यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
भक्तपुर, २७ असोज । समाज सुधार बचत तथा ऋण सहकारी संस्था लि.को सो¥हौँ वार्षिक साधारणसभा तथा पाँचौँ अधिवेशन शनिबार सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् वाग्मती प्रदेशका सदस्य सृजना सैंजुले सहकारीको माध्यमबाट जनचेतना जगाउन आग्रह गर्दै संस्थाले महिलाहरूलाई सांस्कृतिकरूपमा उभ्याउन कोसिस गरिरहनुपर्ने बताउनुभयो ।
उहाँले देउराली बचतका अध्यक्षले रु. ७ अरब लिएर भागेको चर्चा गर्दै निजी संस्था नाफामुखी हुन्छ, त्यहाँ सेवामुखी हुँदैन भन्नुभयो ।
उहाँले भन्नुभयो, “बदमासी गर्ने सहकारीहरूलाई सरकारले कारबाही गरेको छैन । सहकारी आन्दोलन पैसा लिने र दिने मात्र होइन यसमा चासो र चिन्ता पनि लिनु आवश्यक छ ।”
उहाँले सरकारले आफ्नो नगरभित्रका सम्पूर्ण सहकारीहरूको नियमन गर्नुपर्ने र खराब नियत भएका सहकारीहरूलाई कारबाही गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
बहुदल स्थापनापछि कलकारखानाहरू एमाले, काङ्ग्रेस र माओवादी मिलेर पालैपालो बेचेका कारण देशको उद्योगधन्दा तहसनहस भएको उल्लेख गर्दै उहाँले सहकारीहरूले वैचारिक आन्दोलनलाई पनि प्राथमिकतामा राखेर काम गर्नुपर्छ भन्नुभयो ।
“प्यालेस्टाइनहरू स्वतन्त्रता चाहन्छन्, ५३०० सैनिकहरू इजरायलको जेलमा रहेका छन् । प्यालेस्टाइनीहरूको दुःख संसारले लुकाउनु हुँदैन । प्यालेस्टाइनको जमिनलाई खरानी बनाइँदै छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा भक्तपुर जिल्ला बचतका प्रतिनिधि काजीबहादुर पञ्चले सहकारी काम गरी खाने वर्गको लागि अत्यन्त महत्वपूर्ण रहेको बताउँदै संस्थामा तरलता १५ प्रतिशतभन्दा बढी देखिएकोले संस्था राम्रो रहेको बताउनुभयो ।
कार्यक्रममा सूर्यविनायक नगरपालिका सहकारी शाखाका प्रतिनिधि कल्पना श्रेष्ठले सहकारीका सदस्यहरू धेरै चनाखो हुनुपर्ने, सहकारीका गतिविधिहरू बुझ्नुपर्ने, सञ्चालकहरूदेखि सचेत हुनुपर्ने बताउनुभयो ।
संस्थाका अध्यक्ष एवम् सभापति महेन्द्र बखुन्छँेले समुदायमा आधारित रहेर सहकारी सञ्चालन गर्दै आइरहेको बताउँदै बढी ब्याज दिने लोभ देखाएर सहकारी दलालहरूले सोझासिधा जनताको पैसा गैरसमुदायमा आधारित सहकारीमा लगेको चर्चा गर्नुभयो ।
सल्लाहकार श्याम बिसुङ्के, संस्थाका सचिव सीताराम खिउँजु, कोषाध्यक्ष श्यामकृष्ण धुख्वा, लेखा सुपरिवेक्षण समितिका संयोजक रामगोपाल भुजु, ऋण उपसमितिका संयोजक रामकृष्ण बखुन्छेँले आ–आप्mनो प्रतिवदन प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा असल बचतकर्ता, असल ऋणी तथा २०७९ सालको एसईई परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई सम्मान गरिएको थियो ।
अधिवेशनबाट रामकृष्ण बखुन्छँेको अध्यक्षतामा ९ सदस्यीय नयाँ सञ्चालक समिति र जीतबहादुर खाइजुको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति चयन भएको थियो ।
Leave a Reply