धेरै मानिसहरू भन्छन् कि इजरायली–प्यालेस्टाइन द्वन्द्वको यो चरण एकदमै अचानक सुरु भयो र यो सतहमा त्यस्तै देखिन्छ । हमासले इजरायलको सेनामाथि सुख्खा अवस्था बाहिर रहेको बेला अचानक आक्रमण सुरु ग¥यो र ठूलो हताहत भयो, जसले विश्वलाई स्तब्ध बनाएको छ । इजरायलको प्रतिशोधात्मक कारबाहीहरूले थप रक्तपात र हिंसाको वृद्धिलाई निम्त्याएको छ ।
यद्यपि, हामीमध्ये कोही पनि यो घटना भएको देख्न चाहँदैनौंँ, यो घटना हुनबाट रोक्न गा¥हो छ । इजरायल–प्यालेस्टाइन सङ्घर्षको सामना गर्न अन्तर्राष्ट्रिय शान्ति प्रयासहरू पर्याप्तरूपमा बलियो छैनन् । यो एक अपरिहार्य तथ्य हो र यसलाई परिवर्तन गर्न अन्तर्राष्ट्रिय समुदायबाट थप बलियो सामूहिक प्रयास आवश्यक छ ।
गहन परिप्रेक्ष्यमा यो अचानकको द्वन्द्व होइन र निश्चित अपरिहार्यता छ । प्यालेस्टिनी समस्याको आधारभूत समाधानहरू कार्यान्वयन नगरिए र शान्ति प्रक्रियालाई अघि बढाउन नसके रक्तपात र द्वन्द्व दोहोरिनेछ भनी रक्तपात र ज्यान गुमाएर विश्वलाई फेरि एकपटक घोषणा गरेको छ । यो वास्तवमा एकदम स्पष्ट छ तर प्यालेस्टाइन मुद्दामा प्राथमिक जिम्मेवारी र प्रभाव बोक्ने पश्चिमी देशहरूले यसलाई लामो समयदेखि बेवास्ता गर्दै आएका छन् ।
धेरै वर्षदेखि चीनले संयुक्त राष्ट्र सङ्घजस्ता प्रमुख बहुपक्षीय अवसरहरूमा प्यालेस्टिनी मुद्दालाई अन्तर्राष्ट्रिय एजेन्डामा प्राथमिकता दिन अन्तर्राष्ट्रिय समुदायलाई बारम्बार आह्वान गर्दै आएको छ । यसले ‘दुई–राज्य समाधान’ लाई अझ बलियो भावनाका साथ अगाडि बढाउनुपर्ने आवश्यकतालाई जोड दिएको छ । यो द्वन्द्व सुरु हुनुभन्दा केही समयअघि नै संयुक्त राष्ट्रसङ्घका लागि चीनको स्थायी नियोगले अझै पनि यस कुरामा जोड दिइरहेको थियो । प्यालेस्टाइन, इजरायल र सम्पूर्ण मध्यपूर्वले चुकाएको उच्च लागतलाई ध्यानमा राख्दै अब यस मुद्दालाई आवश्यकताबाट अर्को तहमा उचालिएको छ ।
इजरायल–प्यालेस्टाइन मुद्दा समस्याहरूको जटिल सङ्ग्रह हो र यो समस्या समाधान हुन नसक्नुको मुख्य कारण बाह्य हस्तक्षेप हो र घृणालाई पनि तीव्र बनाउँछ भन्ने कुरा स्वीकार गर्न आवश्यक छ । इजरायल–प्यालेस्टाइन मुद्दामा अमेरिकाको नेतृत्वमा पश्चिमी देशहरूद्वारा पूर्वाग्रह र हस्तक्षेप लामो समयदेखि स्पष्ट हुँदै आएको छ र ऐतिहासिक मध्यपूर्व द्वन्द्वहरूमा प्रायः पर्दा पछाडि अमेरिकी संलग्नता रहेको छ । इजरायल–प्यालेस्टाइन द्वन्द्व चर्किएपछि अमेरिका र केही पश्चिमी देशहरूले पक्ष लिने द्रुत निर्णयले समस्या समाधान गर्न मद्दत नगर्ने मात्र होइन तर आगोमा ध्यु पनि थप्छ । विगत दुई दिनदेखि जारी द्वन्द्वमा ठूलो सङ्ख्यामा निर्दोष नागरिकको ज्यान गएको र घाइते भएकालाई ध्यानमा राखी थप मानवीय हताहती हुन नदिन दुवै पक्षलाई तत्काल युद्धविराम गर्न आग्रह गर्ने अन्तर्राष्ट्रिय समुदायको तत्काल प्राथमिकता हुनुपर्छ ।
