भर्खरै :

साइकल संस्कृतिको पुनर्जागरणतर्फ भक्तपुर

साइकल संस्कृतिको पुनर्जागरणतर्फ भक्तपुर

वास्तुकलाले सम्पन्न तथा सांस्कृतिक गतिविधिले जीवन्त सहर भक्तपुरमा तीन वर्षअघि स्थापना भएको साइकलप्रेमीहरूको समूह – साइकल कनेक्ट भक्तपुरले समुदायको सहभागितासहित आफ्नो गतिविधि अगाडि बढाइरहेको छ । साइकल कनेक्ट भक्तपुर साइकल चलाउनेहरूको झुन्डमात्र नभई भक्तपुरको सांस्कृतिक र सामाजिक पक्षको पुनरुत्थानको अध्यायमा सहयोग गरिरहेको छ ।

साइकल यात्रा
नव वर्षको सुरुवातसँगै वैशाखमा आयोजना भएको २१ दिने साइक्लिङ च्यालेन्जको दोस्रो संस्करणको सफलतासँगै यस कार्यक्रममार्फत साइकललाई दैनिक प्रयोगको साधन बनाउन उत्प्रेरणा दिने हेतुले विभिन्न प्रतियोगिता तथा खेलमार्फत सहभागीहरूलाई हौसला प्रदान गरिएको छ ।
सो समूहले जेठ महिनामा समुदायमा महिला सशक्तीकरणको लागि समर्पित गरेको थियो । समुदायको सहभागितामार्फत ‘साइक्लिङ मैँचा’ कार्यक्रममार्फत ७० जना युवती तथा महिलाहरूलाई निःशुल्क साइकल चढ्ने प्रशिक्षण प्रदान गरियो । साइक्लिङ क्षेत्रमा महिला सहभागितालाई बढाउने समूहको उद्देश्य थियो । ‘साइक्लिङ मैँचा’ को प्रभाव साइक्लिङ क्षेत्रमा मात्र नभई व्यापक समुदायमा देखिएको स्पष्ट छ । युवतीहरूले साइकल चलाउने आत्मविश्वास प्राप्त गरेपछि अन्य महिलाहरूको लागि पनि उदाहरण बनेको छ । यसबाट समुदायको समग्र उत्थानमा योगदान गर्नसक्ने व्यक्तिहरूको नयाँ पुस्तालाई प्रेरणा दिने विश्वास लिइएको छ ।
एक साइक्लिङ अनुभव
असार या मनसुनको आगमनसँगै, साइकल कनेक्ट भक्तपुर ‘कोरा भक्तपुर’ को तेस्रो संस्करणको लागि तयार भयो । यसले सहभागीहरूको साइकल कौशलको मात्र परीक्षा लिएन, एकै दिनमा भक्तपुर जिल्लाको परिक्रमासहित भक्तपुरको सांस्कृतिक, भौगोलिक र सामाजिक जीवन शैलीबारे बोध गरायो र सहभागीहरूलाई रोमाञ्चित बनायो । साइकल कनेक्ट भक्तपुर एक प्रेरक शक्ति बनेको छ । यसले नेपालभरबाट सहभागीहरूलाई आकर्षित गर्दै साइकल चलाउनको लागि भक्तपुरलाई एक उत्कृष्ट साइक्लिङ गन्तव्यको रूपमा स्थापित गरेको छ । कोरा भक्तपुर २०२३ ले साइकल मैत्री भावनालाई मात्र होइन सामुदायिक संलग्नताको प्लेटफर्मको रूपमा उभ्याउन सफल रह्यो । भक्तपुरलाई साइकल पर्यटनको गन्तव्य बनाउन कोरा भक्तपुरको महत्वपूर्ण योगदान रहनेछ ।


सम्पदा र संस्कृतिको प्रवद्र्धनको लागि अभियान
साउन महिनामा साइकल कनेक्ट भक्तपुरले एक जलवायु परिवर्तनसम्बन्धी सेमिनारमा सहभागी भएर दिगो विकासको चाहनालाई थप सबल बनाउने प्रयास गर्यो । ‘जलवायु परिवर्तन रोकथामका लागि समुदायमा आधारित मोडालिटी’ को कार्यपत्र प्रस्तुत गरेर संस्थाले आफ्नो दृष्टिकोणलाई स्पष्ट पारेको छ ।
त्यसैगरी भदौमा गएको थिमि– ख्वप सांस्कृतिक साइक्लिङ यात्राले यस क्षेत्रको सांस्कृतिक धरोहरहरूलाई नयाँ पुस्तामाझ परिचित गराउने प्रयास गरेको छ । भक्तपुरमा मनाइने पर्व गाईजात्रा अगाडि गरिएको यस कार्यक्रमले थिमि र ख्वपका महत्वपूर्ण सांस्कृतिक सम्पदाहरूको अवलोकन भ्रमणसहित भावी पुस्तालाई आफ्नो सम्पदाप्रति उत्साहित गर्न साइकल कनेक्ट भक्तपुर एक गतिशील मञ्चको रूपमा उभिएको छ ।
दसैँको आगमन सँगसँगै नेपालभाषा साहित्य तःमुंज्याको पनि चहलपहल सुरु हुन्छ । यसै सन्दर्भमा तःमुंज्याको प्रचार प्रसारको लागि बाजागाजासहितको साइकल ¥याली भक्तपुर, मध्यपुरथिमि, नगदेश, वसन्तपुर (काठमाडौँ), पाटन, सिद्धिपुर र लुभुका मल्लकालीन बस्तीसम्म पुग्यो । यसबाट साइकल संस्कृतिको विस्तार हुनेछ । यसले समूहको उद्देश्य पूरा हुनेछ ।
सामुदायिक संलग्नता र सामाजिक प्रभाव
साइकल कनेक्ट भक्तपुरको प्रभाव समुदायको मन र मस्तिष्कमा फैलिने छ । ‘साइकन विक्ली’ र ‘फ्रेस फ्राइडे’ जस्ता नियमित कार्यक्रमले भक्तपुरका साइकलप्रेमीहरूमा एकता र आफ्नोपनको भावना जगाउन सफल भएको छ । यसले सहभागीहरूमाझ भाइचाराको अभिवृिद्ध गराउँदछ । त्यसैगरी साइक्लिङ मैँचाजस्ता कार्यक्रमले महिलाहरूलाई मात्र सशक्त बनाउँदैन । यसले अन्तर– सम्बन्धित समुदाय निर्माण गर्न योगदान गर्दछ ।

साइकल संस्कृतिको पुनरुत्थानतर्फ भक्तपुर
भक्तपुरवासीमाझ साइकल संस्कृति र यसको सकारात्मक छाप बस्दै छ । भक्तपुरलाई साइकलप्रेमीहरूको गन्तव्यको रूपमा लाने प्रयास जारी रहने छ । व्यवस्थित प्रयासहरू गर्दै अगाडि बढ्ने हो भने साइकल यात्राको लागि आउने स्थानीय र विदेशी पर्यटकहरूले जिल्लाको विभिन्न स्थान भ्रमण गरी स्थानीय व्यवसायहरूलाई टेवा पु¥याउने छ र आर्थिक वृद्धिमा योगदान पु¥याउने धेरैले विश्वास गरेका छन् । यसले हाम्रो प्रयासलाई थप प्रभावशाली बनाउनेमा हामी ढुक्क छौँ ।

उद्देश्यतर्फको निरन्तर प्रयास
साइकल कनेक्ट भक्तपुर साइकल समूहमा मात्र सीमित छैन यसले आफूलाई सकारात्मक परिवर्तन र सामुदायिक पुनरुत्थानको प्रेरक शक्तिको रूपमा स्थापित गरेको छ भन्ने हाम्रो बुझाइ छ । भक्तपुर एक समृद्ध सांस्कृतिक सम्पदा भएको सहरमात्र होइन सक्रिय नागरिकहरूको अथक प्रयासले एक जीवन्त समुदायको सक्रिय संलग्नताले स्वस्थ र वातावरण मैत्री जीवनशैलीलाई मात्र प्रवद्र्धन गर्दैन त्यहाँका बासिन्दाहरूबिच एकताको भावना पनि बढाउँछ । साइकल कनेक्ट भक्तपुरले साइकल संस्कृतिको पुनर्जागरणको बाटोमा अगुवाइ दिगो विकासलाई बढावा दिन समुदायको नेतृत्वमा गरिएका पहलहरू नेपालका अन्य सहर र जिल्लाहरूको लागि पनि साइकल कनेक्ट भक्तपुर एक राम्रो उदाहरण बन्ने आशा गर्दछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *