भक्तपुरका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको बिदाइ
- जेष्ठ ८, २०८३
कम्युनिस्टहरू देशभक्त मात्र होइनन् अन्तर्राष्ट्रवादी पनि हुन्छन् । कम्युनिस्टहरू देशको विकास गर्न मात्र होइन रक्षा गर्न पनि जुट्छन् । उनीहरू आफ्नो देशका जनतालाई परेको पीडा र समस्याविरुद्ध मात्र होइन कुनै पनि मुलुकमा रहेका शोषितपीडित जनताको समर्थन गर्छन् र शोषकविरुद्ध लड्छन् । उनीहरू आफ्नो देशको रक्षा गर्न कुनै पनि विदेशी शक्ति राष्ट्र या आक्रमणकारीहरूसँग लड्नैपर्छ । जसरी देशका सबै दलहरूले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै भूमि भनी नेपालको नक्सामा मिलाउन जुटे, त्यसरी नै नेपालमा अतिक्रमित भूमि फिर्ता लिन, अन्तर्राष्ट्रिय मूल्य र मान्यताविपरीत बनाइएका बाँध तथा तटबन्धहरू भत्काउन एकत्रिट हुनुपर्छ; खुला सीमा नियन्त्रण हुनुपर्छ । कम्युनिस्टहरू सङ्कीर्ण हुँदैनन् र सक्रिय हुनुपर्छ ।
कम्युनिस्टहरू आफ्ना व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिँदैनन् । स्वार्थीपन, ढिलासुस्ती र भ्रष्टाचारको विरोध गर्ने कम्युनिस्टहरू अवाञ्छनीय क्रियाकलापको पनि विरोध गर्छन् । नर्मन बेथुनलाई क्यानेडियन कम्युनिस्ट पार्टी र अमेरिकी कम्युनिस्ट पार्टीले चीन पठाए । उनले जापानी आक्रमणविरोधी युद्धमा चीनलाई सहयोग गर्न हजारौँ माइल बाटो हिँडे । एउटा विदेशी नागरिकले चिनियाँ जनताको मुक्तिको निम्ति निःस्वार्थ भावनाका साथ काम गरे । त्यो अन्तर्राष्ट्रवादी भावना हो । पुँजीवादी देशकै भए पनि सर्वहारावर्गको विचार बोक्ने व्यक्तिले जनताको मुक्ति सङ्घर्षलाई समर्थन गर्नुपर्दछ । नर्मन बेथुनले लेनिनवादी कार्यदिशा कार्यान्वयन गरे । नेपालका कम्युनिस्टहरूले पनि एकातिर अमेरिकी, बेलायती, जापानी साम्राज्यवाद र पुँजीवादको विरोध गर्नुपर्छ भने अर्काेतिर त्यहाँका शोषितपीडित जनताको समर्थन गर्नुपर्छ । यही हो अन्तर्राष्ट्रवाद ।
नर्मन बेथुन डाक्टर थिए । उपचार गर्नु उनको पेसा थियो । तर पनि उनले चिनियाँ जनताको मुक्ति सङ्घर्षमा भाग लिए र सहयोग गरे । हामीले नर्मन बेथुनको निःस्वार्थ भावनाबाट सिक्नुपर्छ । कम्युनिस्टहरू व्यवहारिकता र दूरदर्शिताको आदर्श नमुना बन्नुपर्छ । शोषितपीडित जनताको पक्षमा साथ दिनुपर्छ, उनीहरूलाई उपेक्षा वा हेला गर्नुहुँदैन । बरु उनीहरूसित भिज्नुपर्छ, दुःखसुख बुझ्नुपर्छ र अघि बढ्ने हौसला दिनुपर्छ । कम्युनिस्टहरूले जनसमूहबाट सिक्नुपर्छ र तिनीहरूलाई सिकाउनुपर्छ । अर्थात्, बहुसङ्ख्यक जनतालाई ध्यानमा राखेर सोच्नुपर्छ, चिन्तन मनन गर्नुपर्छ । हरेक कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको सिद्धान्त र विचारलाई जोड दिनुपर्छ र तद्नुसार राजनीति गर्नुपर्छ । कम्युनिस्ट पार्टी र पार्टीका सदस्यहरूले यस कुरालाई प्रस्टसँग बुझ्नुपर्छ । कम्युनिस्टहरूले वर्गसङ्घर्षको बाटो छोड्दैनन् । यसलाई आत्मसात नगर्नु भनेको कम्युनिस्ट विचार छोड्नु हो ।
तर, पुँजीवादी सरकारमा गइसकेका नेपालका कम्युनिस्टहरू देशभक्त भएनन्, अन्तर्राष्ट्रवादी भएनन् । उनीहरू वर्गसङ्घर्षको कुरा गर्दैनन्; बहुमत जनताको पक्षमा वकालत गर्दैनन् । तर पनि उनीहरू आफूलाई कम्युनिस्ट भनी दाबी गर्छन् । कम्युनिस्टको सिद्धान्त र विचार पालना नगर्ने, जनतालाई कम्युनिस्ट बन्न र बनाउन प्रेरित नगर्ने नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू कसरी कम्युनिस्ट हुन्छन् ? सर्वसाधारण जनता पनि कम्युनिस्टको मूल्य र मान्यतामा नरहने तिनै दलको समर्थनमा लाग्छन् । अनि देशमा कसरी कम्युनिस्ट पार्टी बलियो हुन्छ ? कम्युनिस्ट आन्दोलन कसरी अघि बढ्छ ? कम्युनिस्ट पार्टीको हवाला दिएर मत लिने तर कम्युनिस्ट आचरणलाई व्यवहारमा लागु गर्न अघि नसर्ने पुँजीवादी व्यवस्थाको पक्षपोषण गर्ने कम्युनिस्ट शासकहरूको पनि अन्य कम्युनिस्टहरूले जनतामाझ उदाङ्ग्याउनु जरुरी छ । त्यसो गरिएन भने कुन सच्चा कम्युनिस्ट हो होइन जनताले थाहा हुँदैन । यसले जनतामा सधैँ अन्योल भइरहन्छ ।
Leave a Reply