यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २५ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुर भ्रमणमा आएका विभिन्न देशका प्रतिनिधि टोलीलाई बिहीबार सांस्कृतिक नगरी भक्तपुरमा खादा, भादगाउँले टोपी र परम्परागत थैलीले स्वागत गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले भौगोलिक दृष्टिले अलग अलग देशमा रही आए पनि सूचना र प्रविधिले एकआपसमा नजिक्याएको बताउँदै विभिन्न देशहरूसँगको पारस्परिक सहयोग पनि हुँदै आएको बताउनुभयो ।
नेपाल सरकारलाई विशेषगरी व्यापार, पर्यटन र शैक्षिक क्षेत्रमा मित्र देशहरूले महत्वपूर्ण सहयोग र योगदान गरिरहेको स्मरण गर्दै उहाँले भन्नुभयो, “भक्तपुरको कला र संस्कृति हाम्रो पहिचान हो र त्यो देशको सम्पत्ति पनि हो । हामीले ती सम्पत्तिहरूलाई संरक्षण र संवद्र्धनमा जोड दिँदै आएका छौँ ।”
नगरपालिका प्रवेश गर्ने पर्यटकहरूसँग उठेको शुल्कबाट भक्तपुरको कला—संस्कृति संरक्षण, शिक्षा, स्वास्थ्य र पर्यटन प्रवद्र्धनमा खर्च गर्दै आइरहेको उल्लेख गर्दै प्रमुख प्रजापतिले सम्पदा पुनःनिर्माण र जीर्णोद्धारमा भक्तपुर नपा सक्रियतापूर्वक अगाडि बढिरहेको बताउनुभयो ।
भक्तपुर नपाले विदेशीको सहयोगलाई भन्दा यहाँका स्थानीयहरूसँग मिलेर विकास गर्छौंं भन्ने भावनाले काम गर्दै आइरहेको उहाँले बताउनुभयो ।
भक्तपुरमा उपभोक्ता समितिबाट भएका कामबाट स्थानीयले रोजगारी पाउने, गुणस्तरीय निर्माण हुने, कम खर्च, स्थानीय सीप र प्रविधिको प्रयोग हुने गरेको चर्चा गर्दै उहाँले भक्तपुर नपा शिशुस्याहार केन्द्रदेखि कलेजहरू सञ्चालन गर्ने देशकै एक मात्र स्थानीय तह भएको बताउनुभयो ।
भक्तपुर नगरपालिका ख्वप विश्वविद्यालय सञ्चालन गर्ने तयारीमा रहेको र विश्वविद्यालय सञ्चालनको लागि सरकारको स्वीकृतिको पर्खाइमा रहेको उहाँले उक्त कार्यक्रममा अवगत गराउनुभयो ।
उपप्रमुख रजनी जोशीले २०७२ सालमा गएको भूकम्पको असर, निजी घर तथा सम्पदा पुनःनिर्माणमा परम्परागत प्रविधि, संस्कृति संरक्षणमा भक्तपुर नपाको भूमिका, राष्ट्रिय कला सङ्ग्रहालय पुनःनिर्माण आदिबारे प्रस्तुतीकरण गर्नुभयो ।
कार्यक्रममा उपस्थित प्रतिनिधिहरूले भक्तपुरको शिक्षा, सम्पदा, सरसफाइ, पर्यावरण सुरक्षा, फोहोरमैला व्यवस्थापन, वायु प्रदूषण, खानेपानी व्यवस्थापन आदि विषयमा नगर प्रमुख र उपप्रमुखसमक्ष जिज्ञासा राख्नुभएको थियो । टोलीका प्रतिनिधि मार्क हार्भेले भक्तपुरले गरेको न्यानो स्वागतको लागि धन्यवादज्ञापन गर्दै भक्तपुरका सांस्कृतिक सम्पदाहरू अद्वितीय भएको र भक्तपुर साँच्चै नै सुन्दर र आकर्षक सहरको रूपमा पाएको बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले प्रतिनिधि टोलीलाई भक्तपुर नपाको फोटो पुस्तक उपहारको रूपमा प्रदान गर्नुभएको थियो ।
टोलीमा बेलायत, फिलिपिन्स, कम्बोडिया, थाइल्याण्ड, लावस, भारतलगायत विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति थियो ।
Leave a Reply