यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
हरेक देशमा अमनचयन कायम गर्न, जनतालाई शान्ति र सुरक्षाको अनुभूति दिन संविधान र राज्यले सरकार, प्रधानमन्त्री, राष्ट्रपतिको व्यवस्था गरेको हुन्छ । उनीहरू देश र जनताका अभिभावक र रक्षक हुन् । सम्मानित पदमा पुग्नको लागि जनताबाट निर्वाचित हुन चुनावी सभालगायत अन्य सभा, बैठकमा देश र जनताको रक्षा गर्न देशमा शान्ति अमनचयन कायम गर्न, अपराधीहरूलाई कारबाही गर्न भनी विभिन्न दलका उम्मेदवारहरूले जनतालाई बचन दिएका हुन्छन् । सम्मानित पदमा पुगेका व्यक्तिहरूले जनतालाई दिएको मौखिक र लिखित बचन (घोषणापत्र) अनुसार देशमा शान्ति, अमनचयन कायम गर्न, भ्रष्टाचार र अपराध नियन्त्रण गर्न महत्वपूर्ण भूमिका खेल्नुपथ्र्यो । तर, कुनै पनि राष्ट्रपति, प्रम तथा मन्त्रीहरूबाट त्यस्तो काम भए जनताले अनुभूति गर्न सकेका छैनन् । उनीहरू विवादबाट मुक्त रहन सकेनन् । वर्तमान सरकारबाट नेपाली जनताले शान्तिको सास फेर्न पाएका छैनन् । काम विशेषले बाहिर गएका छोराछोरीहरू घर फर्कन नपाउने हुन् कि अपहरणमा पर्ने हुन्, चेलीबेटीहरू बलात्कृत या बेपत्ता हुने हुन् कि हत्या गरेर जङ्गल वा नदीमा फाल्ने हुन् भन्ने चिन्ता लिनुपर्ने अवस्था छ ।
राजनीतिक विश्लेषकहरूले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाललाई अपराधीहरूको संरक्षक भनी त्यसै आरोप लगाएका होइनन् । गत असोज ३ गते संविधान दिवसको अवसरमा नेपाली जनताको सङ्घर्षबाट प्राप्त गणतान्त्रिक संविधानको भावना तथा मर्मविपरीत जिल्ला पुनरावेदन र सर्वाेच्च तहको न्यायालयले जन्मकैदको आदेश दिएका नेपालगञ्जका चेतन मानन्धरलाई खुँडाले प्रहार गरेर हत्या गर्ने रिगल भनिने योगराज ढकाललाई सरकारले कैद मिनाहाको सिफारिस ग¥यो र कैदमाफीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सिफारिस गरे । मन्त्रिपरिषद्को निर्णय र सिफारिसलाई रोक्ने, फिर्ता पठाउन सक्ने उनलाई संवैधानिक अधिकार छ । तर, रोक्ने काम भएन । सजाय भुक्तान गरिरहेका १३४ जना अपराधीहरू बाँकी कैद मिनाहा गरेर रिहा भए । राष्ट्रपति रामचन्द्र पौडेल, प्रम पुष्पकमल दाहाल र गृहमन्त्री नारायणकाजीमा जिम्मेवारीबोध छ भने नैतिकताको आधारमा राजीनामा दिनुपथ्र्याे । प्रजातान्त्रिक मूल्यमान्यता र नैतिकतामा अडेका नागरिक भएको भए उनीहरूले असोज ४ गते नै राजीनामा दिइसक्थे ।
ती कैदमाफी गरी रिहा गरिएका अपराधीहरूमध्ये १७३ जनाको ६० प्रतिशत र ४९७ जनाको ५० प्रतिशत सजाय माफी भएको थियो । राष्ट्रपति, प्रम तथा गृहमन्त्रीको यो गलत कदमको चारैतिरबाट विरोध भइरहेको छ । त्यस्ता अपराधीहरूलाई छुटाउने सिफारिस पत्रमा सही गर्दा राष्ट्रपति रामचन्द्र पौडेलको हात किन कामेन ? चेतन मानन्धरजस्ता सयौँ हजारौँ मृतकको आत्माले वाचुञ्जेल उनीहरू कामिरहनेछन् । उनीहरूको सरापले राष्ट्रपति पौडेल, प्रम प्रचण्ड र गृहमन्त्री श्रेष्ठलाई सताइरहनेछ । उनीहरूलाई त्यसले राम्रोसँग निदाउन दिनेछैन । शासक दलका यस्ता गुन्डाहरू जो हिजो यस्तै अपहरण, हत्या, बलात्कार, लुट, कुटपिटजस्ता फौजदारी अपराधमा संलग्न थिए । यस्ता अपराधीहरूले ज्यान लिएर बेपत्ता पारेका गाउँ र दूरदराजका पीडितलाई दबाब र प्रभाव पारेर, धम्की दिएर गुपचुप गराएका, मिलापत्रको नाटक मञ्चन गरेको सञ्चारमाध्यमको पहुँच नपुगेका यस्ता अपराधका घटनाहरू कति होला कति ¤
यी शासक दलका नेता तथा कार्यकर्ता भनिएकासँग अपराधीहरूको साँठगाँठ हुने भएको हुँदा अपराधीहरूलाई राजनीतिक संरक्षण दिएको हुँदा त्यस्ता अपराधका घटनाहरूको समाचार हतपत बाहिर आउँदैन । उनीहरूले सबै प्रशासन यन्त्रलाई हातमा लिएका वा नियन्त्रणमा लिएका हुन्छन् । तर, सामान्य अशिक्षित, गरिब जनता अपराधमा जानी नजानी फसाइयो भने उनीहरूलाई तुरुन्तै पक्रेर सजाय हाल्छन् । कतिपय त झूटा मुद्दामा पारेका वा फसाइएका हुन्छन् । उनीहरूसँग कानुन व्यवसायीलगायत अन्य कुनै कतै पहुँच हुँदैन । धरौती राख्न सक्ने कुरा त सपनाको कुरा भयो । हाम्रो अगाडि निर्मला पन्तको बलात्कारपछि हत्याको आलोचना भइरहेको छ । पोखराका नमिता, सुमिता हत्याका हत्यारालाई पनि पत्ता लगाउन सकिएन ।
भुटानी शरणार्थी, ललिता निवासको सरकारी जग्गा, सुन काण्डलगायतका काण्डमा मुछिएका ठूला अपराधीहरूलाई सरकारले समात्न सकेको छैन । ती अपराधीहरूलाई सुरक्षाकर्मीहरू सलामी थोक्न बाध्य छन् । दलका नेता कार्यकर्ताको मकुन्डो लगाएका अपराधीहरू समातिन्छन् र छोडिन्छन् । अपराधी पक्रेको एक घण्टा नहुँदै दलका नेताहरू ती अपराधीलाई छोडाउन सुक्षाकर्मीहरू आदेश पालन गरेर अपराधीहरूलाई छोड्न बाध्य हुन्छन् । प्रभाव र दबाबमा लुकाइएका, गरिबको सम्पत्ति लुट्ने, हत्या गर्ने, गायब पार्ने, अपहरण गर्ने, छोरीबेटी विदेशमा लगेर बेच्ने, भ्रष्टाचार गर्ने, सार्वजनिक पर्ती जग्गा, बनजङ्गल, नदी बगर अतिक्रमण गर्ने अपराधीहरू कति छन् कति ¤ बाहिर आउन बाँकी छ ।
इमानदार, नैतिकवान, निष्कलङ्क, देशभक्त, कुनै देशीविदेशी शक्तिको अगाडि नझुक्ने, कसैको दबाब र प्रभावमा नबस्ने, देश र जनताको सेवामा लाग्ने सरकार हाम्रो आवश्यकता हो ।
Leave a Reply