भर्खरै :

देशको पावन पर्वमा दसैँको शुभ समाचार खोइ ?

देशको पावन पर्वमा दसैँको शुभ समाचार खोइ ?

नेपाली जनताले आपसमा दसैँको ‘शुभकामना’ र ‘तिहार’ को वा ‘नयाँ साल’ (न्हुदँ) को अग्रीम ‘शुभकामना’ दिइरहँदा नेपाल र नेपाली समाजको तस्बिर छाप्ने समाचारपत्रमा नेपाली जनता आ–आफ्नो पनि तस्बिर हेर्दै गर्दा मन खिन्न हुन्छ । देशको तस्बिर निम्न छन् –
१) ‘सरकारी निकायमा ‘घुस’ को बिगबिगी’ शीर्षकमा झापा, काठमाडौँ, सुनसरी आदि जिल्ला र गाउँपालिकामा भद्रपुर नापी कार्यालयका सर्वेक्षक, काठमाडौँ चन्द्रागिरी नगरपालिकाका असिस्टेन्ट, सवइन्जिनियर, भूमिसुधार तथा मालपोत कार्यालय इनरुवा सुनसरीका नासु र विष्णुपुर गाउँपालिका लेखापाल टेकनारायण यादव घुससहित वा दसीका साथ पक्राउ परे । (नेपाल समाचारपत्र, १ कार्तिक, २०८०)
के सरकारले समयमै उपचार गर्न हुन्न ?
स्वास्थ्य बीमाले केही महिनादेखि अस्पतालहरूलाई दिनुपर्ने रकम दिइरहेको छैन । स्वास्थ्य बीमाका कार्यकारी प्रमुख दामोदर बसौलालाई तीन महिनाको निम्ति निलम्बन गरेको हुँदा बोर्डका ५ जना सदस्यहरूले सामूहिक राजीनामा दिए । यसको अर्थ अस्पतालले पाउनुपर्ने रकम बीमाबाट नपाउँदा उपचारमा असर पर्ने हुँदा संवेदनशील नागरिकहरू चिन्तित छन् भन्ने चर्चा छ । (नागरिक, १ कार्तिक, २०८०)
‘पाँच वर्षमा ९४० सामुदायिक विद्यालय बन्द’ (नागरिक, १ कार्तिक, २०८०) युवाहरूलाई अध्ययनको निम्ति भन्दै लाखौँ युवाहरूलाई विदेशमा श्रमिक काममा पठाउँदा ५ सय कलेज बन्द भयो । अब त्रिभुवन विश्वविद्यालयलाई पनि भत्काउने कार्य गरिरहेको बताइन्छ ।
यसको अर्थ हो– व्यवहार र सरकारी नीतिकै कारण नेपालका न्यून आय भएका बहुमत नेपाली जनताका छोराछोरीहरूले अब उच्च शिक्षा हासिल गर्ने सपना तुहाउने भएको छ ।
२५ वर्षअगाडि नेपाली काङ्ग्रेसको हरेक संसदीय निर्वाचन क्षेत्रबाट हरेक वर्ष २–२ सय युवा श्रमिकहरू विदेश पठाउने नीतिले २५–३० वर्षभित्र देशे आत्मनिर्भरबाट परनिर्भरमा पु¥याउने व्यवहारबाट साबित भयो ।
के यो नेपालीकै बुद्धि हो वा विदेशी (साम्राज्यवादी) हरूको विकासोन्मुख देशलाई डलरको उपनिवेश बनाउने योजना हो ? एमसीसी यसको अर्काे पाइला हो । नेपालका दुई स्रोत छन्– एक मानवीय स्रोत– ७० लाख नेपाली युवाहरू विदेशमा† दोस्रो हो– प्राकृतिक स्रोत–नदी नाला र त्यसबाट उत्पादित विद्युत् पनि एक एक गरेर विदेशकै पोल्टामा गयो । अब मानवीय र प्राकृतिक स्रोतहरूलाई विदेशमा पु¥याउने नेपाली कम्प्रेडोर बुर्जुवा (विदेशी पुँजीका दासहरू) लाई विदेशमै बसोबास गरी बसाल्ने योजना बनायो भने आश्चर्य मान्नुपर्ने छैन !
‘सीमापारिबाट सेटिङमै भित्रिन्छन् अवैध सामान’
‘भारतबाट अवैधरूपमा सामान भित्रिरहँदा यहाँका उद्योगी, व्यवसायीसमेत निराश भइरहेको’ समाचार छ । (नागरिक, १ कार्तिक, २०८०)
यसरी एकातिर विदेशी पुँजीले कर छली सरकारलाई टाट पल्टाउँदै छ भने अर्काेतिर विषालु हरियो तरकारी र फलफुल पठाउँदै नेपालको जनसङ्ख्याको ठूलो भाग क्यान्सर र अन्य रोगबाट पीडित हुँदै छ । धनीहरू उपचार गर्न दिल्ली पु¥याउने जाल पनि रच्दै छ ।
‘खाद्य प्रयोगशाला नहुँदाको खराबी’ शीर्षकमा ‘नागरिक’ लेख्छ– ‘एकातिर नाप–तौलमा जनतालाई विश्वासघात गर्दै छ भने अर्काेतिर ‘निरन्तर वैज्ञानिक उपकरणसहितको अनुगमन तथा कारबाहीको अभावमा बजारका गुणस्तरहीन सामग्री खुलमखुला बिक्री हुने क्रम बढ्दो छ ।’ ‘भनिन्छ, १० प्रतिशत मिसावट पत्ता लाग्दैन’ किनभने नेपालमा खाद्य सामान परीक्षण गर्ने प्रयोगशाला उपलब्ध गराउनेतर्फ सरकारको चासो छैन । के यसरी नेपाल र नेपाली रहलान् ? दसैँको मुखमा नेपाली जनताले अभाव र सड्ढटमा बाँच्न बाध्य छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *