भर्खरै :

अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पीय जोखिम न्यून हुने संरचना निर्माण गर्न मद्दत पु¥याउने

अन्तर्राष्ट्रिय सम्मेलनले भूकम्पीय जोखिम न्यून हुने संरचना निर्माण गर्न मद्दत पु¥याउने

भूकम्पको बेला मानिसले बनाएको कमजोर संरचनाको कारण बढी क्षति हुन्छ । Earthquake Engineering र यसपछिको पुनःनिर्माण योजनासम्बन्धी यो तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले आगामी दिनमा हाम्रा संरचनाहरू कम भूकम्पीय जोखिम हुने गरी निर्माण गर्न मद्दत पु¥याउने आशा गर्न सकिन्छ ।
बहुदल र गणतन्त्रयताको ३४ वर्षको अनुभवले नेपालमा राष्ट्रियस्तरको निर्माण सरकारकै अमानतमा सेना र प्रहरीसमेतको संलग्न गराई सम्पन्न गर्नुपर्ने र स्थानीयस्तरको निर्माण स्थानीय तहको नेतृत्वमा जनताको उपभोक्ता समितिमार्फत सम्पन्न गर्नुपर्ने बताउँछ । त्यस्तो व्यवस्था गर्न हामीले सडक र संसद्मा आवाज उठाउँदै छौँ ।
नेपालका कतिपय पुलहरू कमजोर निर्माणको कारण अहिले चालू छैन । कालोपत्र गरिएका सडकहरू पनि हप्ता र महिना दिनमै बिग्रिन्छ । नेपालमा सरकारी र सार्वजनिक भवन र सम्पत्ति पनि संरक्षण भइरहेको छैन । काठमाडौँस्थित बाल मन्दिरको जग्गा, नेपाल स्काउटका भवनहरू व्यक्तिले कब्जा गरेको छ । काठमाडौँ ठमेलस्थित थँबहीको साढे २६ रोपनी सार्वजनिक कमल पोखरी र बगैँचा, बालुवाटारस्थित ललिता निवासको १४३ रोपनीभन्दा बढी जग्गा व्यक्तिको नाममा दर्ता गरिएको छ । भूमाफियाहरूको मिलेमतोमा झापास्थित हदबन्दी लागेको गिरीबन्धु टी स्टेटको ५ सय बिघामा फैलिएको जग्गा पनि मास्ने तयारी भइरहेको छ । हामी सडक र संसद्मा सार्वजनिक जग्गा र पोखरी व्यक्तिको नाममा दर्ताको विरोध गर्दै छौँ । यो सम्मेलनमा सहभागी नयाँ पुस्ता यस्ता संवेदनशील विषयमा सचेत हुनु जरुरी छ ।
भक्तपुरका हामी जनता सहरलाई सफा–स्वच्छ, सांस्कृतिक नगर, शिक्षाको केन्द्र र पर्यटकीय गन्तव्यस्थल बनाउन लागिपरेका छौँ । २४ वर्षअगाडिको स्थानीय तहको निर्वाचनमा नेपाल मजदुर किसान पार्टीले आमाहरूको श्रम शक्ति वृद्धिको लागि टोलटोलमा शिशु स्याहार केन्द्रहरू सञ्चालन गर्ने र कामदार वर्ग एवम् आर्थिकरूपले कमजोर जनताका छोराछोरीहरूलाई उच्च शिक्षा प्रदान गर्न विद्यालय र विश्वविद्यालय पनि सञ्चालन गर्ने घोषणा गरेको थियो । सो घोषणाअनुसार २२ वर्षअगाडि शिशु स्याहार केन्द्रहरू र ख्वप उच्च मावि हालको ख्वप मावि पनि सुरु भयो । २० वर्षअगाडि ख्वप माविकै जगमा ख्वप इन्जिनियरिङ कलेज सुरु भयो । अहिले देशभरिकै जनताका छोराछोरीहरू हाम्रा कलेजहरूबाट उच्च शिक्षा प्राप्त गर्दै छन् ।
हामी ख्वप विश्वविद्यालय स्थापनाको तयारीमा छौँ । ख्वप विश्वविद्यालयको विधेयक संसद्मा पेस भएको पनि ७ वर्ष भयो । सर्वसाधारण जनताका छोराछोरीहरूलाई उच्च शिक्षा प्रदान गर्न भक्तपुर नगरपालिकाले ख्वप विश्वविद्यालय स्थापना गर्ने तयारीप्रति सरकारमा गएका दलहरू सहमत भएनन् र सो विधेयक संसद्बाट पारित भएको छैन । आशा छ, सरकारमा गएका दलहरूले आप्mना शिक्षाविरोधी नीति त्याग्नेछन् र छिट्टै ख्वप विश्वविद्यालयको विधेयक पारित हुनेछ । मित्र देश प्रजग कोरियाले निःशुल्क शिक्षा व्यवस्था गरी सम्पूर्ण समाजलाई बुद्धिजीवीकरण गरिरहेबाट हामी उत्साहित छौँ ।
