भर्खरै :

गाजाको एक अस्पतालमा इजरायलद्वारा बम हमला विश्वभरबाट आक्रोश र निन्दा व्यक्त

गाजाको एक अस्पतालमा इजरायलद्वारा बम हमला विश्वभरबाट आक्रोश र निन्दा व्यक्त

पेरिस, १८ अक्टोबर (एएफपी) । गाजाको एक अस्पतालमा भएको हमलामा कम्तीमा दुई सय जनाको मृत्यु भएको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । उक्त हमलाप्रति विश्वभर आक्रोश र निन्दा व्यक्त गरिएको छ भने अम्मान, ट्युनिस, बेरुत र तेहरानमा विरोध प्रदर्शनसमेत भएको छ ।
उक्त क्षेत्रमा शासन गर्दै आएको प्यालेस्टिनी लडाकू समूह हमासले इजराइलले उक्त हमला गरेको आरोप लगाएको छ । इजराइली सेनाले हमासको आरोपलाई ‘झूट’ भन्दै हमासको सहयोगी इस्लामिक जिहादले गलत रकेट आक्रमण गरेको आरोप लगाएको छ ।
उक्त हमलाप्रति यहाँ केही प्रमुख प्रतिक्रिया छन् :

संयुक्त राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेसले गाजाको अस्पतालमा सयौँ प्यालेस्टिनी नागरिक मारिने गरी भएको हमलाबाट आफू भत्ीत भएको बताउनुभयो । उहाँले हमलाप्रति कसैलाई आक्षेप नलगाई हमलाको कडा भत्र्सना गर्नुभयो ।

इजिप्ट
राष्ट्रपति अब्देल फताह अल–सिसीले अहली अस्पतालमा इजराइली बमबारीको कडा शब्दमा भत्र्सना गर्नुभयो । उक्त हमलाबाट गाजामा प्यालेस्टिनी नागरिकमध्ये सयौँ निर्दोषको मृत्यु भएको उहाँले बताउनुभयो ।
उहाँले नियोजितरूपमा भएको बमबारीलाई अन्तर्राष्ट्रिय कानुनको स्पष्ट उल्लङ्घन हो भन्नुभयो ।

साउदी अरेबिया
क्षेत्रीय शक्ति साउदी अरेबियाले नागरिकहरूमाथि इजराइलको निरन्तर हमलाको निन्दा गरेको छ । उसले अस्पतालमा भएको हमलालाई सबै अन्तर्राष्ट्रिय कानुन र मान्यताहरूको स्पष्ट उल्लङ्घन हो भनेको छ ।
जोर्डन
जोर्डनको विदेश मन्त्रालयको एक विज्ञप्तिमा इजराइलले उक्त हमलाको जिम्मेवारी लिनुपर्ने भन्दै हमलाको कडा निन्दा गरेको छ ।
त्यसपछि अम्मानले मध्यपूर्वमा शान्ति स्थापना गर्न अमेरिकी राष्ट्रपति बाइडेन सहभागी हुने एक शिखर सम्मेलन रद्द गर्ने घोषणा ग¥यो र त्यसको जवाफमा बाइडेनले अम्मानको भ्रमण स्थगित गर्नुभयो ।
अम्मानस्थित इजराइली दूतावासमा दर्जनौँ प्रदर्शनकारीले हमला गर्ने असफल प्रयास गरेका थिए ।

युरोपेली युनियन
युरोपेली युनियनको विदेशमामिला प्रमुख जोसेप बोरेलले खेद प्रकट गर्दै एकपटक पुनः निर्दोष नागरिकले उच्च मूल्य चुकाउनुपरेको बताउनुभयो ।
“यो अपराधको जिम्मेवारी स्पष्टरूपमा स्थापित गर्नुपर्छ र अपराधीहरूलाई जवाफदेही बनाउनुपर्छ”, उहाँले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ ।

इरान
इरानका राष्ट्रपति इब्राहिम रइसीले बुधबार सार्वजनिक शोक दिवस घोषणा गर्नुभयो । उहाँले अस्पतालमा भएको हमलाको बदला इजराइल र उसको सहयोगी अमेरिकाविरुद्ध हुने बताउनुभयो ।
“गाजाका अस्पतालमा घाइते प्यालेस्टिनी पीडितहरूमाथि बुधबार साँझ खसाइएको अमेरिकी–इजराइली बमहरूको ज्वालामा चाँडै नै यहुदीहरू जल्नेछन्”, राष्ट्रपति रइसीको भनाइ उद्धृत गर्दै इर्ना समाचार समितिले भनेको छ ।
राति नै तेहरानस्थित बेलायती र फ्रान्सेली दूतावासबाहिर सयौँ प्रदर्शनकारी जम्मा भएका थिए । आफ्नो आक्रोश पोख्न मध्य तेहरानको प्यालेस्टाइन स्क्वायरमा हजारौँ जनता भेला भएका थिए ।

इराक
इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीले एक विज्ञप्तिमा ‘आक्रामण’ अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्बाट ‘तत्काल समाधान’ का लागि आह्वान गर्नुभयो ।
इराकी सरकारले हमलाका पीडितहरूका लागि तीन दिनको शोकको घोषणा गरेको छ ।

टर्कीए
टर्कीएका राष्ट्रपति रेसेप तय्यप एर्दोगानले घटनाप्रति खेद व्यक्त गर्दै सबैभन्दा आधारभूत मानवीय मूल्यहीन इजराइली आक्रमणको पछिल्लो उदाहरण हो भन्नुभयो ।
सामाजिक सञ्जाल एक्समा उहाँले लेख्नुभएको छ, “गाजामा यो नृशंस कार्यलाई रोक्न म सबै मानवतालाई आमन्त्रित गर्दछु ।”

फ्रान्स
फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले अस्पतालमा घातक हमला गरेर कुनै पनि कुराले सर्वसाधारणलाई निशाना बनाउनुको औचित्य स्थापित गर्न नसक्ने बताउनुभयो । “गाजापट्टीमा मानवीय पहुँच खोल्न ढिलो गर्न हुन्न”, उहाँले भन्नुभयो ।

हेजबोल्लाह
इरान समर्थित लेबनानको हेजबोल्लाह मुभमेन्टले मङ्गलबार गाजापट्टीको अस्पतालमा भएको हमलाको निन्दा गर्न ‘क्रोध दिवस’ का रूपमा आह्वान गरेको छ । उसले उक्त हमलालाई ‘नरसंहार’ भन्दै हमलाका लागि इजराइललाई दोषी ठहर गरेको छ ।
“बुधबार शत्रुका विरुद्ध क्रोध दिवस हो”, हमासको सहयोगी हेजबोल्लाहले विज्ञप्तिमा भनेको छ, । उसले हमलालाई नरसंहार र क्रुर अपराधको संज्ञा दिएको छ ।
बेरुतको उपनगर अवकरस्थित अमेरिकी दूतावासबाहिर सयौँ प्रदर्शनकारी र लेबनानी सुरक्षा फौजबीच झडप भएपछि हेजबोल्लाहको उक्त भनाइ आएको हो । प्रदर्शनकारीहरूले ‘इजराइल मूर्दावाद’ र ‘अमेरिका मूर्दावाद’ भन्ने नारा लगाएका थिए ।

ध्वस्त अस्पतालको भग्नावशेष

अरब लिग
अरब लिगका प्रमुख अहमद अबुल गेटले पश्चिमा मुलुकहरूले यो त्रासदीलाई तुरुन्तै रोक्नुपर्ने बताउनुभयो । “हाम्रो अरब संयन्त्रले युद्ध अपराधको दस्तावेजीकरण गर्छ र तिनीहरूका अपराधी न्यायबाट उम्किन सक्तैनन्”, उहाँले चेतावनी दिँदै भन्नुभयो ।

अफ्रिकी युनियन
अफ्रिकी युयिननका प्रमुख मुसा फाकी महामतले घातक हमलापछि इजराइलमाथि ‘युद्ध अपराध’ को आरोप लगाउनुभयो । “सयौँ मानिस मारिने गरी बुधबार गाजाको अस्पतालमा भएको इजराइली बम हमलाप्रति खेद प्रकट गर्न हामीसँग पूरारूपमा शब्द नै छैन”, इजराइलमाथि अन्तर्राष्ट्रिय कारबाहीको माग गर्दै उहाँले भन्नुभयो ।

कतार
कतारको विदेश मन्त्रालयले हमलालाई ‘क्रुर नरसंहार’ र ‘रक्षाहीन सर्वसाधारणविरुद्ध जघन्य अपराध’ भनेको छ । एक विज्ञप्तिमा कतारले अहली अरब अस्पतालमा भएको हमलालाई ‘अन्तर्राष्ट्रिय कानुनका प्रावधानहरूको गम्भीर उल्लङ्घन’ र ‘भिडन्तका क्रममा भयानक वृद्धि’ भनेको छ ।

ट्युनिसिया
मङ्गलबार ट्युनिसियाको राजधानीस्थित फ्रान्सेली दूतावासबाहिर सयौँ क्रुद्ध प्रदर्शनकारी भेला भएका थिए । उनीहरूले अस्पतालमा भएको हमलाप्रति अमेरिकाको निन्दा पनि गरेका थिए । ‘फ्रान्सेली र अमेरिकीहरू यहुदीका सहयोगी हुन्’ भन्दै प्रदर्शनकारीले नारा लगाएका थिए ।
प्रदर्शनकारीहरूले दुवै देशका राजदूतहरूलाई फिर्ता गर्न माग गर्दै ट्युनिसियाली भूमिमा अमेरिकी दूतावास हुनुहुन्न भन्ने नारा लगाएका थिए ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले घातक हमलाप्रति खेद प्रकट गर्दै गाजापट्टीमा नागरिक र स्वास्थ्य सेवाको तत्काल सुरक्षाको माग गरेको छ । डब्लुएचओले एक विज्ञप्तिमा भनेको छ, “अल अहली अरब अस्पतालमा भएको आक्रमणको डब्लुएचओले कडा भत्र्सना गर्दछ । अस्पताल चलिरहेको थियो, त्यहाँ बिरामी, बिरामीका हेरालु र आन्तरिकरूपमा विस्थापित मानिसहरूले आश्रय लिइरहेका थिए, प्रारम्भिक रिपोर्टले सयौँको मृत्यु भएको र घाइते भएको सङ्केत गर्दछ ।”

आइरीआरसी
इन्टरनेसनल कमिटी अफ दि रेडक्रस (आइसीआरसी) ले पनि ‘अस्पतालहरू मानव जीवन बचाउनका लागि आश्रयस्थल हुनुपर्छ, मृत्यु र विनाशको दृश्य होइन’ भन्दै हमलाप्रति निन्दा गरेको छ ।

एमएसएफ
मेडिकल च्यारिटी डक्टर्स विदआउट बोर्डर्स (एमएसएफ) ले अस्पतालमा भएको हमलाप्रति खेद व्यक्त गरेको छ । “गाजा सहरस्थित अहली अरब अस्पतालमा भएको हालैको बमबारीबाट हामी भत्ीत छौँ, अस्पतालका चिकित्सकहरूले बिरामीहरूको उपचार गरिरहेका थिए र विस्थापित गाजावासीलाई आतिथ्यता प्रदान गरिरहेका थिए”, एमएसएफले भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *