नेपालको राजनीतिमा एनजीओ र आइएनजीओहरूको बढ्दो प्रभाव
- भाद्र १, २०८३
भक्तपुर, २१ असोज । सिद्धि गणेश खेलकुद समितिको आयोजनामा शनिबार एक प्रशिक्षण वनभोज कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सदस्य सुरेन्द्रराज गोसाईले हरेक टोलका युवा, महिला, मजदुर तथा किसानहरू भेला भई समाजको बारेमा चिन्तन गर्नुपर्ने बताउँदै एक अर्कामा विश्वास भएमा मात्र विकास सम्भव हुने बताउनुभयो ।
उहाँले युवाहरूलाई समय–समयमा विगतका कुराहरू बताउनुपर्ने उल्लेख गर्दै तथा विकृतिविरुद्ध सधैँ सङ्घर्ष गर्नुपर्छ भन्नुभयो । कला र संस्कृति एक पुस्ताबाट अर्काे पुस्तालाई हस्तान्तरण गराउँदै राजनीतिक चेतना जगाउनुपर्ने पनि उहाँले बताउनुभयो ।
भक्तपुर नपा वडा नं ७ का वडाध्यक्ष उकेश कवांले सिद्धि गणेश खेलकुद समितिले युवालक्षित कार्यक्रमहरू गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले युवाहरूलाई आत्मनिर्भर बनाउने कार्यक्रम सञ्चालनमा ल्याउन प्रेरित गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा पूर्ववडाध्यक्ष कृष्णगोविन्द खाइजुले देशमै रोजगारीको बन्दोबस्त हुने सीप, शिक्षा, कलकारखानाको आवश्यकता रहेको औँल्याउनुभयो ।
संस्थाका सल्लाहकार कृष्णगोविन्द लाखाजुले समिति उपसमितिहरूमा युवाहरू सङ्गठित भएर व्यक्तित्व विकास हुने कार्य गर्न उत्प्रेरित गर्दै खेलकुद समितिको प्रतियोगिताले भक्तपुर फूटबल सङ्घ गठनमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । नेमकिपाका अग्रजहरूले इमानदारीता र पारदर्शिताको सिकाइका कारण टोल–टोलमा पुस्तकालय, खेलकुद समिति तथा सहकारीहरू उत्कृष्ट भएको पनि उहाँले बताउनुभयो ।
कार्यक्रम सिद्धि गणेश खेलकुद समितिका अध्यक्ष श्यामकृष्ण लाखाजुको सभापतित्वमा भएको थियो भने सचिव रामेश्वर लाखा तथा कोषाध्यक्ष राजेश लाखाले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा युवा, महिला, अग्रज, किसान तथा मजदुरहरूको सहभागिता थियो ।
Leave a Reply