क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
पेइचिङ, ३० असोज (एएफपी) । बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) शिखर सम्मलेनमा आपसी सम्बन्धलाई बलियो बनाउन तथा आफ्ना ‘प्रिय मित्र’ चिनियाँ राष्ट्रपति सि चिनफिङलाई भेट्न मङ्गलबार रुसी राष्ट्रपति भ्लादिमिर पुटिन चीन आइपुग्नुभएको छ ।
चीनले यसै साता राष्ट्रपति सि को व्यापार तथा पूर्वाधार बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को शिखर सम्मेलनमा भाग लिन आउने एक सय ३० देशका प्रतिनिधिहरूलाई स्वागत गरेको छ । अतिथिको शीर्ष सूचीमा पुटिन हुनुहुन्छ । प्रमुख विश्व शक्तिका रूपमा पुटिनको यो पहिलो विदेश भ्रमण हो ।
क्रेमलिनका अनुसार बीआरआई फोरमका क्रममा उहाँले चिनियाँ राष्ट्रपति सिसँग भेटवार्ता गर्नुहुनेछ ।
“वार्ताका क्रममा अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूलाई विशेष ध्यान दिइने छ”, क्रेमलिनले एक विज्ञप्तिमा भनेको छ ।
पेइचिङमा रुसी राष्ट्रपति पुटिन चीनसँग पहिलेदेखि मजबुत भएको सम्बन्धलाई अझ बलियो बनाउने अभियानमा हुनुहुन्छ तर विज्ञहरूका अनुसार चीनसँगको सम्बन्धमा मस्को तीव्ररूपमा सानो साझेदार बनिरहेको छ ।
चीन रुसको सबैभन्दा व्यापारिक साझेदार मुलुक हो । गत वर्ष यी दुई मुलुकबिचको व्यापार एक खर्ब ९० अर्ब डलर पुगेको पेइचिङ भन्सार तथ्याङ्कले देखाएको छ ।
युक्रेन युद्धमा पेइचिङको धारणाप्रति पश्चिमा मुलुकहरूले चीनको आलोचना गर्दै आएका छन् । रुसले युक्रेनमाथि आक्रमण गरेकामा चीनले मस्कोको आलोचना गर्न अस्वीकार गरेको छ र आफू यस मामिलामा तटस्थ रहेको बताउँदै आएको छ ।
बीआरआईले पुटिन र सिलाई उनीहरूको गठबन्धनलाई प्रदर्शन गर्ने नयाँ अवसर दिए पनि विज्ञहरूले दुई मुलुकबिच कुनै नयाँ ठूलो सम्झौताको घोषणा नहुने अपेक्षा गरेका छन् ।
कार्नेगी रसिया युरेसिया सेन्टरका निर्देशक अलेक्जेन्डर गाबेयेभले भन्नुभयो, “चीनले उच्च प्रचारका लागि कुनै पनि सम्झौतामा हस्ताक्षर गर्न मान्ने छैन भन्ने रुसलाई थाहा छ । सबै कार्ड चीनको हातमा छ ।”
‘साथीहरूको पुनर्मिलन’
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार चिनियाँ राष्ट्रपति सिले चिलीका राष्ट्रपति ग्याब्रियल बोरिक र कजाकस्तानका राष्ट्रपति कासिम–जोमर्ट टोकायेभसँग भेटवार्ता गरेर मङ्गलबार बीआरआई फोरमको सुरुआत गर्नुभएको थियो ।
शिखर सम्मेलन सुरु हुनुभन्दा अघि चीन र रुसका उच्च कूटनीतिज्ञहरूले सोमबार पेइचिङमा भेट गर्दा एउटै गीत गाएका थिए । मस्कोका अनुसार पुटिनलाई शिखर सम्मेलनको ‘प्रमुख अतिथि’ का रूपमा आमन्त्रित गरेकामा रुसी विदेशमन्त्री सर्गेई लाभरोभले चीनलाई धन्यवाद दिनुभएको थियो । पुटिनले चीनपछि प्रजग कोरियाको भ्रमण गर्नुहुने जनाइएको छ ।
आफ्ना चिनियाँ समकक्षी वाङ यीसँगको भेटमा रुसी विदेशमन्त्री लाभरोभले पुटिन र सिले यसै हप्ता भेट हुँदा दुई मुलुकबिच ‘सम्पूर्णरूपमा’ छलफल गर्ने बताउनुभयो । जवाफमा वाङले बीआरआईमा रुसको समर्थनप्रति ‘आभार’ प्रकट गर्नुभयो ।
Leave a Reply