भर्खरै :

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विभिन्न मुलुकका नेताहरूसँग भेटघाट

चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङद्वारा विभिन्न मुलुकका नेताहरूसँग भेटघाट

पेइचिङ, अक्टोबर १७ (सीआरआई) । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चमा उपस्थित हुनुका साथै चीनको औपचारिक भ्रमणमा रहनुभएका इथियोपियाका प्रधानमन्त्री आबी अहमेद आलीसँग भेटवार्ता गर्नुभएको छ ।
दश वर्षयता बेल्ट एन्ड रोडको महत्वपूर्ण सहभागीको रूपमा रहेको इथियोपिया र चीनबिचको सहयोग झनै व्यापक र उपलब्धि झनै फराकिलो भएको भन्दै राष्ट्राध्यक्ष सीले चीन–अफ्रिका सहयोगको यो सम्बन्ध अग्रस्थानमा रहेको उल्लेख गर्नुभयो ।
चीनले इथियोपियासँग बेल्ट एन्ड रोडको संयुक्त रचना, चीन–अफ्रिका सहयोग मञ्चलगायत प्रारूपमा विभिन्न क्षेत्रका व्यवहारिक सहयोगलाई बढाउने इच्छा लिनुका साथै इथियोपियाको युद्धपछि पुनःनिर्माण र आर्थिक पुनरूत्थानलाई समर्थन गरी ग्लोबल विकास पहलको पालना गरेर इथियोपियाको विकासलाई साकार पार्न सहयोग गर्ने पनि सीले व्यक्त गर्नुभयो ।
यसबाहेक राष्ट्राध्यक्ष सी चिनफिङले पेचिङमा छुट्टाछुट्टै गरी हंगेरीका प्रधानमन्त्री ओर्बान भिक्टोर, चिलीका राष्ट्रपति गाब्रिल बोरिक, कजाकिस्तानका राष्ट्रपति कासिम जोमार्ट तोकायेभ, पपुवा न्यू गिनीका प्रधानमन्त्री जाम्स मारापेसँग भेटवार्ता गर्नुभयो ।
बहुभाषिक पुस्तक ‘बेल्ट एण्ड रोड’ सी चिन फिङको चर्चाको पेचिङमा विमोचन
त्यस्तै अक्टोबर १६ का दिन पेइचिङमा बहुभाषिक पुस्तक ‘बेल्ट एण्ड रोड’ सी चिन फिङको चर्चाको एक समारोहबिच विमोचन गरिएको छ । अरबेली, स्पेनिस, पोर्चुगिज, जर्मन र जापानी गरी पाँचवटा भाषामा नयाँ पुस्तक आधिकारिक रूपमा प्रकाशन र वितरण गरिएको छ । चीनस्थित ‘बेल्ट एण्ड रोड’ संयुक्त निर्माण गर्ने देशहरूका राजदूतहरू, विज्ञहरू र अनुवादक विद्वानहरू साथै प्रकाशन उद्योगका प्रतिनिधिसमेतका १०० भन्दा बढी व्यक्तिहरूको सो विमोचन समारोहमा सहभागिता थियो ।
समारोहमा उपस्थित अतिथिहरूले यो वर्ष ‘बेल्ट एण्ड रोड’ पहल सुरु भएको १० औँ वार्षिकोत्सव भएको भन्दै विगत १० वर्ष यता ‘बेल्ट एण्ड रोड’को संयुक्त निर्माणले विश्वमा आर्थिक वृद्धि र स्वस्थ विकासमा सकारात्मक योगदान दिनुका साथै विश्वमा विकासको समस्याहरूको समाधान गर्न सहयोग पु¥याएको व्यक्त गर्नुभयो ।
‘बेल्ट एण्ड रोड’ सी चिन फिङको चर्चा मा सन् २०१३ सेप्टेम्बरदेखि २०१८ जुलाईसम्म ‘बेल्ट एण्ड रोड’ को संयुक्त निर्माणबारे राष्ट्राध्यक्ष सी चिन फिङका ४२ वटा लेखहरू समावेश छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *