बिदै बिदा दिएर शैक्षिक गुणस्तर कायम होला ?
- बैशाख ७, २०८३
इजरायल वा प्यालेस्टाइनमा शनिबार प्यालेस्टिनी इस्लामिक आन्दोलन –हमासले गरेको रकेट आक्रमणमा परी १० जना नेपाली युवाको निधन भएको दुःखद खबर आएको छ । कतिपयले त्यहाँको स्थिति र कारण नै नबुझी हमास र प्यालेस्टिनीहरूको विरोध र निन्दा गरिरहेका छन् । प्यालेस्टाइन र इजरायलको द्वन्द्वको ऐतिहासिक कारण र चल्दै आएको द्वन्द्वको विकासक्रम बुझेपछि मात्र अहिलेको भिडन्त बुझ्न सकिन्छ ।
इजरायलको स्थापना संरा अमेरिका र बेलायतको सहयोगमा १९४८ मा प्यालेस्टाइनी भूमिबाट प्यालेस्टाइनी जनताको हत्या र बेदख्खल गरी भएको थियो । यसै मुद्दालाई लिएर पश्चिमा राष्ट्रद्वारा सबै तरिकाले समर्थित इजरायल र स्थानीय मुस्लिम बहुल देशबिच युद्ध पनि भइसकेको छ । इजरायलले पटक पटकको युद्धको क्रममा मात्र होइन हरेक दिनजसो जबरजस्ती सेनाको बलमा प्यालेस्टाइनी गाउँ सहर कब्जा गर्दै आएको छ । इजरायली बस्ती विस्तारको योजनाले आज अधिकांश प्यालेस्टाइनी भूमि इजरायली कब्जामा गएको छ भने प्यालेस्टाइनी जनता शरणार्थी बनेर विभिन्न देशका शरणार्थी शिविरमा कैद हुन र भौतारिन बाध्य भएका छन् । बीसौँ शताब्दीको पछिल्लो अवधि र यस शताब्दीमा सबैभन्दा दुःख र पीडा पाउने जनता यदि कोही छन् भने ती प्यालेस्टाइनी हुन् । प्यालेस्टाइनी जनताले आफूमाथिको अत्याचारको प्रतिकार र विरोध गर्न विभिन्न सिद्धान्तमा आधारित सङ्गठन र दलहरू निर्माण गरेका छन् । तीमध्ये अतिवादी मानिने हमास पनि एक दल हो । हमाससितको द्वन्द्वको नाउँमा इजरायली सेनाले जोर्डन नदीको पश्चिम किनारा र गाजापट्टिमा रहेका प्यालेस्टाइनी जनतामाथि अत्याचार गरिरहेको छ, नरसंहार गरिरहेको छ । इजरायली सेनाको दमनबाट लाखौँ प्यालेस्टाइनीले ज्यान गुमाइसकेका छन् । यो तथ्यलाई लुकाएर पश्चिमा र पश्चिमा समर्थक सञ्चारमाध्यम प्यालेस्टाइनी जनतामाथि सत्तोसराप गरिरहेका छन् ।
इजरायल सरकारले आफ्नो सुरक्षाका लागि मानव ढालको रूपमा उपयोग गर्न विभिन्न देशका नागरिकहरूलाई सस्तो ज्यामीको रूपमा त्यहाँ भिœयाइएको छ । त्यस्तो द्वन्द्वरत भूमिमा रोजगारी या शिक्षाको नाममा नेपाली युवालाई पठाउने नेपाल सरकारको नीति गलत छ । इजरायलमा नेपाली युवा मारिनुमा नेपाल सरकारको गलत नीति दोषी छ ।
Leave a Reply