भर्खरै :

सी चिनफिङद्वारा बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन

सी चिनफिङद्वारा बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन

पेइचिङ, १८ अक्टोबर (सिन्ह्वा) । तेस्रो बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग शिखर मञ्चको उद्घाटन समारोह अक्टोबर १८ का दिन पेइचिङमा आयोजना गरिएको छ । चीनका राष्ट्राध्यक्ष सी चिनफिङले उद्घाटन समारोहमा उपस्थित भएर मुख्य सम्बोधन गर्नुभयो ।
सी चिनफिङले १० वर्षयता सबै देशसित हात मिलाएर बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग थालनी भएको र आजसम्म आउँदा प्रशस्त उपलब्धि हासिल गर्दै अघि बढिरहेको उल्लेख गर्नुभयो । बेल्ट एन्ड रोड सहयोगले ‘फ्री ह्यान्ड ब्रशवर्कदेखि सावधानीपूर्वक चित्रकारी अवधिमा प्रवेश भएर योजनाको रेखाचित्रलाई वास्तविक रेखाचित्रमा रूपान्तरण गरेको र ठूलो सङ्ख्यामा ल्यान्डमार्क परियोजना र ‘साना तर सुन्दर’ परियोजनालाई व्यवहारमा उतारिएको सीले जानकारी दिनुभयो ।
सीले दश वर्षयता आर्थिक करिडोरको नेतृत्वमा प्रमुख च्यानल र सूचना राजमार्ग, रेल, राजमार्ग, विमानस्थल, बन्दरगाह, पाइपलाइन नेटवर्क समेत स्थल, समुद्र, हवाईलगायत विश्वव्यापी अन्तरसम्बन्ध सञ्जाल निर्माण गर्न प्रतिबद्ध रहेको जुन विभिन्न मुलुकका सामान, पुँजी, प्रविधि, मानवीय आवत–जावतलाई प्रभावकारी रूपमा बढाएर हजारौँ वर्षदेखि चलेको पुरानो सिल्क रोडलाई नयाँ युगमा पुनर्जीवित गर्न प्रवद्र्धन गरेको कुरा व्यक्त गर्नुभयो ।
सीले भन्नुभयो, “बेल्ट एन्ड रोडको निर्माण गर्न सबैले समर्थन गर्नुपर्छ भने आफूले मात्र राम्रो जीवन बिताउने होइन तर अरूलाई पनि राम्रो जीवन बिताउन दिने हो, अन्तर्सम्पर्क, आपसी हितयुक्त सहयोग र साझा विकास गर्ने हो । वैचारिक टकराव, भूराजनीतिक खेल, गुटको राजनीतिक घर्षणमा संलग्न हुने होइन बरू एकपक्षीयता, आर्थिक बल प्रयोग, विभाजनको विरोध गर्ने हो ।”
सी चिनफिङले चीनले बेल्ट एन्ड रोडको संयुक्त रूपमा उच्चस्तरीय निर्माण गर्ने आठ वटा कार्यक्रम अर्थात् बेल्ट एन्ड रोड त्रि–आयामिक अन्तरसम्बन्ध नेटवर्कको रचना गर्ने, खुला विश्व अर्थतन्त्रको निर्माण गर्न समर्थन गर्ने, व्यवहारिक सहयोग गर्ने, हरित विकासलाई प्रवद्र्धन गर्ने, विज्ञान तथा प्रविधिको नवीन सिर्जना गर्ने, जनस्तरीय आवतजावतको समर्थन गर्ने, अखण्डताको बाटो अपनाउने, बेल्ट एन्ड रोड अन्तर्राष्ट्रिय सहयोग प्रणालीको सुधार गर्ने विषयको समर्थन गर्ने बताउनुभयो ।
बीआरआई फन्डिङमा एक सय अर्ब डलरभन्दा बढीको घोषणा
चीनले आफ्नो बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) मा एक सय अर्ब अमेरिकी डलरभन्दा बढी नयाँ लगानी गर्ने भएको छ । बीआरआईको १० औँ वार्षिकोत्सवका अवसरमा आयोजित शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सि जिनपिङले उक्त घोषणा गर्नुभएको हो ।
बीआरआई विदेशमा चीनको प्रभाव विस्तार गर्ने राष्ट्रपति सीको केन्द्रिय स्तम्भ हो जसमा पेइचिङले विश्वभर २० खर्ब अमेरिकी डलरभन्दा बढीको सम्झौता गरेको बताएको छ । ग्लोबल साउथमा संशोधन र आर्थिक विकास ल्याउनका लागि समर्थकहरूले यसको सराहना गरेका छन् ।
बीआरआईको प्रमुख ऋणदाता चाइना डेभलपमेन्ट बैङ्क र एक्स्पोर्ट–इम्पोर्ट बैङ्कले अतिरिक्त एक सय अर्ब डलर ऋण प्रस्ताव गर्ने राष्ट्रपति सिले बुधबार घोषणा गर्नुभयो । उहाँले दुवै बैङ्कले बीआरआई परियोजनाहरूका लागि तीन खर्ब ५० अर्ब युआन (४७ अर्ब ९० करोड अमेरिकी डलर) को वित्तीय अवसर स्थापित गर्ने बताउनुभयो । उहाँका अनुसार परियोजनाको आधिकारिक ऋण संस्था सिल्क रोड फन्डमा अर्को ८० अर्ब युआन लगानी गरिने छ ।
सन् २०१३ मा बीआरआई सुरु भएयता पेइचिङले आयोजना गरेको आफ्नो किसिमको यो तेस्रो ठूलो शिखर सम्मेलन हो । सम्मेलनमा एक सय ३० मुलुकका प्रतिनिधि सहभागी भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *