भर्खरै :

सी चिनफिङ च्याङसीको निरीक्षणमा

सी चिनफिङ च्याङसीको निरीक्षणमा

पेइचिङ । अक्टोबर १० तारिखदेखि १३ तारिखसम्म सी चिनफिङले च्याङ सी प्रान्तको निरीक्षण गर्नुभयो । उहाँले गोष्ठीको अध्यक्षता गर्दै याङ सी नदी आर्थिक क्षेत्रकोे उच्च गुणस्तर विकासलाई अगाडि बढाउने विषयबारे योजना प्रस्तुत गर्नुभयो ।
याङ सी नदी आर्थिक क्षेत्रको विकास चीनको बृहत् क्षेत्रीय विकास रणनीति हो । सी चिनफिङले याङ् सी नदी आर्थिक क्षेत्रको विकासमा उच्च महत्व दिनुभयो । उहाँले हालैका आठ वर्षमा याङ सी नदी आर्थिक क्षेत्रको गोष्ठीको अध्यक्षता गर्नुभएको यो चौथो पटक हो । उहाँको योजनामा याङ सी नदी आर्थिक क्षेत्र विश्वको प्रभावशाली आर्थिक क्षेत्र बन्ने, पूर्व, मध्य र पश्चिमको सहकार्यको समन्वय र विकासको क्षेत्र बन्ने, समुद्री तटवर्तीको खुला क्षेत्र बन्ने, पर्यावरणीय सभ्यता निर्माणको नमुना क्षेत्र बन्ने छ ।
हरित विकास सी चिनफिङको पर्यावरणीय सभ्यता विचारधाराको केन्द्रीय विषय हो । च्याङ सीको निरीक्षण क्रममा याङ सी नदी किनारको पर्यावरणीय पुनस्र्थापना, पेट्रोलियम तथा रासायनिक वस्तु उद्योग–व्यवसायको हरियो विकासबाट सी चिनफिङले पर्यावरणीय संरक्षण र हरित विकासमा महत्व दिनुभएको कुरा देखिएको छ ।
हजार वर्षको इतिहास रहेको पोर्सिलेन शहर चिङ तचनको निरीक्षण गर्दै सी चिनफिङले पोर्सिलेन चीनको मूल्यवान वस्तु हो र पनि चिनियाँ सभ्यताको परिचय कार्ड हो भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *