यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
वर्नस्टीन
रुसी अक्टोबर क्रान्तिको शतवार्षिकीको अवसरमा आफूलाई क्रान्तिकारी देखाउन र नजिकै आउँदै गरेको प्रादेशिक र संसदीय निर्वाचनमा ‘कम्युनिष्ट’, ‘माक्र्सवादी’, ‘लेनिनवादी’ र ‘माओवादी’ कल्गी लगाएर कम्युनिष्टविरोधी, माक्र्सवाद–लेनिनवादविरोधी र माओ त्से तुङ विचारधारा विरोधी ‘एमाले–माओवादी गठबन्धन’ समेत अक्टोबर क्रान्तिको दिवस मनाएर मजदुर र किसानहरूलाई विश्वासघात गर्ने दाऊमा छन् ।
एमालेले चारपटक पूँजीवादी सरकारको नेतृत्व ग¥यो भने ‘माओवादी केन्द्र’ले तीनपटक पूँजीवादी सरकारको नेतृत्व ग¥यो । सातपटकसम्म सरकारको नेतृत्व गर्ने एमाले र माओवादी केन्द्रले मजदुर र किसानहरूको जीवनमा मौलिक रुपले परिवर्तन ल्याउने कुन कुन नीति निर्माण गरे, ऐन–कानुन ल्याए र सामन्त वर्ग र पूँजीपति वर्गबाट भइरहेको शोषणको विरोधमा के कस्ता काम गरे ? अहँ, त्यस्ता समाजमा आमुल परिवर्तन गर्ने केही काम एमाले र माओवादी केन्द्रले गरेनन् । तिनीहरूले कम्युनिष्टको नाममा कामदार वर्गलाई निराश पारे र ‘कम्युनिष्ट’ शब्दलाई नै महŒवहीन बनाउने विश्वासघात गरे ।
इतिहासमा यस्ता विश्वासघातीहरूको कमी छैन । कार्ल माक्र्सको मृत्युपछि र रुसी अक्टोबर क्रान्तिभन्दा अगाडि वर्नस्टिन भन्ने माक्र्सकै शिष्यले क्रान्तिको नाममा धेरै आन्दोलन र हिंसात्मक संघर्षहरू भए, माक्र्सले भन्नुभएको कुराहरू पनि लागू भएन, समय र परिस्थितिमा पनि धेरै हेरफेर आयो, यसकारण माक्र्सवादमा हेरफेर वा संशोधन गर्नुपर्छ भनी निजले कामदार वर्गलाई छकाउन खोज्यो । उसले भन्यो – शान्तिपूर्ण संघर्षले नै पूँजीवादबाट समाजवादमा विकास हुन्छ, जुलुस–प्रदर्शनजस्ता गतिविधिको दबाब र निर्वाचनबाट संसदमा बहुमत ल्याएर समाजवाद स्थापना हुन्छ र सशस्त्र क्रान्ति आवश्यक छैन शान्तिपूर्ण ढ·ले नै सत्ता हातमा आउँछ र सर्वहरा वर्गको तानाशाही आवश्यक छैन ।
काउत्स्कीले पनि वर्ग संघर्ष र सशस्त्र संघर्ष आवश्यक छैन भन्यो, हिंसात्मक संघर्षाट राजनैतिक सत्ता फाल्ने विचार हास्यास्पद छ भन्यो, ९ महिना नहुँदै पेटको बच्चालाई पाँच महिनामै जन्माउन सुडेनीलाई प्रयोग गर्नु नै सशस्त्र संघर्ष बतायो । तिनीहरूकै बाटोमा लागेर खु्रश्चेभले ‘शान्तिपूर्ण ढ·ले नै समाजवादमा संक्रमण हुने’ ‘संसदीय बाटोबाटै समाजवाद आउने’ ‘संसदमा स्थायी बहुमत प्राप्त गरेरै कामदार वर्गको राज्य’ प्राप्त हुने फटाहा कुरा गरे । साम्राज्यवादीहरू अब ज्ञानी भए, तिनीहरू अब आक्रमक र अत्याचारी भएनन् यसकारण ‘पूँजीवादसँग शान्तिपूर्ण प्रतिस्पर्धा’ र ‘शान्तिपूर्ण सहअस्तित्व’ को नीतिले नै समाजवादको विजय हुन्छ भनी रुसी जनतालाई विश्वासघात गरे । उसकै बाटो लिएर संशोधनवादी रुसी नेताहरू गोर्भाचोभसम्म पुग्दा सोभियत संघ विघटन भयो, समाजवादको अस्थायी हार भयो र ‘कम्युनिष्ट’ पार्टी पनि विघटन ग¥यो, विशाल सोभियत संघ १५–१६ टुक्रामा विश्रृङ्खलित भयो ।
संसारको सबभन्दा शक्तिशाली र मजदुर वर्गको देश अर्थात् समाजवाद क्रान्तिकारी माक्र्सवादी–लेनिनवादी सिद्धान्त छोड्दा रुसी जनता, अन्य समाजवादी देशहरू र तेस्रो मुलुकका देश र जनताका संघर्षले पनि क्षति व्यहोर्यो । साम्राज्यवादीहरूको हात बलियो भयो । विश्वको कम्युनिष्ट आन्दोलन रक्षात्मक अवस्थामा पुग्यो । नेपालमा एमाले र माओवादी केन्द्रका नेताहरूकै कारण भारतीय विस्तारवाद र नाटोका साम्राज्यवादी देशहरूको डलरले चल्ने गैरसरकारी संस्थाहरूको कारण नेपालको कम्युनिष्ट आन्दोलनलाई धुजाधुजा पा¥यो ।
Leave a Reply