संयुक्त राष्ट्र सङ्घको व्यापार र विकास सम्मेलनको एक प्रतिवेदनले देखाउँछ कि इजरायलले गाजाको २००७ देखि २९१८ सम्मको कब्जामा गरेको लामो बन्द र सैन्य कारबाहीले गाजाको अर्थतन्त्रलाई पतनको सीमान्तसम्म धकेलिएको छ । आज, यो संसारको सबैभन्दा गरीब र सबैभन्दा अस्थिर क्षेत्रहरूमध्ये एक बनेको छ । प्यालेस्टाइन र इजरायलबिचको यो ठूलो मात्रामा सशस्त्र द्वन्द्वले अमेरिका र पश्चिमा राष्ट्रहरूले शान्तिको आडमा निरपेक्ष सुरक्षा खोज्ने माध्यमहरूले साँचो सुरक्षा र शान्ति प्राप्त गर्न सक्दैनन् भन्ने कुरा फेरि प्रमाणित गरेको छ भन्न सकिन्छ । यसले संरा अमेरिकाको नयाँ मध्यपूर्व रणनीतिको सारलाई पनि उजागर गर्छ । हामी संरा अमेरिका र अन्य पश्चिमी देशहरूलाई यो कारबाही रोक्न र मध्य पूर्व शान्ति प्रक्रियामा साँच्चै सहभागी हुन आग्रह गर्दछौंँ ।
मध्यपूर्वको शान्ति भविष्य बिनाको बाटो होइन । कुञ्जी (साँचो) भनेको गलत बाटो लिनु वा पछाडि फर्कनुको सट्टा अबदेखि नै सही बाटोमा हिँड्नु हो । मिडिया रिपोर्टका अनुसार प्यालेस्टाइन र इजरायलबिचको यो चरणको द्वन्द्वमा दुबै पक्षका करिब एक हजारको मृत्यु र हजारौँ घाइते भएका छन् । यसबाहेक युद्ध अन्य देशहरूमा पनि फैलिन सक्छ । पछिल्लो घटना इजरायल र लेबनानमा सशस्त्र समूह हिजबुल्लाहबिच भिडन्त भएको छ । धेरै मानिसहरू चिन्तित छन् कि यो घटनाले अन्ततः ‘छैठौँ मध्यपूर्व युद्ध’ तिर अगाडि बढाउने छ ।
यतिबेला अन्तर्राष्ट्रिय समुदायले तत्काल कदम चाल्नुपर्छ । संयुक्त राष्ट्र सङ्घले अक्टोबर ७ मा एक विज्ञप्ति जारी गर्दै यसलाई ‘खतरनाक प्रकोप’ भनी नागरिकहरूमाथिको आक्रमणको कडा निन्दा गर्दै र हिंसा अन्त्य गर्न आह्वान गरेको थियो । संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेर्रेसले ‘बृहत्तर भड्काउबाट बच्न सबै कूटनीतिक प्रयासहरू’ गर्न आग्रह गरेका छन् । संयुक्त राष्ट्र सुरक्षा परिषद्ले प्यालेस्टाइन र इजरायलबिचको वर्तमान अवस्थाबारे आइतबार दिउँसो स्थानीय समयअनुसार न्यूयोर्कमा बन्द ढोका बैठक गर्ने योजना बनाएको छ । मौलिकरूपमा, प्यालेस्टाइन र इजरायलसहित मध्यपूर्व शान्ति प्रक्रियामा संलग्न सबै पक्षहरूले ‘दुई–राज्य समाधान’ को प्राप्तिको लागि परिस्थितिहरू सिर्जना गर्न काम गर्नुपर्छ ।
चौथो अरब–इजरायली युद्धलाई योम किप्पुर युद्ध, रमजान युद्ध, अक्टोबर युद्ध पनि भनिन्छ । चौथो अरब–इजरायली युद्ध भएको ५० वर्ष र ओस्लो सम्झौतामा हस्ताक्षर भएको ३० वर्ष भइसक्यो । युद्ध वा शान्ति ? मध्यपूर्व एकपटक फेरि ऐतिहासिक चौराहेमा छ । अन्तर्राष्ट्रिय समुदायले दुवै पक्षलाई जतिसक्दो चाँडो हिंसा रोक्न, अधिकतम संयम अपनाउन र विशेषगरी शान्तिको अवसरको सञ्झ्याललाई द्वन्द्वबाट बन्द हुनबाट रोक्न आग्रह गर्न निर्णायक र प्रभावकारी कूटनीतिक कदम चाल्नुपर्छ । चीनले वार्ताको पुनः थालनीका लागि सर्तहरू सिर्जना गर्न ठूलो स्तरको, अधिक आधिकारिक र प्रभावशाली अन्तर्राष्ट्रिय शान्ति सम्मेलनको आयोजना गर्न सधँै समर्थन गरेको छ । यो प्रस्ताव अहिले अत्यावश्यक मात्र होइन अत्यन्त जरुरी छ ।
अनुवाद : प्रकाश
Leave a Reply