पेइचिङ रिभ्यू – चीनमा सम्भावना र चुनौतीका केही कुरा
- आश्विन २८, २०८१
चीनको बेल्ट एन्ड रोड इनिसिएटिभ अहिलेसम्मकै सबैभन्दा महत्वाकाङ्क्षी विकास र वृद्धि पहल हुनसक्छ । यो २०१३ मा सुरू भएको थियो, यो पहल एक बहुमुखी वैश्विक पहलमा विकास भएको छ । पूर्वाधार निर्माणका साथै नीतिगत समन्वय, कनेक्टिभिटी, निर्बाध व्यापार, वित्तीय एकीकरण र धेरै देशका मानिसहरूलाई जोड्ने जस्ता प्राथमिकताहरूलाई समर्थन गर्न यसले ठूलो सफलता हासिल गरेको छ ।
बीआरआइद्वारा विश्वलाई ‘विनाशको बाटो’ मा पारेको पश्चिमी मिडियामा भर्खरै भ्रामक र दुर्भावनापूर्ण रिपोर्टहरू अज्ञानी र यथार्थबाट टाढा छन् । विगत एक दशकमा चीनले वास्तवमै पहलको सह–निर्माणका लागि १५२ भन्दा बढी देशहरू र ३२ अन्तर्राष्ट्रिय संस्थाहरूसँग हस्ताक्षर गरेको छ । त्यसले बीआरआईबाट हुनसक्ने फाइदाहरूमा ठूलो विश्वासको मत प्रतिबिम्बित हुन्छ ।
अफ्रिकी देशहरूमध्ये ठूलो सङ्ख्यामा, विशेषगरी, विकासोन्मुख देशहरूले चीनले ‘व्यवसाय’ गर्ने र बीआरआईमा सहयोग गर्ने केही पश्चिमी देशहरूको दृष्टिकोण साझा गर्दैनन् । पश्चिमा विशेषगरी संयुक्त राज्य अमेरिकाले चीनलाई बदनाम गर्न र चीनको अन्तर्राष्ट्रिय सम्बन्धलाई कमजोर बनाउन तथाकथित नयाँ औपनिवेशिक सम्बन्ध र ऋणको जालको भ्रम फैलाएको ठूलो सङ्ख्यामा देशहरूले बुझेका छन् । यी प्रतिउत्पादक अमेरिकी आक्रमणहरूले आर्थिक सहयोगमा धेरै ध्यान केन्द्रित गर्दछ, अफ्रिका र विश्वव्यापीरूपमा चीनको साँचो अभिप्रायमा जनमतलाई जानाजानी भ्रामक र हेरफेर गर्ने नियत हो । तथाकथित चिनियाँ ऋणको जाल अमेरिकाले बनाएको र फैलाएको झूट हो र जिम्मेवारी र दोषारोपणलाई पन्छाउनका लागि यो र केही अन्य पश्चिमी देशहरूले प्रचार गरेका छन् । बीआरआईमा यति धेरै देशहरूको सहभागिताले पहलका लागि अन्तर्राष्ट्रिय समुदायको बलियो समर्थनलाई प्रतिबिम्बित गर्दछ र अमेरिकाको दुर्भावनापूर्ण आरोपको मुखभरिको जवाफ हो ।
हालैका वर्षहरूमा, विकासशील देशहरूले मुख्यतया पश्चिमी व्यावसायिक ऋणदाताहरू र बहुपक्षीय संस्थाहरूबाट ऋण लिएका छन् । प्रतिष्ठित बेलायती परोपकारी संस्था डेट जस्टिसले गरेको जुलाई २०२२ को अध्ययनले अफ्रिकी देशहरूले चीनको तुलनामा पश्चिमी संस्थाहरूलाई तीन गुणा बढी ऋण तिर्न बाँकी रहेको बताएको छ । अमेरिकाले हालसालै गरेको अभूतपूर्व ब्याजदर वृद्धिले धेरै विकासोन्मुख देशहरूबाट ठूलो मात्रामा पुँजी बहिर्गमनलाई निम्त्याएको छ, जसले ती देशहरूको ऋण समस्यालाई थप जटिल बनाएको छ ।
सन् २०२२ मा चीनले उच्च गुणस्तरको बेल्ट एन्ड रोड सहकार्यलाई अगाडि बढाउने र विश्वव्यापी आर्थिक मन्दीको बाबजुद यी साझेदारहरूसँगको चीनको व्यापार १९.४ प्रतिशतले बढेको छ । बीआरआई धेरै जीवन्त र राम्रो छ । चिनियाँ विदेश मन्त्रालयका अनुसार तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेसनल कोअपरेसन अक्टोबर १७–१८ मा पेइचिङमा आयोजना हुने भएको छ, यो वर्ष बीआरआईको दसौँ वार्षिकोत्सव मनाइँदै छ ।
आजसम्म १३० भन्दा बढी देशका प्रतिनिधिहरूले प्रस्तावित फोरममा भाग लिने पुष्टि गरेका छन् । २०२३ फोरम, तथापि, भूराजनीतिक र भू–आर्थिक वातावरणमा जटिल र चिन्ताजनक घटनाक्रमहरू बीचमा हुँदै छ, जसमा आन्तरिक र अन्तर्राष्ट्रिय आर्थिक हेडवाइन्डहरू, अमेरिका–चीन सम्बन्धमा लामो समयसम्म तनाव र रूस र युक्रेनबिचको द्वन्द्वहरू समावेश छन् ।
बढ्दो जटिल र विभाजित संसारमा यी चुनौतीहरूको बाबजुद तेस्रो बेल्ट एन्ड रोड फोरमले बीआरआईको निरन्तर सफलताको कथामा केन्द्रित हुने अपेक्षा गरिएको छ । बीआरआईको अस्तित्व र निरन्तरता सम्पूर्ण विश्व समुदायको हितमा छ । फोरमले पहललाई अझ प्रवद्र्धन गर्न पहलका धेरै उपलब्धिहरूको लेखाजोखा गर्नेछ ताकि यसले विश्वलाई फाइदा पु¥याउन र यसलाई अझ समृद्ध, शान्तिपूर्ण र स्थिर बनाउन मद्दत पु¥याउन सकोस् ।
बीआरआईले अफ्रिकी सङ्घ र अफ्रिकी अन्तर–राज्य प्रणालीलाई धेरै अवसरहरूसहित प्रस्तुत गर्न जारी राखेको छ र यसले अफ्रिकी देशहरूको आर्थिक र सामाजिक विकासलाई कुनै एक राजनीतिक धारलाई मात्र संलग्न नगरी बलियो बढावा दिएको छ । बीआरआई कार्यान्वयनका लागि चीन–अफ्रिकी सङ्घ समन्वय संयन्त्रको संयुक्त स्थापना पहलको ढाँचामा उनीहरूको सहयोगलाई थप गति दिनको लागि महत्वपूर्ण कदम थियो । संयुक्त समन्वय संयन्त्रले २०२० मा स्थापना भएदेखि नै बीआरआईको संयुक्त निर्माणलाई प्रभावकारी रूपमा प्रवद्र्धन गरेको छ र अफ्रिका र चीनबीचको रणनीतिक सहयोगको भावी विस्तारको लागि राम्रोसँग जोड दिएको छ ।
अफ्रिकी सङ्घद्वारा बनाइएको अफ्रिकी महाद्वीपीय स्वतन्त्र व्यापार क्षेत्र, यसको ५५ सदस्य राष्ट्रहरूमध्ये ५४, महाद्वीपमा व्यापक विकास एकीकरण एजेन्डाको स्तम्भको रूपमा हेर्नुपर्दछ । सन् २०२२ को अन्त्यसम्ममा लगातार १४ वर्षसम्म अफ्रिकाको सबैभन्दा ठूलो व्यापारिक साझेदारको रूपमा चीनको रचनात्मक संलग्नताले अफ्रिकासँग बीआरआईमार्फत सहयोग गर्नु अत्यावश्यक छ ।
अफ्रिका र अन्य साझेदारहरूमा बीआरआईका उद्देश्यहरूको निरन्तर उपलब्धिको लागि सबै सहभागी देशहरूबाट समान महत्वाकाङ्क्षी र महत्वपूर्ण सुधारहरू आवश्यक हुनेछ । चीनले लामो समयदेखि खुलापनको सिद्धान्तलाई पछ्याइरहेको छ र अफ्रिकाको आवश्यकतालाई मध्यनजर गर्दै अफ्रिकासँग व्यावहारिक सहयोगका नयाँ क्षेत्रहरू विस्तार गर्दै नयाँ गतिशीलता सिर्जना गर्दै आएको छ । फलस्वरूप, अफ्रिका र चीनले निम्न क्षेत्रहरूमा थप ध्यान दिइरहेका छन्ः सुशासन, ऋण दिगोपन, पारदर्शी सरकारी खरीद र उच्चतम सामाजिक र वातावरणीय मापदण्डहरूको नियमित पालना ।
आगामी बेल्ट एन्ड रोड फोरममा अफ्रिकाको राम्रो प्रतिनिधित्व हुनेछ र भविष्यमा पूर्वाधार विकास, औद्योगिकीकरण, ऊर्जा, आवास र अन्तर–अफ्रिकी व्यापारका प्रमुख प्राथमिकता विकास क्षेत्रमा चीनसँगको बेल्ट एन्ड रोड सहयोगलाई अझ सुदृढ गर्न तत्पर छन् । अफ्रिकालाई भविष्यको विश्वव्यापी शक्ति घरमा रूपान्तरण गर्ने खाका, साथै क्षेत्रीय र राष्ट्रिय विकास रणनीतिहरूमा सबै अफ्रिकी सङ्घको एजेन्डा २०२३ मा प्रतिबिम्बित हुन्छ ।
(लेखक झेजियाङ नर्मल युनिभर्सिटीको इन्स्टिच्युट अफ अफ्रिकी स्टडीजका वरिष्ठ अनुसन्धानकर्ता र दक्षिण अफ्रिकी अन्तर्राष्ट्रिय सम्बन्ध तथा सहयोग विभागका पूर्व वरिष्ठ कूटनीतिज्ञ हुनुहुन्छ । लेखकले यो लेख चाइना वाच, चाइना डेलीद्वारा संचालित थिंक ट्याङ्क कार्यक्रममा योगदान गर्दै लेख्नुभएको हो ।)
अनुवाद : प्रकाश
Leave a Reply