पत्र) को खोजी गर्दै हिँड्ने ? हामीले स्वतन्त्रतालाई्र समाजवादी यथार्थवादको मुखेन्जी बराबरी उभ्याउन सक्दैनौ, किनकि अहिले स्वतन्त्रताको वास्तविक अस्तित्व छँदैछैन र त्यसको अस्तित्व भनेको नयाँ समाजको पूर्ण विकास हुनुभन्दा अगाडि सम्भव पनि छैन त्यसैले जुनसुकै मूल्यमा पनि यथार्थवादको सिँहासनमा बसेर हामीले उन्नाइसौँ शताब्दीको उत्तरार्ध यताका सबै कला रूपहरूको निन्दा गर्नुहुँदैन । यसरी निन्दा गर्नुको अर्थ भूतकालतिर पछि फर्कने प्रूधोँवादी गल्ती गर्नु हुनेछ । यसको मतलब नयाँ जन्मिरहेको मानवको आफ्नो सृजन र निर्माण गरिरहेको मानवको कलात्मक अभिव्यक्तिलाई सङ्कीर्ण आवरणले ढाकी दिनु पनि हुनेछ ।
अहिलेको आवश्यकता हो एउटा वैचारिक सांस्कृतिक संयन्त्रको रचना गर्नु जसले स्वतन्त्र प्रयोगलाई पनि स्वीकृति दिनेछ र राज्यद्वारा अनुदानित उर्वर भूमिमा निकै सजिलैसँग हुर्कने–बढ्ने बनमारा झारपातहरू पनि उखेलेर फ्याँक्नेछ ।
हाम्रो देशमा यान्त्रिक यथार्थवादका गल्लीहरू देखापरेका छैनन्, बरु यसको ठीक उल्टो कुरा देखापरेको छ । यसो हुनुको कारण हो एउटा त्यस्तो नवमानवको सिर्जनाको आवश्यकताबारे राम्ररी बोध नहुनु, जुन नवमानवले न उन्नाइसौँ शताब्दीका विचारहरूलाई प्रतिनिधित्व गर्नेछ, न त हाम्रो विकृत र पतनोन्मुख शताब्दीकै प्रतिनिधित्व गर्नेछ ।
हो, हामीले एक्काइसौँ शताब्दीको मानवको सिर्जना गर्नुपर्छ । यद्यपि यो आकाङ्क्षा अहिले पनि मनोगतवादी र अव्यवस्थित छ । तापनि हाम्रो अध्ययन र हाम्रो श्रमको एउटा आधारभूत उद्देश्य भनेको सर्वथा यही नै हो । यस उद्देश्यलाई ध्यानमा राखेर सैद्धान्तिक आधारमाथि उभिएर जे जति हदसम्म हामीले ठोस उपलब्धिहरू प्राप्त गर्नसक्छौँ, अथवा, यसको विपरीत हाम्रो ठोस अध्ययन–अनुसन्धानको आधारमा जे जति हदसम्म सैद्धान्तिक निष्कर्षहरूसम्म पुग्नसक्छौँ, ती सबै उपलब्धि र निष्कर्षहरू माक्र्सवाद–लेनिनवादका लागि, मानवताको हितका लागि हामीले दिएका निकै नै मूल्यवान योगदानहरू हुनेछन् ।
उन्नाइसौँ शताब्दीको मानिसविरूद्ध भएका प्रतिक्रियाहरूकै परिणामस्वरूप बीसौँ शताब्दीको पतनोन्मुखताको पुनरावृत्ति भएको हो । यो कुनै गम्भीर गल्ती त होइन, तर पनि हामीले यस्ता गल्तीहरूमाथि विजय प्राप्त गर्नुपर्छ, ताकि संशोधनवादको मार्गप्रशस्त नहोस् ।
अहिले निरन्तर रूपमा अति नै बृहत् जनसमूहको विकास भइरहेको छ समाजभित्र नयाँ विचारले यथेष्ट शक्ति आर्जन गरिरहेको छ । समाजका प्रत्येक सदस्यको सर्वाङ्गीण विकासका भौतिक सम्भावनाहरूको कारणले यो काम पहिलेभन्दा बढी अर्थपूर्ण र उपलब्धिपूर्ण हुँदै गइरहेको छ । वर्तमान सङ्घर्षमय छ र भविष्य हाम्रै हो ।
Leave a Reply