कक्षा १२ उत्तीर्ण भएलगत्तै नेपाली विद्यार्थीहरू आफना अभिभावकलाई घर खेत बेच्न लगाई विदेशमा अध्ययन गर्न पठाइँदै छन् । विदेश पढ्न गएका अधिकांश विद्यार्थीहरू उतै रोजगारी र बसोबास गर्दै छन् । विद्यार्थी अभावमा नेपालका ५ सय ओटा कलेजहरू बन्द हुँदै छन् । नेपालका गाउँँगाउँमा जनताको बसोबास घट्दो छ भने त्यहाँ बनेका विकासका सीमित पूर्वाधारहरू पनि खेर गइरहेको छ । कृषिप्रधान देश नेपाल अहिले दाल, चामल, तरकारीसमेत भारतबाट किनेर खानुपर्ने अवस्थामा छ ।
सरकारले ‘सिक्न र कमाउन’ भनी इजरायल पठाएका कृषिमा स्नातक गरेका विद्यार्थीहरूमध्ये १० जनाको मृत्यु भयो भने केही हराइरहेका छन् । यो दुःखद घटना हो । ८० वर्षअगाडि प्यालेस्टिनीहरूको भूमिमा यहुदीहरूलाई बसोबास गराई इजरायल देश घोषणा गरिएको थियो । त्यसबेलादेखि प्यालेस्टाइन र इजरायलबिच लडाइँ भइरहेको छ । युद्धभूमि इजरायलमा नेपालका सरकारहरूले जानाजान नेपाली विद्यार्थीहरूलाई रोजगारीमा पठाउने काम गलत हो । आप्mनो भूमि रक्षाको लागि लडिरहेका प्यालेस्टिनीहरूको राजनैतिक र सैनिक सङ्गठन हमासलाई नेपाल सरकारका मन्त्रीहरूले आतङ्कवादी भनी आरोप लगाउनु नेपालका प्रम र मन्त्रीहरू साम्राज्यवादको पिछलग्गू हुनु हो ।
नेपाल मजदुर किसान पार्टीको टोलीमा संलग्न भई भर्खरै हामी कर्णाली प्रदेशका केही जिल्लामा पुगेर फिर्ता भयौँ । सरकारहरूले अगाडि नै त्यहाँको जलसम्पदा माथिल्लो कर्णाली, मुगु कर्णाली, तिला १, तिला २ भारतीय एकाधिकार पुँजीको कब्जामा दिएका थिए । गत जेठको तेस्रो हप्तातिर भारत गएका प्रम पुष्पकमल दाहालले फुकोट कर्णाली पनि भारतीय एकाधिकार पुँजीलाई नै दिए । एमसीसी सम्झौतामा नेपालको बुटवलदेखि भारतको गोरखपुरसम्म विद्युत् प्रसारण लाइन निर्माण गर्न प्रावधान राखिएको हामीले विरोध गर्दै एमसीसी सम्झौता खारेज गराउन सडक र संसद्मा आवाज उठाउँदै छौँ ।
आठ वर्षअगाडि संविधान निर्माण भइरहेको बेला नेपाल मजदुर किसान पार्टीले संविधानमा मावि शिक्षा निःशुल्क र अनिवार्य, विश्वविद्यालय शिक्षा निःशुल्क, स्वदेशमा रोजगारी, स्वास्थ्य उपचार निःशुल्क, नेपालीको सम्पत्तिको सीमाङ्कन गर्ने र विदेशमा सम्पत्ति राख्न नपाउने व्यवस्था गर्न संशोधन राखेको थियो । हाम्रो संशोधनलाई शासक दलहरूले एक स्वरमा अस्वीकार गरे । अहिले सरकारहरू ८० लाखभन्दा बढी नेपाली युवाहरूलाई १७१ देशमा रहेको बहुराष्ट्रिय कम्पनीहरूको सस्तो ज्यामी बन्न पठाउँदै छन् । वैदेशिक रोजगारीमा गएका नेपालीहरूको दैनिक ८–१० ओटा शव फिर्ता भइरहेको छ । युवालाई वैदेशिक रोजगारीमा पठाएर नेपालको विकास हुनेछैन । सरकारमा गएका प्रम, मन्त्री र उच्च प्रशासकहरूसँग हाम्रो मतभेद यही हो । नेपाल र नेपाली जनताले दुःख पाउनुमा एउटा कारण वैदेशिक रोजगारी पनि हो । कतिपय म्यानपावर कम्पनीहरूबाट खर्बौैँ खर्ब रुपैयाँ ठगी भइरहेको छ ।
विदेशी मित्रहरूको महत्वपूर्ण प्रस्तुति र सुझावबाट यो अन्तर्राष्ट्रिय सम्मेलन मानव जातिको साझा भविष्य निर्माणको लागि उपयुक्त निष्कर्ष निकाल्न सफल हुने विश्वास गर्दछु ।
(नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले असोज ३० गते ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनीयरिङको संयुक्त आयोजनामा सुरु भएको “Earthquake Engineering” र यसपछिको पुनःनिर्माण योजना विषय तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा राख्नुभएको मन्तव्यको सार–सं)

Leave a Reply

Your email address will not be published. Required fields are marked *