यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
के भारत प्रेस स्वतन्त्रता भएको देश हो ? भन्ने गम्भीर प्रश्न उठेको छ । दिल्लीमा भारतीय प्रहरी अधिकारीहरूले प्रगतिशील समाचार आउटलेट न्युजक्लिक र पिपल्स डिस्प्याचमा त्रिमहाद्विपीय अनुसन्धान प्रतिष्ठानका सेवाहरूसँगै सम्बद्ध १०० भन्दा बढी पत्रकार, कर्मचारीहरू र पूर्वकर्मचारीहरूका घरमा छापा मारेका थिए । नोएडा गाजियावाद, गुडगाउँ र मुम्बइ सहरहरूमा पनि छापा मारिएको थियो । सोधपुछका लागि भनी प्रहरीले करिब ५० जनालाई प्रहरी चौकीमा लगिएको थियो, न्यूजवीकका प्रधानसम्पादक प्रवीर पुरकायस्थ र प्रशासक अमित चक्रवर्तीलाई आतङ्कवादविरोधी कानुनअन्तर्गत र गैरकानुनी गतिविधि रोकथाम ऐनअन्तर्गत पक्राउ गरिएको छ । कम्तीमा ५०० प्रहरी अधिकारी गुप्तचर एजेन्टहरू छापामारको कारबाहीमा परिचालित गरिएको थियो । यो कामलाई भारत सरकारले उच्च प्राथमिकता दिएको थियो । उर्मिलेश अभिसार, भाषा शर्मालगायत ६ जनाभन्दा बढी चर्चित पत्रकारहरू पक्राउ परेका थिए । तर, रिहाइपछि भाषा शर्माले दिल्ली स्पेल सेलको एकदिन लामो सोधपुछपछि गिरफ्तारबाट मुक्त भई घर फर्केकी बताइन् । धेरै प्रश्न सोधिएका छन् । सोधिएका प्रत्येक प्रश्नको जवाफ दिइन्, डराउनुपर्ने कुनै कारण छैन । साहसी पत्रकारको लागि डरलाग्दो स्थिति छैन । तर, प्रजातन्त्र आक्रमणमा भने छ, न्युजक्लिकमाथि एउटा हो र १७ वटा त मुद्दा दर्ता गरिएको रहेछ । भारतका प्रगतिशील समाचारउपर सरकारको सर्वदा कुदृष्टि कायम रहने गर्छ ।
चारैतिरबाट आक्रमण
भारतको सो न्युजक्लिकविरूद्ध दक्षिणपन्थी दर्जनौँ सञ्चार माध्यमले दुष्प्रचार गरेका छन् । न्युजक्लिकका सदस्यहरूलाई चिनियाँ प्रचारक हुन् भनी आधारहीन आरोपहरू लगाउन छोडिएका छैनन् । अति दक्षिणपन्थ सत्तारूढ भारतीय जनता पार्टीको दक्षिणपन्थी सांसदहरूमात्र होइन, भाजपाका शीर्ष नेता अमित शाहजस्ता नेता संसद्को फ्लोर र मिडियामा यस्तै बयान दिएर थाक्दैनन् । आजको छापामारी र जनदमनलाई प्रजातन्त्र, वैचारिक स्वतन्त्रता र मानव अधिकारीमाथि गम्भीर आक्रमणको रुपमा लिएर भारतका प्रगतिशील सङ्गठनहरू, प्रेस संस्थान र विपक्षी दलहरूले व्यापकरूपमा निन्दा गरेका छन् । मोदी सरकार यस्ता विरोधको आवाजबाट केही त डराउनु पर्ने हो तर, डराएको रत्तिभर सङ्केत छैन । भारत सरकार जनताको आलोचनाको एक अक्षर पनि नसुनी आफ्नो लागि एकोहोरो लाग्या छ लाग्या छ । अखिल भारतीय प्रजातान्त्रिक महिला सङ्घका अध्यक्षले अति भएपछि एउटा सार्वजनिक विज्ञप्ति जारी गर्दै भनिन्, यो अत्यन्तै अलोकतान्त्रिक, अनुचित, दमनकारी कारबाही स्वतन्त्र र निडर पत्रकारका अतिरिक्त सहकारी नीतिहरूको आलोचना गर्न नडराउनेहरू त आजको भारतलाई सम्मुनत उत्पादक गतिशील एवं अग्रगमनतर्फ लैजान प्रयत्नशील छन् । बीजेपी सरकारको अवधिमा अखबारमाथि छापामारी निडर पत्रकारहरूलाई डर देखाएर तह लगाउन दुःसाहस गर्न पनि बाँकी राख्दैनन् । यो वास्तविकता भारतव्यापी भइसकेको छ ।
भारतमा कानुनी राज
अखिल भारतीय कानुन व्यवसायी सङ्घको दिल्ली राज्य एकाइले प्रेस स्वतन्त्रता हाम्रो राष्ट्रलाई प्रिय मान्ने लोकतान्त्रिक मूल्याङ्कनको लागि यो गिरफ्तारीको प्रभावको बारेका हामीहरू गहनरुपमा चिन्तित छौँ भन्दै प्रेसको स्वतन्त्रता कुनै पनि हालतमा जीवन्त लोकतन्त्रको आधारशिला हो । पत्रकारहरूको उत्पीडन वा धम्कीको डरबिना सार्वजनिक हितको विषयमा स्वतन्त्रतरूपमा रिपोर्ट गर्न रिपोर्ट गर्ने सक्षम हुनुपर्छ र यो नितान्त आवश्यक छ । नयाँ दिल्लीस्थित न्युजक्लिकको कार्यालयमा छापा मारेर प्रहरीले सिलसमेत गरेछ । भारतीय कम्युनिस्ट र माक्र्सवादीका महासचिव सीताराम यचुरीको घरमा पनि छापा मारिएपछि उनले सञ्चार माध्यमलाई भने घरमा बस्ने एक जना साथी न्यूजक्लिकमा काम गर्ने भएकोले प्रहरी मेरो निवासमा आएको हो । उनले भने, पुलिसले ल्यापटप र फोन उठाएर लगे । उनीहरूले के अनुसन्धान गरिरहेछन् थाहा छैन । तैपनि, यो मिडियालाई थुन्ने प्रयास हो भने देशले यसको पछाडिको कारण जान्नुपर्छ । आजको दमन न्यूजील्यान्डविरूद्धको उत्पीडन सबैभन्दा नयाँ कदम हो । झन् आर्थिक र मनिल्यान्ड्रिङ र मुद्राशुद्धीकरणको आरोप लगाउँदै प्रवर्तन निर्देशनालयले फेब्रुअरी २०२४ मा पहिलोपल्ट छापा मारेको थियो । धेरै पत्रकारहरूले किसान आन्दोलनलाई लिएर आक्रमण गरेको बताए । न्युजक्लिक जनसङ्घर्षको बारेमा निरन्तर रिपोर्टिङका लागि प्रख्यात थियो । देशका आन्दोलनहरूले यस मामिलामा अधिकारीहरू गिरफ्तारी र कारावासजस्ता कुनै पनि जबरजस्ती उपायहरूमार्फत किसानविरोधी प्रश्न गरेका थिए ।
यो यथार्थ यथार्थ नै हो ?
हामीले जे जति भने पनि गरे पनि भारतमा सक्कली प्रजातन्त्र नआउँदासम्म नेपालमा पनि सक्कली प्रजातन्त्र आउँदैन भन्ने निष्कर्षमा पुगेँ म त । मेरो यो दृष्टि कतिको देशभक्तिपूर्ण छ, यसैमा आलोचना हुनुपर्छ । तर पाकिस्तानमा कस्तो सत्ता छ ? कसको सत्ता छाएको छ भने हुँदो रहेछ तर भारतमा कस्तो सत्ता छ गान्धी परिवारको कि बीजेपीको धेरै माने नहुने रहेछ । खासमा यी पनि गाँसिएका छन् । कुनै पनि भारतीय हिन्दू जिन्दगीमा कम्तीमा एकपल्ट पशुपतिनाथको दर्शन गर्न मरिहत्ते गर्छ भने हामी नेपाली एकपल्ट ब्रह्मकपाली गरेर सारा पितृहरू तार्न दौड्छौँ । बद्री केदारजस्ता चार धाम नेपालीहरूको धार्मिक गन्तव्यमा छन् । जनताको तहको यो धार्मिक–सांस्कृतिक यात्रा कहिलेदेखि प्रारम्भ भयो ? बृहद् इतिहासको ठेली पल्टाउनुपर्छ । आम जनस्तरको यो सक्कली सम्बन्ध आजको होइन† इतिहासको सुरूदेखिको हो । म यो वस्तुसत्यलाई पत्याउँ नपत्याउँ त्यसको त्यति अर्थ छैन । एकपेट खान नपाउने एक वर्षमा एकजोर नयाँ लुगा लाउन नपाउने प्रायः नेपाली र भारतीय यो कुरा पत्याउँछ । यो यथार्थ हो । यो मानेर भारतसँग यो वस्तुस्थिति प्रतिबिम्बित हुने खालको सम्बन्ध स्थापित गर्नु आजको वस्तु सत्य हो । तसर्थ, भारतसँगको सम्बन्धमा पुनःविचार गर्नु उचित देख्छु ।
Leave a Reply