भर्खरै :

संसदीय निर्वाचनबाट समाजवाद आउँदैन

निर्जला
वर्नस्टिन, काउत्स्की र खु्रश्चेभ जस्ता मजदुर वर्गका विश्वासघाती वा संशोधनवादीहरूले निर्वाचनबाटै समाजवाद आउँछ भनी विश्वास गर्दा अनेक देशका मजदुर वर्ग भ्रम र निराशाको भुमरीमा परे । त्यसको यौटा उदाहरण फ्रान्सेली कम्युनिष्ट पार्टीले भोग्यो । पहिलो विश्वयुद्धले सोभियत संघको उदय भयो र त्यसको प्रभाव युरोपका विभिन्न देशमा प¥यो र निर्वाचनमा कम्युनिष्ट र मजदुर पार्टीहरूले सदनमा धेरै स्थान हासिल गरे । केही देशमा पूँजीवादी सरकारमा भाग लिए र पछि ती कम्युनिष्ट पार्टीहरू पतन हुँदै गए ।
दोस्रो युद्धपछि सोभियत संघ र अन्य समाजवादी देशहरूको विजयले युरोपेली देशहरूमा ठूलो प्रभाव प¥यो र मजदुर वर्गमा ठूलो उत्साह देखियो, समाजवादप्रति विश्वास बढ्दै गयो । १९४६ मा फ्रानसेली पार्टीले संसदमा १८२ स्थान प्राप्त ग¥यो । पूँजीवादी सरकारले निर्वाचन नियमावलीमा हेरफेर ग¥यो र १९५१ को निर्वाचन फ्रान्सेली कम्युनिष्ट पार्टीले १०३ स्थानमात्र प्राप्त ग¥यो र ७९ स्थान गुमायो । १९५६ को निर्वाचनमा फ्रान्सेली कम्युनिष्ट पार्टीले १५० स्थान प्राप्त गर्यो । पूँजीवादी सरकारले पुनःनिर्वाचन नियमावलीमा हेरफेर ग¥यो र १९५८ को निर्वाचनमा संसदमा त्यस पार्टीले १० वटा मात्र स्थान प्राप्त ग¥यो र १४० स्थान गुमायो । नेपालमा पनि मतसीमा (थ्रेस होल्ड), समानुपातिक, निर्वाचन क्षेत्र परिवर्तन जात–जाति आदि नयाँ नयाँ निर्वाचन नियमावली हेरफेर गरेर पूँजीवादी सरकार तथा पूँजीवादी दलहरूले कामदार वर्गलाई दुःख दिइरहेका छन् ।
१९४६ मा चिलीमा पनि त्यहाँको कम्युनिष्ट पार्टीले नामको पछि लागेर ‘आमूल परिवर्तनवादी दल’ राडिकल पार्टीलाई समर्थन ग¥यो र सरकारमा गयो । त्यस सरकारलाई ‘जनताको जनवादी सरकार’ को नाम दियो । वास्तवमा राडिकल पार्टी पनि पूँजीवादी पार्टी थियो । १९४८ मा चिलीको कम्युनिष्ट पार्टीलाई प्रतिबन्ध लगायो र कम्युनिष्ट आन्दोलन चिलीमा पनि रक्षात्मक स्थितिमा पुग्यो । संसदीय बाटो मजदुर वर्गलाई समाजवादको आशामा फसाउने एउटा जालझेल मात्र हो, यसकारण पूँजीवादी व्यवस्थामा संसदीय आशावादमा होइन क्रान्तिकारी संसदवादको बाटोमा लाग्नुपर्दछ भन्नेबारे नेपाल एक उदाहरण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *