भर्खरै :

अमेरिकाको पक्षपाती अडानले इजरायल–गाजा तनावलाई कम गर्ने प्रयासलाई कमजोर बनाउने खतरा

अमेरिकाको पक्षपाती अडानले इजरायल–गाजा तनावलाई कम गर्ने प्रयासलाई कमजोर बनाउने खतरा

आफ्नो पक्षपातपूर्ण अडान र कारबाहीले स्थितिलाई बिगार्न सक्छ र इजरायल–गाजा द्वन्द्वमा थप पक्षहरू संलग्न हुन सक्छ भन्ने चिन्ता बढ्दै गएको छ । संरा अमेरिकाले मध्यपूर्व क्षेत्रमा दोस्रो विमानवाहक वाहक जहाज पठाउने विचार गरिरहेको छ भने धेरै देशहरूले तनाव कम गर्ने प्रयास गरिरहेका छन् । बुधवारसम्म दुबै पक्षमा कम्तिमा १७०० जनाको ज्यान गएको छ
द्वन्द्व पाँचौँ दिनमा प्रवेश गरेको छ र इजरायलले गाजामा बारम्बार हवाई हमला गर्दै आएको छ । मिडिया रिपोर्टका अनुसारबमबारीले घर, विद्यालय र अस्पताललगायत सयौं लक्ष्यहरूलाई ध्वस्त पारेको छ र कम्तीमा ९५० जनाको ज्यान गएको छ ।
गाजामा बढ्दो तनावको बिचमा, केही मिडियाले रिपोर्ट गरे कि संरा अमेरिकाले इजरायलप्रति ऐक्यबद्धता र “क्षेत्रीय खेलाडीहरूलाई चेतावनी” को रूपमा पूर्वी भूमध्यसागरमा यूएयएस जेराल्ड आर फोर्डमा सामेल हुन दोस्रो विमान वाहक पठाउने विचार गरिरहेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन बिहीबार इजरायलका वरिष्ठ नेताहरूसँग भेट्न र त्यसपछि “एकता र समर्थनको सन्देश” पठाउन जोर्डन जाँर्दैछन्, रोयटर्सले बुधबार रिपोर्ट गरेको छ ।
विश्लेषकहरूका अनुसार इजरायललाई अमेरिकाको एकतर्फी समर्थनले न गाजा पट्टिमा द्वन्द्व अन्त्य गर्न मद्दत गर्नेछ वा हिंसा रोक्न हिंसालाई प्रयोग गर्नाले यस क्षेत्रमा दुष्चक्र लम्बिनेछ भन्ने महसुस गराउने छैन । यसबाहेक, चलिरहेको द्वन्द्वको परिणामस्वरूप प्यालेस्टाइन र इजरायलबिचको द्वन्द्व तीव्र हुन सक्छ र प्यालेस्टाइनलाई समर्थन गर्ने देशहरू जस्तै इरान, सिरिया र टर्की र इजरायलबिचको तनाव झन् बढी देखिनेछ ।
“अमेरिकाले आगो सल्काइहेको छ,“ साङ्घाई इन्स्टिच्युट फर इन्टरनेशनल स्टडीजको विदेशी नीति अध्ययन संस्थानका अनुसन्धानकर्ता ली वेइजियानले ग्लोबल टाइम्ससित भन्नुभयो, इजरायलले अमेरिकाको सहयोगमा सैन्य कारबाही अगाडि बढाउन दृढ हुनेछ । जसबाट प्यालेस्टाइन र इजरायलबिचको शत्रुतालाई तिव्र बनाउनेछ र भविष्यको वार्तालाई अझ कठिन बनाउनेछ ।
इजरायल क्रोध र प्रतिशोधद्वारा सञ्चालित भइरहेको छ र गाजामा निर्ममतापूर्ण सैन्य कारबाही गरिरहेको छ । एक पक्ष पूर्णरूपमा नष्ट नभएसम्म वा इजरायलले आफ्नो सुरक्षालाई खतरामा पार्न खोज्नेहरूलाई रोक्न पर्याप्त छ भन्ने निर्णय नगरेसम्म युद्ध जारी रहन सक्छ । चाइना इन्स्टिच्युट अफ कन्टेम्पोररी इन्टरनेशनल रिलेसनका अनुसन्धानकर्ता टियान वेनलिनले ग्लोबल टाइम्सलाई बताउनुभयो ।
यद्यपि, यसले अपेक्षित सुरक्षा र प्रतिरोध हासिल गर्न सक्दैन र जबसम्म प्यालेस्टाइन मुद्दाको कुनै निर्णायक समाधान हुँदैन, इजरायल र प्यालेस्टाइनबिचको द्वन्द्व जारी रहनेछ । टियानकाअनुसार केही इजरायली अधिकारीहरूले गाजापट्टीलाई धेरै ठूलो मूल्य तिर्न लगाउने दावी गरेका छन् । जसको अर्थ नयाँ पुस्ताको वास्तविकता परिवर्तन गर्नेछ, वर्तमान द्वन्द्वको नतिजा धेरै दुखद हुन सक्छ ।
स्थिति सामान्य हुँदै गएको कुनै सङ्केत छैन बरु, यो झन् गम्भीर रूपमा बढिरहेको छ । इजरायली सेना र लेबनानमा रहेका हिजबुल्लाह लडाकुहरूबिच पनि गोलीबारी भएको बताइएको छ । इजरायली सेनाले सिरियाबाट प्रहार गरिएको क्षेप्यास्त्र इजरायलको खुला क्षेत्रमा खसेको अल जजिराले जनाएको छ ।
इजरायल–प्यालेस्टाइन द्वन्द्व तिनीहरूको असमान शक्तिका कारण बिग्रिएको छ, जसले इजरायललाई सम्झौतामा पुग्न दिँदैन । यसमा संरा अमेरिकाको पनि सहयोग छ । साथै, मध्यपूर्वमा अमेरिकाको मेलमिलाप रणनीति प्यालेस्टाइनलाई इजरायलको बलियो समर्थनका कारण अन्यायपूर्ण र अनुचित छ, लीले भन्नुभयो ।
चीन, रुस र अरब देशहरू लगायत धेरै विश्वव्यापी र क्षेत्रीय शक्तिहरूले तनाव कम गर्न मद्दत गर्ने प्रयास गरिरहेका छन् किनभने धेरै हताहत र अधिक विनाशकारी मानवीय अवस्था अन्तर्राष्ट्रिय समुदायले हेर्न चाहेको छैन, लीले भन्नुभयो ।
बुधबार चिनियाँ परराष्ट्र मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले हालको द्वन्द्वमा चीनको अडान दोहो¥याउदै प्यालेस्टाइन र इजरायलबिचको द्वन्द्वको चक्र अन्त्य गर्न शान्ति वार्ता पुनः सुरु गर्न, दुई राज्य समाधानको कार्यान्वयन गर्न र व्यापक र गहन खोज गर्न आवश्यक रहेको बताउनुभयो । प्यालेस्टाइन प्रश्नको राजनीतिक माध्यमबाट चाँडै नै उचित समाधान होस्, ताकि दलहरूको जायज सरोकारलाई सम्बोधन गर्न सकियोस् ।
बुधबार मध्यपूर्वका लागि चिनियाँ सरकारका विशेष दूत झाइ जुनले प्यालेस्टाइनका उप–विदेशमन्त्री अमल जादौसँग टेलिफोन वार्ता गर्नुभयो र अहिलेको जरुरी काम भनेको लडाइँ बन्द गर्नु र नागरिकहरूको सुरक्षा गर्नु हो ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मङ्गलबार टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग फोन वार्ता गर्नुभयो र तनाव कम गर्ने उपायहरूबारे छलफल गर्न र उनीहरूले नागरिक बस्तीहरूलाई लक्षित गर्ने चिन्ता व्यक्त गर्नुभयो ।
यसैबिच, अरब लिगले बुधबारको लागि आपत्कालीन बैठकको घोषणा गरेको छ । अरब लिगका सदस्य राष्ट्रहरूका विदेशमन्त्रीहरूले द्वन्द्वलाई कम गर्ने र नागरिकहरूलाई थप क्षति हुन नदिने रणनीतिहरूबारे छलफल गर्ने कार्यक्रम तय गरिएको थियो । संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार भन्नुभयो कि इजरायलको ‘नाकाबन्दी’ अन्तर्राष्ट्रिय कानुनअन्तर्गत गैरकानुनी थियो र उहाँले “प्यालेस्टिनी सशस्त्र समूहका सदस्यहरूद्वारा गरिएको भनिएको भयावह सामूहिक हत्या” को निन्दा गर्नुभयो र लडाकुहरूले बन्धकहरूको अपहरणलाई पनि अन्तर्राष्ट्रिय कानूनअन्तर्गत निषेध गरेको बताउनुभयो ।
हालैका वर्षहरूमा मध्यपूर्वमा मेलमिलापको प्रवृति देखिए पनि केही सम्बन्धमा सुधार र तनाव कम हुँदै गएको छ भने यो नयाँ द्वन्द्वले प्यालेस्टाइन समस्या समाधान नगरी मेलमिलाप अधुरो र नाजुक छ भन्ने विश्वलाई थाहा दिएको लीले बताउनुभयो ।
विश्लेषकहरूले अरब विश्व, मध्य पूर्व र अन्तर्राष्ट्रिय समुदायले यस मुद्दालाई पुनर्विचार गरी एजेन्डामा राख्नुपर्ने टिप्पणी गर्नुभयो । प्यालेस्टाइन र इजरायललाई अझै पनि हिंसात्मक द्वन्द्वको दुष्चक्रबाट सकेसम्म चाँडो बाहिर निस्कन अन्तर्राष्ट्रिय समुदायको मध्यस्थता र सहयोगको आवश्यकता छ ।
अनुवाद : प्रकाश

Leave a Reply

Your email address will not be published. Required fields are marked *